चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
बुटवल | पुस २९, २०८०
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने भन्दै धेरैले हौसला दिएपछि अक्रामउद्दिन खानले लुम्बिनीमा होटल खोले ।
३५ वटा ‘भीआईपी रूम’सहित टपमा ‘स्वीमिङ’ पुलजडित ‘स्टार लेभल’ को होटल ‘ग्रान्ड कस्मो लुम्बिनी’ लुम्बिनी सञ्चालनमा ल्याए ।
आफ्नो पैत्रिक सम्पत्ति बिक्री र बैंकबाट ऋण धन गरी २० करोड रूपैयाँको लगानीमा खानले होटल सञ्चालनमा मात्र के ल्याएका थिए, कोरोना महामारी आयो ।
झन्डै तीन वर्ष शून्य अवस्थामा पुगेको होटल व्यवसाय भैरहवामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उकासिएला भन्ने उनको आशा थियो तर, त्यसविपरीत एयरपोर्ट चलेन । पर्यटक पनि आएनन् । अन्ततः ऋण तिर्न नसकेपछि उनको होटल बैंकले तान्यो ।
‘सात करोड ३५ लाख रूपैयाँ बैंकबाट ऋण लिएको थिएँ,’ खान भन्छन्, ‘विमानस्थल सञ्चालनमा आएको दुई वर्षभन्दा बढी हुँदा समेत सोचेजस्तो पर्यटक आएनन् । आउने पर्यटक पनि लुम्बिनीमा बस्दैनन् । बैंकको ब्याज समेत तिर्न सक्ने अवस्था रहेन । अन्नतः बैंकले होटल लग्यो ।’
होटल जोगाउन जग्गा बिक्री गर्छु भन्दा त्यो पनि नबिकेको उनले बताए ।
‘विमानस्थल पनि चलेन, पर्यटक पनि आएनन्, अनि कसरी चल्छ होटल ?’ खानले दुःख व्यक्त गरे । होटल निर्माणका क्रममा ७ प्रतिशत ब्याजदरमा सम्झौता गरेर लिएको ऋणको ब्याज बैंकले बढाएर १५ प्रतिशत पुर्याउँदा आफूहरूले धान्न नसकेको अक्रामुद्धिनको भनाइ छ ।
अक्रामले जस्तै भैरहवाका पवन हलुवाइले विमानस्थललाई देखेर लुम्बिनीमा पाँच तारे होटल ‘पवन प्यालेस’ सञ्चालनमा ल्याए ।
२ अर्ब ५० करोड रुपैयाँमा तीन वर्ष अघिदेखि चलेको होटल अहिले बिक्रीमा चढेको छ । बैंकको ब्याज र होटलले बिजुली पानीको पैसा समेत तिर्न सक्ने अवस्था नभएपछि बिक्री गर्नुपर्ने अवस्था आएको पवनको भनाइ छ । ‘बैंकको तनाव सहेर कहिलेसम्म बस्ने हो ?’ पवन भन्छन्, ‘पर्यटक आउँदैनन् । अकुपेन्सी २० प्रतिशत पनि छैन । ऋणबाट मुक्त भएर बस्न चाहन्छु । कोही किन्ने मान्छे आए होटल बिक्री गर्ने हो ।’
त्यस्तै लुम्बिनीमा उमाशंकर गुप्ताले सञ्चालनमा ल्याएको आकाश इन्टरनेसनल होटल पनि बैंकले तानिसकेको छ । ब्याज समेत तिर्न नसकेपछि होटल नै बैंकले लिलामीमा लगेको हो ।
भैरहवाको लुम्बिनी रोडमा ‘होलिडे इन’ फाइभ स्टार होटल बनाउन थालेको तीन वर्षभन्दा बढी भयो । १२५ कोठासहित १ अर्बभन्दा बढी लागतमा बन्न लागेको होटलमा पर्यटक आउन नसक्दा लगानीकर्ताले खुलेर निर्माणलाई पूरा गर्न सकेका छैनन् । होटलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन होटल आईएचजीको मिडस्केल ब्रान्ड होलिडे इन आउने तय भएको छ । व्यवसायीको गुनासो बैंक र सरकारसँग छ । कोरोना कहर र आर्थिक मन्दीबाट बाहिर निस्किएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन नसकेको राज्यले व्यवसायीलाई कस्ने काम मात्र गरेको उनीहरूको गुनासो रहेको छ ।
वास्तवमा किन चलेनन् होटल ?
