पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडाैं | पुस १२, २०८०
संसदीय शक्तिका हिसाबले पहिलो दल नेपाली कांग्रेसभन्दा मात्रै १० सीटले पछाडि रहेको नेकपा एमाले एक वर्षदेखि सत्ता र शक्तिविहीन छ ।
अघिल्लो वर्षको १० पुसमा कांग्रेससँगको गठबन्धनबाट माओवादीलाई अलग्याएर प्रधानमन्त्री बनाउन भूमिका खेलेको एमाले लामो समय सत्तामा रहन पाएन ।
कांग्रेसले आफ्नो गल्ती महसुस गर्दै माओवादीलाई विश्वासमा लिन थालेपछि एमाले विस्तारै सत्ताबाट विमुख हुन पुग्यो । कांग्रेसले विश्वासको मत हुँदै राष्ट्रपति आफ्नो पोल्टामा पारेपछि एमाले सत्ता र शक्तिबाट टाढिँदै गयो । यो एक वर्षमा एमाले केन्द्रदेखि प्रदेशसम्मको सत्ताबाट पूर्णरूपमा विमुख भएको छ ।
मध्यपहाडी जिल्लामा संकल्प अभियान सकाएर एमालेका शीर्ष नेताहरू काठमाडौं फर्किएका छन् । सत्ता गठबन्धनमा विश्वास भइरहे यो गठबन्धन अझै केही समय अगाडि बढ्ने देखिन्छ । तर, एमाले यो गठबन्धनको एक वर्षमा सन्तुष्ट हुने ठाउँ कतै देखिरहेको छैन ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली सरकार सबै क्षेत्रमा असफल भइसकेको टिप्पणी गर्छन् ।
‘सरकारको सबै क्षेत्रमा असफल भएको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दा पनि घुमाउरो शैलीमा सरकार असफल भएको स्वीकार्नुभएको छ । उहाँले छलाङ मार्छु भने पनि काम गर्न नसकेको स्वीकारेको देखिन्छ,’ ज्ञवाली भन्छन्, ‘अर्थतन्त्रका सबै सूचक ओरालो लागेका छन् । विकास निर्माण सुस्त छ । भ्रष्टाचार बढेको छ । जनतामा सरकारप्रति विश्वास टुट्दै गएको छ । सरकारको कारण यति ठूलो निराशा इतिहासमा कहिल्यै भएको थिएन । देशमा भविष्य सुरक्षित भएन भनेर दिनदिनै युवा पलायन हुनु सरकार असफल भएको ज्वलन्त उदाहरण हो ।’
ज्ञवाली देशमा अब प्रचण्ड नेतृत्वको सरकारको सान्दर्भिकता सकिइसकेको र राष्ट्रिय वैधता गुमाइसकेको बताउँछन् ।
‘सरकारले निकास दिन सक्दैन । यसबाट सुधार हुने सम्भावना अब छैन । देशको निमित्त सरकार असान्दर्भिक भइसक्यो । जनताको चरम निराशा र असन्तुष्टि सरकारले राष्ट्रिय वैधता गुमाइसक्यो भन्ने देखाएको छ । तर संसद्को अंकगणितले कानूनी वैधता मात्रै बाँकी छ,’ ज्ञवाली भन्छन्, ‘गठबन्धनका नेताहरू र अझै कांग्रेसका नेताहरू सरकारसँग असन्तुष्ट देखिन्छन् । तर कांग्रेसको नेतृत्व जबसम्म यही बेथितिमा रमाउँछ, एमालेले चाहेर पनि तत्काल केही गर्न सक्दैन । हामीले चाहेर मात्रै परिवर्तन हुँदैन ।’
कांग्रेस अहिलेको बेथितिको साक्षी बस्नबाट माथि उठेपछि एमाले विकल्पको निम्ति तयार हुने ज्ञवाली बताउँछन् । ‘कांग्रेस आश्चर्यजनक ढंगले निरीह बनेको । सरकारको बेथितिमा कांग्रेस यसरी साक्षी बसेसम्म एमालेको चाहेर मात्रै हुँदैन,’ ज्ञवाली भन्छन्, ‘सरकारको विषयमा कांग्रेसको एउटा पंक्ति चरम असन्तुष्ट छ । कांग्रेसले अब हामी सरकारमा अघि बढ्न सक्दैनौं भनेर एउटा निर्णय गरेपछि बल्ल एमालेले के गर्नुपर्ने तयार हुन्छ ।’
