×

NMB BANK
NIC ASIA

नक्कली कागजात बनाएर विदेश पठाउने गिरोह सक्रिय

किर्ते कागजात बनाएर भिजिट भिसामा उडाउने गिरोह– कन्सल्टेन्सीदेखि कर्मचारीसम्मको सेटिङ

काठमाडाैं | मंसिर २७, २०८०

NTC
Premier Steels

नक्कली कागजात बनाएर विभिन्न देश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Muktinath Bank

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी नक्कली कागजात बनाउने गिरोहसम्म पुगेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक, तिनका एजेन्ट र केही अध्यागमनका कर्मचारीसमेत छन् । अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले नक्कली कागजात बनाएर भिजिट र वर्किङ भिसामा विभिन्न व्यक्तिलाई विदेश पठाउने गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पक्राउ पर्नेमा ६ वटा ट्राभल एजेन्सी सञ्चालक र तिनका एजेन्ट र अध्यागमनका कर्मचारीसमेत छन् । 

Vianet communication

उनीहरूले शैक्षिक प्रमाणपत्रदेखि नाता प्रमाणित, श्रम स्वीकृति र पुलिस रिपोर्टसम्म नक्कली बनाउने गरेको छ । यसमा केही एयरलाइन्सको समेत संलग्नता रहेको एसएसपी राठौरले बताए । 'विभिन्न ट्राभल एजेन्सी र तिनका एजेण्डहरूले भिजिट भिसाका नाममा सेटिङ मिलाएर विदेश पठाउने गरेको भन्दै केही शंकास्पद राहदानीहरू एयरपोर्टबाट हामी कहाँ आएका थिए,' एसएसपी राठौरले भने, 'तिनै पासपोर्टका आधारमा हामीले अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरेका हौं ।'

त्यसबापत् सबैले मोटो रकम लिने गरेको उनको उनले बताए । 'यसमा दैनिक लाखौंको कारोबार हुने गरेको पाइएको छ । नक्कली कागजात बनाएर विदेश पठाउने कार्यमा अध्यागमनले ४० देखि ५५ हजार लिने गरेको पाइयो,' उनले भने, 'कन्सल्टेन्सीले १० हजारसम्म लिने गरेका रहेछन् । यसमा केही एयरलाइन्सको पनि मिलेमतो देखिएको छ । यसरी दैनिक २५० जनासम्म विदेश पठाउने गरेको पाइएको छ ।'

उनीहरूले नक्कली भिजिट र वर्किङ भिसामा दुबईदेखि रसिया, युक्रेन र अस्ट्रेलियासम्म पठाउने गरेको भेटियो ।' यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x