भैरहवामा विमानस्थल निर्माण शुरू भएपछि बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा स्तरीय होटल खोल्ने लहर नै चल्यो । रूपन्देहीमा मात्रै फाइभ स्टार लेभलका पाँचवटासम्म होटल पुगे । अन्य स्टार लेभलका होटल एक सयभन्दा बढी छन् । सिद्धार्थ होटल एसोसिएसन अफ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सीपी) का अनुसार भैरहवा र लुम्बिनी क्षेत्रका होटलमा अहिलेसम्म झन्डै ६० अर्ब लगानी पुगेको छ ।
सरकारकै नीतिका कारण लुम्बिनी क्षेत्रका होटल धरासायी बन्न पुगेको बताउँछन् । ‘हाम्रा होटलको प्रमुख तार्गेट भारतीय पर्यटकको हुन्,’ सीपीले लोकान्तरसँग भने, ‘भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउँदा भारू २५ हजारभन्दा बढी ल्याउन राज्यले दिँदैन, अनि कसरी चल्छन् होटल ? विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा आउन खोज्ने पर्यटकीयलाई पैसा नलेरा भन्ने राज्यले गर्दा अप्ठ्यारो पर्यो ।’
पर्यटकीय गतिविधि नहुनु र पर्यटकको आगमन दरमा तीव्र वृद्धि नआउनुले लुम्बिनीका ठूला लगानीसहितका होटलहरू ५० प्रतिशत बिक्रीमा रहेको लुम्बिनी होटल संघका उपाध्यक्ष शेखर कार्की बताउँछन् ।
‘लुम्बिनीका आधा होटल नचलेर बिक्रीमा छन्,’ कार्की भन्छन्, ‘धेरै व्यवसायीहरू पलायन भइसके । यहाँ पर्यटक बन्ने र टिक्ने वातावरण लुम्बिनी विकास कोष र राज्य बनाउन सकेन । आएका पर्यटकहरूले पनि १५ वर्षअघिको भन्दा सस्तो खोज्दै आइरहेका छन् । महंगी कहाँ पुग्यो । गेस्ट आउँछन्, तर बस्दैनन् ।’
बस्नेहरूलाई पनि दुई दशकअघिको भन्दा ५० प्रतिशत कम शुल्कमा कोठा दिनुपरेको उनको गुनासो छ ।
४२ अर्बको अन्तर्राष्ट्रिय विमानस्थल उडानविहीन अवस्थामा
रूपन्देहीको भैरहवामा बनेको गौतम बुद्ध विमानस्थलमा उडान हुन नसक्नुको कारण अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले पर्याप्त यात्रु पाउन नसक्नु हो, जसले गर्दा केही उडान थालेका कम्पनीले रोके भने, केहीले रूचि नै देखाएनन् ।
भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने कुवेतको जजिरा एयरलाइन्स हो । उसले पनि उडान रोकेको एक वर्ष हुन लाग्यो । जजिराले फेरि उडान भर्ने कुनै तयारी देखिँदैन । २ जेठ २०७९ मा विमानस्थल उद्घाटनपछि जजिराले कुवेत भैरहवा उडान थाल्दै हप्तामा तीन दिनसम्म उडान भर्दै आएको थियो । यात्रु नपाएपछि विभिन्न कारण देखाउँदै जजिराले उडान रोकेको हो ।
नेपालको निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले पनि वि.सं. २०७९ कात्तिकदेखि भैरहवाबाट मलेसियाको राजधानी क्वालालम्पुर चार्टर्ड उडान शुरू गरेको थियो । प्रतिकूल मौसमका कारण करिब एक वर्षअघि मंसिरमा उडान रोकेको हिमालयन एयरलाइन्सले त्यसयता फेरि उडान सुचारु गरेको छैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक हंशराज पाण्डेले विश्वका विभिन्न देशमा उडान गर्ने विमान कम्पनीले चासो राखे पनि उडान शुरू नगर्नुको प्रमुख कारण यात्रु भएको बताए । ‘चासो राख्छन्, उडानमा इच्छा देखाउँदैनन्,’ पाण्डेले लोकान्तरसँग भने, ‘उनीहरूको प्रमुख ध्यान नाफामा हुन्छ । यहाँको अकुपेन्सी ४० प्रतिशत मात्र देखिन्छ । त्यही भएर आनाकानी गरेका जस्तो लाग्छ ।’
