×

NMB BANK
NIC ASIA

‘गाउँ आएको बाटो’ युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट​

काठमाडाैं | पुस २५, २०८०

NTC
Premier Steels

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ युरोपको महत्वपूर्ण चलचित्र महोत्सव ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४’ स्वीडेनमा छनोट भएको छ । 

Muktinath Bank

यही महोत्सवमा चलचित्रको युरोपियन प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्केन्डेभियन क्षेत्रको सबै भन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो । गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय छ । यो चलचित्र टोरोन्टो चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, एशियन प्रिमियर, मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

निर्माण पक्षले चलचित्र विश्वको एकपछि अर्को प्रतिष्ठित चलचित्र महोत्सवमा छनौट हुनुलाई नेपाली चलचित्रलाई विश्वले स्वीकार्न थालेको र नेपाली चलचित्रको क्षमता विस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ ।

Vianet communication

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । सामुदायिक लगानीको अवधारणामा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामूहिक लगानी छ । 

यो चलचित्र छोमोलोङमा प्रोडक्सन र गाउँघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । यो चलचित्र बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रदर्शनमा आउने छ । 

निर्माण घोषणादेखि नै ‘गाउँ आएको बाटो’ चर्चामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x