×

NMB BANK
NIC ASIA

सुन तस्करी छानबिन आयोगमा महरा

महरासँग आयोगले लियो डेढ घण्टा बयान, चिनियाँसँग फोनमा कुरा भएको स्वीकारे

काठमाडाैं | माघ २५, २०८०

NTC
Premier Steels

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग बिहीवार बयान लिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयको पुरानो भवनमा रहेको कार्यालयमा बिहीवार आयोगले महरासँग झण्डै डेढ घण्टा बयान लिएको हो । 

Muktinath Bank

विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा चिनियाँ नागरिक दावाजिन वाङसँग महराको पटक–पटक फोनमा कुरा भएको तथ्य फेला परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयानमा महराले चिनियाँ नागरिकसँग फोनमा कुराकानी भएको स्वीकार गरेका छन् । ‘ती चिनियाँ नागरिक वाङसँग पुरानो सम्बन्धका आधारमा कुराकानी भएको हो, तर सुन तस्करीमा मेरो कुनै संलग्नता छैन,’ महराको भनाइ उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । 


Advertisment
Nabil box
Kumari

सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्व उपप्रधान, गृह एवं अर्थमन्त्री समेत रहिसकेका नेता हुन् ।

Vianet communication

सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले यसअघि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । डिल्लीराज आचार्यको संयोजत्कवमा गठन भएको आयोगले सीआईबीले गरेको अनुसन्धानका आधारमा सुन तस्करीमा जोडिएका व्यक्तिसँग बयान लिइरहेको छ । 

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चुडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो । 

सरकारले गत असोज १५ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x