कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले भोट हालेर बनाएको सरकारलाई अब कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका छन् । उदयपुरको कांग्रेस जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले नै एक वर्षमा काम गर्न नसकिएको बताउँदै आएको भन्दै कांग्रेसले पनि कुर्न सक्दैनौं भन्न सक्नुपर्ने बताएका हुन् ।
‘हामीले मत हालेर सरकार बनाएको एक वर्ष भयो । एक वर्ष पुगेको दिन यो गर्छु भनेर मात्रै अब प्रधानमन्त्रीले धर पाउनुहुँदैन । कांग्रेसले प्रधानमन्त्रीलाई भन्ने बेला आएको छ, एक वर्षमा काम भएन भनेर अब कुर्नलाई सम्भव छैन,’ थापाले भने, ‘अब प्रधानमन्त्रीले पुस १० मा भन्नुपर्छ, माघ १० गते एक महिनासम्म एउटा पनि कार्यक्रममा जान्नँ, भाषण गर्दिनँ बिहानदेखि बेलुकासम्म सिंहदबारमा बस्छु, भन्नुपर्छ । प्रधानमन्त्री डुल्दै हिँड्दा मन्त्री डुल्ने भए । यो रोग प्रदेशमा पनि सर्यो । त्यसैले अब बोल्ने होइन, परिणाम दिने प्रधानमन्त्री चाहिन्छ ।’
कांग्रेसले मत दिएर बनाएको प्रधानमन्त्रीलाई अब यत्तिकै कमजोर भएर चल्ने छुट नभएको पनि थापाले बताए । अबको परिस्थिति सम्हाल्न कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
‘संघीयताको सन्दर्भमा प्रश्न उठेको छ । हिजो १४ अञ्चल र ७५ जिल्ला भन्दा अहिले प्रदेशमा धेरै खर्च भयो भन्ने प्रश्न उठेको छ । ७५ जिल्ला १४ अञ्चलभन्दा कम खर्चमा ७ प्रदेश र देशभरका पालिकाको प्रशासनिक खर्च धान्न सकिन्छ,’ थापाले भने ।
थापाले मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग नेताले नै गरेको आरोप थापाले लगाए ।
‘हिजो पनि हामीले सानो पार्टीका रूपमा सूर्यबहादुरलाई बोकेका होइनौं ? मिश्रित निर्वाचन प्रणालीको दुरुपयोग गरेर नेताको खल्तीबाट नेताको सूची निकाल्ने क्रम अझै रोकिएको छैन,’ थापाले भने, ‘नेताको खल्तीबाट आफ्नो प्रियजनलाई जिम्मेवारी दिने क्रमलाई सच्याउनुपर्छ, गर्न सकिन्छ, देश र जनताको बीचमा उभिएर संकल्प गर्नुपर्छ ।’
भ्रष्टाचारबाट जनता रिसाएको भन्दै थापाले जोसुकै भए पनि दण्ड दिनुपर्ने बताए ।
‘भ्रष्टाचारको कारण जनता रिसाएका छन्, जोसुकै भए पनि दण्ड दिनुपर्छ । ०४६ पछि बनेका प्रधानमन्त्री, मन्त्री, सेनापति, प्रहरीका आईजीपी सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । २० वर्षपछि भए पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ,’ थापाले भने, ‘हामीसँग चार वर्षको समय छ । चार वर्षमा हामीले बनाएका कानूनले नागरिकलाई छोएको देखाउन सक्नुपर्छ ।’
ठूला नेताको उपचारको जिम्मा राज्यले लिएजस्तै नागरिकको उपचारको जिम्मा पनि राज्यले लिने कानूनलाई बलियो बनाएर जानुपर्ने पनि थापाले बताए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...