ज्ञवाली राजनीतिक हिसाबले अब यो सरकार परिवर्तन गर्ने बेला भइसकेको बताउँछन् । ‘विकल्पमा राजनीतिक हिसाबले सरकार परिवर्तन गर्ने बेला भइसक्यो । तुरुन्तै विकल्प खोज्ने अवस्था मुलुकले खोजिसक्यो,’ ज्ञवाली भन्छन्, ‘तर संसद्को अंकगणितले अझै त्यस्तो देखाएको छैन ।’
एमाले सचिव गोकर्ण विष्ट पनि सत्ता टिकाउनेबाहेक केही उपलब्धि नभएको बताउँछन् । ‘एमाले विरुद्धको गठबन्धनलाई जोगाउने भन्दा यो सत्ता गठबन्धनको उपलब्धि केही पनि देखिँदैन,’ सचिव विष्ट भन्छन्, ‘एक वर्षमा मूल्यवृद्धि नियन्त्रण, रोजगारी वृद्धि केही भएको छैन । बरु भ्रष्टाचार नियन्त्रणमा असफलता, पुरानो आयोजनाको दुरावस्था र नागरिकमा निराशा तथा बेचैनीबाहेक सरकारले केही दिएको छैन ।’
सत्ता राजनीतिबाट फुर्सदिलो बनेको एमालेले आफ्नो विरुद्धमा नयाँ गठबन्धन बनेदेखि नै देशव्यापी मिसन ग्रासरुटको कार्यक्रम गरेको थियो । यो कार्यक्रममा एमालेका शीर्ष नेता प्रदेशदेखि स्थानीय तहसम्मै पुग्ने गरी अभियान गरेका थिए ।
प्रदेश र केन्द्रको सत्तामा नहुँदाको फुर्सदिलो समय सदुपयोग गर्दै एमालेले केही दिन अगाडिसम्म मध्यपहाडी राजमार्गमा संकल्प यात्रा गरेको थियो ।
सचिव विष्ट प्रमुख प्रतिपक्षी भएको नाताले प्रभावकारी बन्न नसकेको सरकारको विषयमा सदन र सडकमा निरन्तर खबरदारी गरिरहने बताउँछन् ।
‘प्रतिपक्षीका रूपमा हामीले सदन र सडकमा आवाज उठाएकै छौं । सरकारका असफलताबारे आमजनतालाई जानकारी गराएकै छौं । तर, हाम्रो दबाबका बीच पनि सरकार प्रभावकारी कार्यसम्पादनमा चुकिरहेको छ,’ विष्ट भन्छन्, ‘एक वर्षको यो नतिजाले सरकार जनताका काम गर्न असफल भयो भनेर फेरि जनतालाई नै बुझाउनुपर्ने अवस्था आएको छ । हामी फेरि एकपटक सरकारलाई प्रभावकारी काम गर्न बाध्य बनाउन खोज्छौं । भएन भने सरकार अयोग्य छ भनेर नागरिकलाई बुझाउन लाग्छौं ।’
सरकारका सकारात्मक र नकारात्मक कामको समीक्षासहित आगामी संसद् बैठकमा प्रस्तुत हुने विष्ट बताउँछन् । ‘सरकारले राम्रो गरेको भए पनि नराम्रो गरेको भए पनि हामी समीक्षा गर्छौं । आगामी संसद्मा सत्यतथ्य प्रस्तुत गर्छौं,’ विष्ट भन्छन्, ‘यो सरकारले किन काम गर्न सक्दैन भन्ने चित्र हामी संसदबाटै देखाउँछौं ।’
एमालेकै नेता कर्ण थापा आफूहरू मिसन २०८४ को अभियानमा लागे पनि अहिलेको सत्ता गठबन्धनको काम गराइबाट त्यतिखेरसम्म पनि पर्खिन सक्ने अवस्था नदेखिएको बताउँछन् ।
‘गठबन्धनबाट सकिँदैन, बहुमत ल्याउनुपर्छ भनेर मिसन २०८४ घोषणा गरेका छौं,’ थापा भन्छन्, ‘तर यो गठबन्धनको कार्य हेर्दा २०८४ सम्म यो सरकारलाई पर्खिन सकिँदैन भन्ने गरी जनतामा चरम निराशा देखिएको छ ।’
एमालेको प्रयासले भन्दा आफैंभित्रको तनाव र असन्तुष्टिले गठबन्धन भत्किने थापा बताउँछन् । ‘यो सरकारको नीति, लक्ष्य, उद्देश्य केही पनि ठीछ छैन । जति गठबन्धन अगाडि बढ्यो देश त्यति बिग्रँदै जान्छ,’ थापाले भने, ‘हामी आफैं गठबन्धन बदलौं भनेर लाग्दैनौं, तर आफैंभित्रको खेल र तनावले यो गठबन्धन ढल्छ, टिक्दैन ।’
