×

NIC ASIA

बुटवल क्याम्पसका प्रमुखको कुर्सी रुखमा !

बुटवल | फागुन १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

पश्चिम क्षेत्रकै पुरानो आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् ।  बिहीवार नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल छैटौँले क्याम्पस प्रमुख डा खिमानन्द न्यौपानको कुर्सी रुखमा राखिदिएका हुन् ।

Muktinath Bank

क्याम्पसको मूल गेटमा अनेरास्ववियुको स्वागत बोर्ड राखिएको विषयलाई लिएर ती विद्यार्थी संगठन क्याम्पस प्रमुखविरुद्ध खनिएका हुन् । यसैबीच उनको कुर्सी रुखमा लगेर राखिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति कृष्ण खनालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संगठनहरू, स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु), विद्यार्थी संगठनहरूको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो क्याम्पस प्रमुखले बोर्ड राख्न दिएकाले आफूहरू बाध्य भएर उनको कुर्सी रुखमा राखिदिएको उनको भनाइ छ ।  


Advertisment
Nabil box
Kumari

‘फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक, संगठनहरू, स्ववियु र विद्यार्थी संगठनहरूको बैठकले क्याम्पसको मूल गेटनजिक रहेको स्ववियु बोर्डमा लेखिएको अभिवादन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो,’ खनालले भने ‘क्याम्पसभित्र रहेका तीनवटा चौतारीमा लेखिएको जय नेपाल र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियुको झण्डा हटाउने सहमति भएको थियो ।’

Vianet communication

नेविसंघ र अखिल छैटौँले स्वागत बोर्ड अनेरास्ववियुले राखेको बताए पनि सो संगठनका नेताहरूले भने आफूहरूले नराखेको दाबी गरेका छन् ।

स्ववियु सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैटौँले गैरजिम्मेवारी देखाएको बताए । ‘यो विषय बैठक बसेर मिलाउन सकिने विषय थिए । क्याम्पस प्रमुखको कुर्सी नै रुखमा लगेर राख्नेसम्मको जुन हर्कत भएका छन् । यसमा स्ववियुले घोर भर्त्सना गर्छ,’ सभापति एमसीले भने । 

विद्यार्थी संगठनले राजनीतिक अखडा बनाउँदा पठनपाठनसमेत प्रभावित हुँदै आएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x