×

NMB BANK
NIC ASIA

एनसेलको डबल मजा प्याक : १५० रुपैयाँमा ५ जीबी डेटा पाइने

काठमाडाैं | माघ २४, २०८०

NTC
Premier Steels

​​​एनसेल प्रयोगकर्ताले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन् । ग्राहकहरूले अत्यधिक रुचाएका डबल मजा अफर तीन प्याकहरूका साथ पुनः सञ्चालनमा ​ल्याएको एनसेलले जनाएको छ ।

Muktinath Bank

अफर अन्तर्गत ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको करसहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा लिन सक्ने छन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सकिने एनसेलले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीका अनुसार यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप प्राप्त गर्न सक्नेछन् ।

Vianet communication

यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्ने छन् ।

डबल मजा प्याक खरिद गर्न ग्राहकले *१७१२३# डायल गर्नुपर्ने हुन्छ ।

साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक लिन सकिनेछ ।

थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरूलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहिरहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ ।

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् ।

७ दिन भ्यालिडिटी भएका १५० रुपैयाँ र २०० रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिनेछ ।​

त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।  ​

यसैबीच एनसेलले करसहित २२० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ ।

यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x