×

NMB BANK
NIC ASIA

चुरे र नदी दोहनको डरलाग्दो चित्र

पालिकादेखि विचौलिया र तस्करको आँखा चुरे र खोलामा– अवैध उत्खनन् गरी विपत्तिलाई निम्तो

बुटवल | माघ २२, २०८०

NTC
Premier Steels

झमक्क साँझ पर्न थाल्यो कि ‘ओभरलोड’ टिप्पर र ट्याक्टर नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) बोकेर तीव्र गतिमा बुटवल हुँदै दक्षिण र पूर्वतर्फ जान हतारिएका हुन्छन् ।

Muktinath Bank

चौबाटो बुटवलको राजमार्ग चौराहा हुँदै पूर्व र भैरहवातर्फ निर्माण सामग्री बोकेका टिप्परहरूको लामो पंक्ति दौडिइरहेको जो कोही एक मिनेट उभिएर हेर्दा पनि देख्छन् । यी सडकमा रातभरी बढी र दिउँसोमा केही कम मात्रामा टिप्परको ओहोरदोहोर चलिरहेको हुन्छ । यस्ता तस्वीरले नदीजन्य र खानीजन्य स्रोतको अपूतपूर्व दोहन र उत्खनन् भइरहेको अवस्था प्रस्ट चित्रण हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिमेन्ट उद्योगका लागि पाल्पाको चुरे पहाडबाट चुनढुंगा र विकास आयोजना नाममा  तिनाउलगायत दर्जनौं खोलानालाबाट भइरहेको दोहन निरन्तर चलिरहेको छ । नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) विकास निर्माणका लागि अपरिहार्य रहे पनि यसको चर्को दोहनले भविष्यमा तराईमा ठूलो विपत्ति निम्त्याउने र मरभूमिमा परिणत गर्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् । रूपन्देहीका लागि वरदानको रूपमा चिनिने तिनाउ नदीमा बाह्रै महिना तीव्र गतिमा दोहन चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

नदीमा ठेक्का नलगाए पनि तिनाउबाट नदीजन्य पदार्थ उत्खनन् र संकलन गरी रातारात तस्करी गर्ने गिरोह नै सक्रिय छ । तिनाउमा भइरहेको मनपरि दोहनलाई रोक्नका लागि स्थानीय तह, प्रहरी र प्रशासनले कुनै चासो देखाएका छैनन् । तीनै निकाय बेखबरजस्तै हुँदा तस्करलाई रात दिन नदीजन्य पदार्थ निकालेर ओर्सान हाइसञ्चो भइरहेको छ ।  

null

कमजोर पहाड र तिनाउ खोतलेर दशकदेखि भइरहेको दोहनको चक्र चलिरहेको छ । खोलामा तस्करहरूको साम्राज्य छ, जसले गर्दा वर्षायाममा पानीको बहाबलाई रोक्ने ढुंगा, गिट्टी र बालुवा निकालिँदा कटान र विपत्तिका घटना दोहोरिँदै आएका छन् । तिनाउ र दानवको अनियन्त्रित उत्खनन्ले हजारौं बसोबास गर्ने बस्ती र पूर्वाधार जोखिममा छन् । दोहन नियन्त्रण गर्न कुनै पनि स्थानीय सरकारले लगाम लगाउन सकेका देखिँदैन ।

त्यस्तै कपिलवस्तु भएर बग्ने वाणगंगा, राप्तीसहितका नदी र खोलामा पनि चरमरूपमा उत्खनन् हुँदै आएको छ । नदीजन्य पदार्थको लिलामी र ठेक्का अहिले कुनै पनि स्थानीय तहले खुलाएका छैनन् । तर, ठेक्का खुलेजस्तै उत्खनन् भइरहेको देखिन्छ ।  खोला र पहाडलाई गिटीढुंगाका लागि कोतर्ने टिप्पर, ट्रक र डोजरलाई बुटवलका जनप्रतिनिधि तथा स्थानीय नकुल शाही बताउँछन् । 

null

बुटवल भएर बग्ने तिनाउको अवैध दोहनले नदी कुरूप बन्नुका साथै वर्षायाममा नदी आसपासको क्षेत्रमा ठूलो जोखिम निम्त्याएको छ ।

अहिले बुटवल र तिलोत्तमाको संगमस्थल मगरघाट, रानीगञ्ज क्षेत्रमा तीब्र दोहन र तस्कारी भइरहेको शाही बताउँछन् । तिनाउ नदीलाई जोगाउने विषय कसैको चासोमा नपर्दा यसको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । गएको वैशाख र जेठमा पनि तिनाउको बुटवल, तिलोत्तमा, सियारी र शुद्धोधनलगायत क्षेत्रमा मनपरी उत्खनन् र तस्कारी भइरहेको थियो । हिउँद होस् या वर्षायाम तिनाउमा दोहन रोकिएको छैन । 

null

केही वर्ष अघिसम्म बालुवा र ढुंगाले तिनाउको बहाव नै प्रभावित बनाई बस्तीमा पस्ने व्यापक त्रास थियो । तर, अहिले अवैध तिनाउ खोतल्दै जाँदा पांगो माटो भेटिन थालेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउको दोहन गरी अवैध उत्खनन् गर्नेलाई कारवाहीको दायरामा ल्याइएको बताए । ‘ई–रिक्सा, ट्याक्टर र ट्रकहरूले नदी उत्खनन् गरी नदीजन्य पदार्थ अवैध रूपमा ओसार–पसार गरेको पाइए हामी तुरून्तै कारबाहीको दायरामा ल्याउँछौं,’ नगर प्रमुख पाण्डेय भन्छन् । 

