फागुन २८, २०८०
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
काठमाडाैं | माघ १९, २०८०
गायक प्रकाश दूतराज रेस्टुरेन्ट व्यवसायमा जोडिएका छन् ।
पछिल्लो समय ‘रिमै’ बोलको गीतबाट स्रोता–दर्शकको मन जितिरहेका उनले भाइ सन्तोष दूतराजसँग मिलेर काठमाडौंको बानेश्वरमा रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
वान सिनेमाजको अपोजिटमा उनीहरूले ‘झोलपट्टे रेस्टुरेन्ट’ संचालनमा ल्याएका छन्।
रेस्टुरेन्टको परिकल्पना सन्तोषको हो । दाई साङ्गीतिक क्षेत्रमा व्यस्त हुने भएकाले रेस्टुरेन्टमा आफूले समय दिँदै आएको सन्तोषले बताए ।
‘मेरो पढाइ होटल म्यानेजमेन्ट हो । यसअघि रेस्टुरेन्टमा वेटरको रुपमा समेत काम गरेको थिएँ’ सन्तोषले भने, ‘नेपालमा केही गर्छु भन्ने सोँच थियो । आफ्नो ज्ञान यही क्षेत्रमा भएकाले रेस्टुरेन्ट खोल्ने निर्णयमा पुगेँ । दाई–बुवाममी सबै मिलेर रेस्टुरेन्ट खोलेका हौँ । यसलाई हाम्रो पारिवारिक व्यवसाय भनौं ।’ रेस्टुरेन्टको नाम पनि उनले नै जुराएका हुन् ।
उनका अनुसार रेस्टुरेन्टमा ५० लाख रूपैयाँ हाराहारी लगानी भएको छ । नेपालीलाई मनपर्ने परिकार आफ्नो रेस्टुरेन्टमा पाइने उनले बताए । उनका अनुसार काठमाडौं भ्यालीभित्र अर्डर गरेर पनि फुड मगाउन सकिने छ। पठाओ, भोज, फुडमाण्डुलगायतसँग समेत आफूहरूको सहकार्य रहेको उनले बताए ।
प्रकाश पनि सांगीतिक क्षेत्रबाट फुर्सद मिलेको समयमा प्रायः रेस्टुरेन्टमा पुग्ने गरेका छन् । रेस्टुरेन्टको औपचारिक उद्घाटन भने केही समयमा गर्ने योजना सन्तोषको छ । उनले प्रकाशका ‘चोली मैलै भो’लगायतका केही गीतमा अभिनयसमेत गरेका छन् ।
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...