कांग्रेस र माओवादीभित्रको तनावले गठबन्धन टुटे नयाँ समीकरणमा एमालेको भूमिका हुने थापा बताउँछन् ।
‘अहिलेको सत्ता गठबन्धन कांग्रेस र माओवादीको कारण टुट्यो भने नयाँ सरकारमा एमालेको भूमिका अवश्य हुन्छ,’ थापा भन्छन्, ‘तर यत्तिकै हामीले मात्रै हतार गरेर हुने कुरा अहिले छैन । हामी बलियो वैकल्पिक शक्ति भने हौं ।’
एमालेका भावी विकल्प
सत्ता गठबन्धनमा फाटो ल्याउने, कांग्रेसलाई अलग गराउने, देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर माओवादीलाई बाहिर राख्ने विकल्पमा एमालेका दोस्रो तहका नेताले कांग्रेससँग औपचारिक र अनौपचारिक दुवै तरिकाबाट संवाद गरिरहेको नेताहरू बताउँछन् । कांग्रेस माओवादीसँग असन्तुष्ट मात्रै होइन, यो सरकारबाट अब पार लाग्दैन भन्नेमा पुगे एमाले एउटा निर्णय गरेर जाने पक्षमा देखिएको छ ।
‘हामीले अहिले कुनै पेस्की निर्णय गरेका छैनौं । अहिले हामीले के देखेका छौं भने, यो गठबन्धन सरकार हो । कहाँ सन्तुष्टि वा कहाँ असन्तुष्टि छ, हामीले पनि हेरिरहेका छौं, तर असन्तुष्टिले मात्र पुग्दैन,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले लोकान्तरसँगको कुराकानीमा भनेका छन्, ‘यो सरकार असफल भयो, यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्यो । यदि कांग्रेसभित्र असन्तुष्टि छ भने त्यो निर्णयमा बदलिनुपर्यो । यो सरकारबाट देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा कांग्रेस पुग्नुपर्यो ।’
उनी मात्र हैन, एमालेका धेरै नेताले कांग्रेसले अब माओवादीसँग पुग्यो भनेको दिन काँध थाप्न आफूहरू तयार रहेको प्रस्टै सन्देश दिइसकेका छन् । सत्तारुढ दलबीच आलोपालोको सहमति छ । यो सहमतिमा प्रचण्डले एक वर्ष गुजारेका छन् । अब एक वर्ष पनि यत्तिकै टारे एमाले दोस्रो विकल्पका लागि पनि तयार हुने एक नेता बताउँछन् ।
‘गठबन्धनमा अहिलेसम्म देखिने गरी दुरी बढेको छैन, यसैले हामीले पनि विकल्पमा के–के प्रयास हुन्छन् भनेर संस्थागत छलफल नै गरिसकेका छैनौं । विकल्पमा यी मत पनि हुन सक्छन् भनेर नेताबीचका भेटमा आकलन भइरहेका छन्,’ ती नेता भन्छन्, ‘परिस्थिति अनुकूल भएपछि यसरी उठेका विकल्पले मूर्त रूप लिन्छन् ।’
कांग्रेस तत्काल तयार नहुँदाको अर्को विकल्प
कांग्रेस गठबन्धन तोड्न तयार नहुँदाका लागि एमालेले अर्को विकल्पबारे पनि सोचिरहेको नेताहरू बताउँछन् । प्रधानमन्त्रीका रूपमा प्रचण्डले एक वर्ष गुजारिसकेकाले एमाले अब यो गठबन्धनमा छिट्टै फाटो आओस् भन्ने चाहन्छ । कांग्रेसको असन्तुष्टि बढ्दै गएर फिर्ता भए उसलाई प्रधानमन्त्रीमा समर्थन गरेर जान एमाले तयार छ । तर, अब प्रचण्डले एक वर्ष थप लम्ब्याउने र सत्ता गठबन्धनको सहमतिप्रति बफादारिता देखाए एमालेले अर्को विकल्प पनि हेरिरहेको छ ।