पाल्पाको तिनाउमा केही दिनअघि नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न आधा दर्जन टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको थियो । नदीजन्य पदार्थको दोहन रोक्नुपर्ने माग उठ्न थालेको दशक भइसक्यो । संरक्षणकर्मीले चासो दिए पनि उत्खनन् नरोकिनुको प्रमुख कारण राजनीतिक दलका नेता/कार्यकर्ता, ठेकेदारको गहिरो साँठगाँठ हो । 

वातावरणविद् इन्जिनीयर खेटराज दाहालले तिनाउको सही उपयोग गर्न नजान्दा अभिसाप भइरहेको बताए । ‘तिनाउको दोहन स्थानीय निकायका पदाधिकारीका कारण चलिरहेको छ,’ उनी भन्छन्, ‘यसमा ठूलो आर्थिक चलखेल हुन्छ । प्रहरी, प्रशासन र जनप्रतिनिधिको सेटिङमा यस्ता काम भइरहेका छन् । उत्खनन् र कारोबारमा मसल, पैसा र पहुँचको वर्चस्व हुन्छ ।’ 

null

दाहाल थप्छन्, ‘अवैध रूपमा नदी उत्खननले भूमिगत पानीको रिचार्ज हुन छाडेको छ । तराईमा स्यालोट्युबेलमा पानी वर्षायामको दुई महिनाबाहेक अन्य समयमा आउन छाड्यो । डीप ट्युबेल जोडनुपर्ने अवस्था आइसकेको छ । यसले नदी गरिदिँदाको समस्या कसैले देख्दैनन् ।’

अवैध दोहनले बर्सेनि बाढीको जोखिम बढेको छ । बहाव क्षेत्र साँघुरो र गहिरिँदा नदीको आसपासमा भूमिगत पानीको सतह घट्दै गएको छ । तिनाउ दोहनको बहुआयामिक प्रभाव छिट्टै देखिनेवाला छ ।’

राष्ट्रपति चुरे संरक्षण समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख रामकृष्ण राजथलाले नदीजन्य पदार्थ निकासीका लागि चुरेले कुनै पनि बहानामा निकासीको अनुमति नदिने बताए । ‘केही नीतिगत अस्पष्टताले गर्दा पनि चुरे क्षेत्रमा मनपरी काम भइरहेका छन्,’ उनले भने ।

कृषि र जीवनयापनसँग जोडिएका कारण मात्र होइन, जैविक विविधताका कारण मात्र पनि होइन, अनियन्त्रित बालुवा उत्खननले यस क्षेत्रको नदी, भूमि र मानिसहरूको जीवनमा क्षति पुर्‍याइरहेको भुक्तभोगी स्थानीयको भनाइ छ ।

रोडा ढुंगा व्यवसायी गोपाल ज्ञवालीले स्थानीय तहले नदीजन्य पद्धार्थलाई ठूलो आम्दानीको स्रोत बनाए पनि चोरी निकासीबारे ध्यान दिन नसकेको बताए ।

विकासको नाममा वातावरणप्रति आँखा चिम्लिँदा दोहन डरलाग्दो भएको छ । राष्ट्रपति चुरे संरक्षण समिति लुम्बिनी प्रदेश कार्यालय प्रमुख रामकृष्ण राजथलाले चुरेको दोहन होइन, सही सदुपयोग आवश्यक रहेको बताए ।

null

‘ढुंगा, बालुवा र गेग्रयानले बनेको अतिसंवेदनशील पहाड हो चुरे,’ राजथला भन्छन्, ‘यसको पिँधमा हुने सानो हलचलले पनि वर्षामा ठूलो भूक्षय हुने गर्दछ । धेरैजसो स्थानमा त नदीको सतहमाथि र जमिनको सतह तल रहेको प्रस्टै देखिन्छ, जसका कारण, वर्षा लागेपछि नदीहरूमा आउने बाढी किसानका खेतबारी हुँदै बस्तीमा पस्ने गरेकाले महिनौंसम्म डुबानको स्थिति रहने गरेको छ ।’

अहिलेको उत्खनन् बढी भएकाले भावी पुस्ताका लागि सोचेर सही उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

null

प्राकृतिक स्रोतको उत्खनन् गर्ने उद्योग पालिकाका लागि प्रमुख आम्दानीको स्रोत भएका छन् । तर, यसको चर्को मूल्य वातावरण र नदी तटीय क्षेत्रका जनताले चुकाउनुपर्ने अवस्था आएको छ । तिनाउले दशकअघि आफ्नो सम्पूर्ण घरजग्गा र सम्पत्ति बगाए पनि बालबाल ज्यान बचाएका दलबहादुर गुरुङले तिनाउलाई खेलाँची नगर्न आग्रह गरे ।

रुपन्देही हुँदै बग्ने तिनाउ नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रम अन्तर्गत करोडौं खर्च भएको छ । प्राकृतिक स्रोतको द्रुत क्षतिलाई रोक्दै संरक्षणका कार्यलाई प्रोत्साहन गर्न जनचेतना जगाउनु पर्ने पनि आवश्यकता देखिन्छ । 

null

तराईको अन्तिम कुनामा देखिने पहाड चुरे हो । खुकुलो पत्रे चट्टान हुने र महाभारतबाट बग्ने नदी चुरे हुँदै तराईतर्फ बग्दा त्यसलाई संवेदनशील भूमि मानिन्छ । चुरे क्षेत्रमा हुने दोहन रोक्न सरकारले १३ वर्षअघि राष्ट्रपति चुरे तराई संरक्षण समिति कार्यक्रम शुरू गरेको थियो ।

करोडौं खर्चिएर संरक्षणका कामहरू पनि हुँदै आएको छ । तर, पालिकाहरूले चुरे संरक्षणका काम पन्छाएर आम्दानीको स्रोत बनाइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x