×

NMB BANK
NIC ASIA

धनुषा, महोत्तरी र सर्लाहीमा बढ्यो डेंगुको प्रकोप, मध्य तरार्इमा सन्त्रास

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, २२ असोज– मध्य तराईका सर्लाही, महोत्तरी र धनुषामा डेंगूको प्रकोप देखा परेको छ । सर्लाहीको लालबन्दीमा देखा परेको डेंगूको प्रकोप अब महोत्तरीको बर्दिबास हुँदै धनुषाको मिथिला नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा समेत देखा परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत सच्चिदानन्द देवले दिएको जानकारी अनुसार धनुषामा पनि तीन जना बिरामीहरुमा डेंगूको रोगको लक्षण देखा परेको छ । महोत्तरीको बर्दिवास नगरपालिकासँगै जोडिएको धनुषाका मिथिला र क्षीरेश्वरनाथ नगरपालिकामा तीन जना बिरामीहरूमा डेंगू रोगको लक्षण देखा परेको हो ।

ती तिनै जना बिरामीहरु धनुषाका भए पनि महोत्तरीको बर्दिबासमा ब्यापार ब्यबसाय गर्ने गरेका छन् । त्यहीँबाट उनीहरुमा डेंगूको संक्रमण देखा परेको देबले लोकान्तरलाइ बताए । यसरी डेंगूको प्रकोप बिस्तारै बिभिन्न जिल्लाहरुमा सर्ने गरेको भए पनि डेंगू रोगको परीक्षण गर्ने कीट भने जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीहरुमा नरहेको देवले जानकारी दिएका छन् ।

‘पहिले देखिको नै तीन चार वटा कीट थियो तर अब त्यो पनि छैन, रोगी आए पनि परीक्षण गर्न असमर्थ छौं, बिभाग संग हामीले किट मांग गरेका छौं’ जनस्वास्थ्य प्रमुख देवले लोकान्तरसंग भने । भोली देखि मिथिला नगरपालिका र क्षीरेश्वर नगरपालिकामा त्यहाँका मेयरहरूसँगको सहकार्यमा रेस्क्यू एंड डेस्ट्रोएको काम थालिने देवले लोकान्तरलाई बताएका छन् ।

महोत्तरीमा डेंगुका विरामीको संख्या ४२ पुग्यो

महोत्तरीमा डेंगुका विरामीको संख्या ४२ पुगेको छ । ३ दिन पहिले विरामीको संख्या ३९ थियो, थप गरिएको रगत परीक्षणमा थप तिनजना रोगी फेला परेको जिल्ला जनस्वास्थ्य प्रमुख डा.नागेन्द्र यादवले बताए । बर्दिवास अस्पताल र शुभ स्वस्तिक अस्पतालमा डेंगुको लक्षण देखिएका विरामीहरुको जांच भैरहेको उनले बताए ।

यता डेंगु भएको लामखुटटेको लार्भा र प्युपा हुन सक्ने सम्भावित स्थानहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सर्च एण्ड डेस्ट्रोएको अभियान संचालन गरि लाखौं लामखुट्टेको लार्भा र प्युपा नष्ट गरेको छ ।

यद्यपी डेंगु भएको लामखुट्टेले अन्य मानिसहरुलाई समेत टोकेको प्रवल सम्भावना रहेकोले यो जिल्लाका अन्य भागमा समेत फैलन सक्ने सम्भावना रहेको यादवले बताए । एउटा लामखुटटेले १५० जति अण्डा दिन सक्ने र एउटा अन्डा ७ महिनासम्म जस्तो सुकै मौसममा पनि वांच्न सक्ने तथा डेंगुको भाईरस भएको लामखुट्टेले दिएको अण्डामा समेत डेंगुको भाइरस आउने भएकोले सवै सचेत हुनु जरुरी रहेको डा. यादवले बताए ।

सर्लाहीको लालवन्दीबाट आएको डेंगुले तिव्ररुपमा बर्दिवासलाई चपेटमा लिएको र बर्दिवासकै २८ जनालाई डेंगु लागेको डा. यादवले बताए । डेंगुको आफ्नै कुनै औषधी नभएकोले लक्ष्णको आधारमा औषधी दिईने र सो लक्ष्णको उपचार गरिएको उनले बताए ।

डेंगुको लक्षण

डेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिएको डा.यादवले बताए । उनले डेंगु लागेको थोरैपनि शंका लागेमा नजिकको स्वास्थ्य चौकीमा पुगेर जांच गराउन सवैमा आग्रह गरे ।

कस्तो स्थानमा हुर्कन्छ डेंगुका लामखुट्टे -

डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको डा.यादवको भनाई छ । धेरै दिन देखि जम्मा गरेर राखेको टायरहरुमा जमेको पानीबाट सर्च एण्ड डिस्ट्रोय टिमले लाखौको संख्यामा लार्भा र प्युपा नष्ट गरेकोले त्यसता टायर जम्मा भएको स्थानहरु विभिन्न ग्यारेजहरुमा रहेको टायरहरु तत्काल हटाउन आग्रह गरे ।

त्यसतै गमलाहरुमा समेत ३ दिन भन्दा वढी पानी जमेको पानीमा समेत डेंगुको लार्भाहरु हुन सक्ने बताए । उनले डेंगु भाइरस भएको लामखुटटेले सुर्य उदाएको वेला मात्र टोक्ने हुनाले घरबाट निस्कने वेला हात खुट्टा छोपिने गरि कपडा र जुत्ता लगाएर मात्र निस्कन आग्रह गरे । सफा र सहरी क्षेत्रमा हालसम्म वढी डेंगुको लामखुट्टे देखिएकोले ग्रामिण क्षेत्र भने थोरै सुरक्षित रहेको उनको भनाई छ ।

स्वास्थ्य मन्त्री देखि प्रमुख जिल्ला अधिकारी सवैको टाउको दुखाई -

स्वास्थ्य मन्त्री गिरीराज मणि पोखरेलको निर्वाचन क्षेत्र बर्दिवासमा डेंगुको प्रकोप देखिएपछि उनको टाउको दुखाई बढेकाे छ । मन्त्री पोखरेलले तत्काल डेंगुको रोकथामको लागि जिल्ला स्वास्थ्य कार्यालयलाई दिर्नेशन दिईसकेकोले सोहि निर्देशन अनुरुप डेंगु रोकथामको लागि अभियान नै चलाईएको छ । यता प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले समेत डेंगु रोकथामको लागि सवै सुरक्षाकर्मीहरुलाई सहयोगी भुमिका निभाउन निर्देशन दिएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x