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवामा हप्तामा एउटा मात्र उडान गर्दै आएको छ । हरेक मंगलबार वायुसेवा निगमको ‘न्यारोबडी’ जहाज क्वालालम्पुरबाट सिधै भैरहवा विमानस्थलमा अवतरण गर्छ । १५८ सीट क्षमताको जहाजमा जम्मा ३५ देखि ४० जनामात्र यात्रु हुने गरेको पाण्डेको भनाइ छ ।
होटलहरूमा क्यासिनो
अर्बभन्दा बढीको लगानीमा खुलेका होटल दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरू सेवामा विविधता ल्याउने प्रयासमा छन् । तर, त्यसमा सरकारी प्रयास भने केही देखिन्न ।
पर्यटकलाई भैरहवा–लुम्बिनी भ्रमणका लागि प्रोत्साहित गर्न ‘क्यासिनो हब’ (जुवा केन्द्र), वैवाहिक समारोह केन्द्र र मनोरञ्जनात्मक क्रिडास्थलका रूपमा विकास गर्ने प्रयास भएको छ । तीनदेखि पाँच तारे स्तरका केही होटलले क्यासिनो सञ्चालनमा गरेका छन् भने केही सञ्चालनको तयारीमा छन् ।
फाइभ स्टार टाइगर प्यालेस रिसोर्ट र चार तारे ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा क्यासिनो छ । भैरहवाका अन्य केही होटलमा पनि क्यासिनो सञ्चालनमा छन्, तर भारतीय पर्यटकको संख्या बढ्न सकेको छैन ।
सडक सञ्जाल र नाकाको भद्रगोल अवस्था
पर्यटन क्षेत्र नेपालको दिगो, दीर्घकालीन र निरन्तर कमाइ हुने क्षेत्र हो । त्यसका लागि आउन पर्यटकहरू आउनका लागि सडक सञ्जाल र नाका सहज एवं व्यवस्थित हुनु पर्दछ । तर, यस क्षेत्रमा आउने पर्यटकका लागि सडक सञ्जाल अस्तव्यस्त छ । नाकामा पनि पर्यटकलाई झञ्झटरहित वातावरण छैन ।
बुटवल–नारायणगढ सडक पाँच वर्षदेखि अस्तव्यस्त हुँदा चितवनको सौराहा घुम्न आउने पर्यटक सडककै कारण लुम्बिनी आउन हिच्किचाउने गर्छन् ।
‘सडक सञ्जाल सहज भए पो मान्छे आउँछ, बाटोले गर्दा पर्यटक आउन मुस्किल बनेको छ,’ लुम्बिनीको होटल बुद्धमायाका सञ्चालक मेघनाथ आचार्यले भने ।
विमानस्थल चलाउन निरन्तर आन्दोलन
राज्यले पर्याप्त चासो नदिँदा विमानस्थल चल्न नसकेको भन्दै लुम्बिनी–भैरहवा क्षेत्रका उद्योगी व्यवसायी विमानस्थल चलाउन निरन्तर आन्दोलनमा छन् ।
उनीहरूले कहिले धर्ना, कहिले विरोध सभा त कहिले विभागीय मन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाए । सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले सरकारी वेवास्ताका कारण विमानस्थल चल्न नसकेको बताए ।
कोरोना महामारीका कारण पनि विमानस्थल चल्न नसकेको उनको तर्क छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...