यो विकल्पमा भने कांग्रेस होइन, माओवादीलाई विश्वासमा लिने सुरमा एमाले देखिएको छ । कांग्रेसलाई केही समय कुर्दा ऊ तयार नभए गठबन्धनको सहमतिमा खेल्ने दाउ एमालेले हेरिरहेको छ । अबका केही महिनामा कांग्रेस र माओवादीलाई अलग गराउन नसकिए गठबन्धन फुटाउन प्रचण्डलाई विश्वासमा लिने तयारी एमालेको छ ।
यो विकल्पमा गठबन्धनको आलोपालोमा प्रचण्डपछि देउवालाई प्रधानमन्त्री हुन नदिने एमालेको तयारी भएको नेताहरू बताउँछन् । ‘दुई वर्ष हाराहारीपछि प्रचण्डलाई तपाईं पाँचै वर्ष प्रधानमन्त्री बन्नुस् हामी साथ दिन्छौं,’ भन्ने प्रस्ताव गरेपछि उनी लोभिने बुझाइ एमालेको छ । यस्तो हुँदा सत्ता गठबन्धन भत्किने र शक्तिको लगाम आफ्नोमा आउने उसको बुझाइ देखिन्छ ।
‘अनायास हामीबाट खोसेर प्रचण्डलाई गठबन्धनमा भित्र्याउन कांग्रेस सफल भएपछि एमाले माओवादीसँग असन्तुष्ट हुनु स्वाभाविक हो । सरकारले नागरिकमा झन् निराशा बढेको र कांग्रेसभित्रै पनि असन्तुष्टि रहेकाले एमालेले कांग्रेसलाई अघि बढ भन्नु पनि अस्वाभाविक होइन,’ एमालेकै एक नेता भन्छन्, ‘हामी पनि उत्तिकै जिम्मेवार र बलियो दल भएको नाताले सत्ता गठबन्धनमा तनाव आउँदा विकल्प दिनुपर्छ र तयार हुनुपर्छ भन्नु अन्यथा होइन । यसैका लागि तत्काल भए कांग्रेस र अलि पछि भए माओवादीलाई विश्वासमा लिने एमालेको प्रस्ताव हुने कुरालाई नकार्न सकिँदैन ।’
शुरूमा पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर गर्ने, आफू निर्णायक र प्रभावशाली शक्ति बन्ने, सरकारमा धेरै र प्रभावशाली मन्त्रालय लिनेसम्मको रणनीतिमा एमाले भएको नेताहरू बताउँछन् । नयाँ शक्तिहरूले एकपछि अर्को चुनौती दिइरहेका बेला २०८४ को चुनावमा सम्भव भए माओवादी, नेकपा एकीकृत समाजवादीसँग एकतासम्म गर्ने योजनामा समेत केही नेता लागेका छन् । पार्टी एकता नभए गठबन्धन बनाएर चुनाव लड्ने विकल्प पनि हुने ती नेताहरू बताउँछन् ।
कांग्रेसमा आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्नै हुँदैन भन्ने मत एकदमै बलियो छ । गठबन्धन गर्दा पार्टीमा झन् ठूलो अन्तर्घात भएपछि एक्लै चुनाव लड्नुपर्ने दबाब कांग्रेसलाई छ । भन्नलाई दलहरूले २०८४ को चुनावमा एक्लाएक्लै लड्ने बताउन छाडेका छैनन्, तर एक्लाएक्लै चुनाव लड्दा २०८४ मा जित्न कठिन हुने बुझाइ एमालेको मात्रै होइन माओवादी र नेकपा एसको पनि छ । यसैले हार्न तयार हुनुभन्दा कम्तीमा यी तीन शक्तिलाई एक ठाउँमा ल्याउँदा चुनावमा सम्मानजनक सीट जित्न सकिने विश्वासमा दलहरू छन् ।
गत वर्षको निर्वाचनमा एमालेले थोरै मतान्तरले धेरै सीट गुमाउने अवस्था आएको थियो । यसैले माओवादी र नेकपा एस पनि सँगै हुने हो भने सबैभन्दा ठूलो दलको रुपमा फेरि उदाउन सक्ने हिसाबमा एकता पक्षधर नेताहरूले देखाउने गरेका छन् ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...