×

NMB BANK
NIC ASIA

सार्वजनिक जग्गा हडपेको प्रकरण

टीकापुर नगर विकासको जग्गा घोटालाः २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०७ जनाको जग्गा जफत गर्न माग

काठमाडाैं | माघ २५, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रपसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।

Muktinath Bank

नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाइ हक हस्तान्तरण गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ–संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था उल्लंघन भएको ठहर छ । निर्देशिका बमोजिम उपलब्ध गराउनुपर्नेमा सो नगरी मिलेमतोमा जग्गा व्यक्तिको नाममा गरेको अभियोगपत्रमा उल्लेख छ  ।


Advertisment
Nabil box
Kumari

तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको पाइएको हो

Vianet communication

अख्तियारले टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गेर भोग गरिरहेका हालका १०७ जना जग्गाधनीको हकमा जफत प्रयोजनको लागि मागदाबी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कुनै कसूर गरेको नदेखिएतापनि नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा निज व्यक्तिहरूको नाउँमा कायम रहेको देखिएको र उक्त जग्गाको हकमा नगर विकास समितिका नाउँमा छाड्न तयार नभएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी साबिकको टीकापुर विकास समिति हालको टीकापुर नगर विकास समितिको नाउँमा कायम गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशीविरुद्ध २ करोड १२ लाख ४० हजार ९४४, ललित ताम्राकारविरुद्ध ५९ लाख लाख ३ सय ८० रुपैयाँ, धीजराज रेग्मीविरुद्ध ६६ लाख ९८ हजार ८९२ रुपैयाँ बिगो माग गरिएको छ । 

यस्तै नेत्रप्रसाद जोशीविरुद्ध १ करोड ६५ लाख ६८ हजार १४९ रुपैयाँ बिगो कायम गरिएको छ । 

तत्कालीन बोर्ड सदस्य गणेशसिंह रावलको संयोजकत्वमा खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर, नवराज पौडेल र पदमराज न्यौपानेसमेतको ७ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरी उक्त गठित उपसमिति मध्येका नवराज पौडेल बाहेकका ६ जना सदस्यविरुद्ध पनि १ करोड ६५ लाख ६८ हजार १४९ रुपैयाँ बिगो कायम गरिएको छ । 

उपसमिति संयोजक प्रेमसिंह बिक, सदस्यहरू श्याम खत्री, भरत स्वाँर, बेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालविरुद्ध ५९ लाख ३८० रुपैयाँ बिगो कायम गरिएको छ ।

टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायतविरुद्ध २ करोड ११ लाख ५७ हजार १७८ रुपैयाँ, तत्कालीन योजना प्रमुख झप्पर सिंह विश्वकर्माविरुद्ध १४ लाख १९ हजार ६२७ रुपैयाँ, टीकापुर नगर विकास समितिका तत्कालीन सदस्य सचिव अम्वादत्त जोशीविरुद्ध २ करोड ३० लाख ६१ हजार ८१६ रुपैयाँ विगो कायम गरिएको छ ।

यसैगरी नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्द विरुद्ध १ करोड ९० लाख ३२ हजार १३६ रुपैयाँ, तत्कालीन नापी अधिकृत गणेशबहादुर बमविरुद्ध ४२ लाख ३४ हजार ९०५ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट विरुद्ध १ करोड ६८ लाख ४५ हजार ५८८ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी टीकापुर नगर विकास समितिका खरिदार धनीराम भण्डारीविरुद्ध १ करोड ८६ लाख ५४ हजार ४५३ रुपैयाँ, सब–ओभरसियर नेत्रबहादुर रावलविरुद्ध १ करोड ७९ लाख १२ हजार ४८१ रुपैयाँ बिगो कायम गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x