×

NIC ASIA

नयाँ शैक्षिक सत्रको लागि पाठयपुस्तक बिक्री वितरण शुरू

बुटवल | चैत ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

आगामी शैक्षिक सत्रका लागि सरकारी पाठ्य पुस्तकको बिक्री वितरण थालिएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उद्देश्यले  सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड, बुटवलले सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण शुरू गरेको हो ।

Muktinath Bank

सिर्जनशील संस्थाले निजी मुद्रण उद्योगले प्रकाशन गरेका कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी माध्यमका पुस्तक बिक्री गर्दै आएको छ । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका अध्यक्ष मनहरि बस्यालले आउँदो शैक्षिक सत्रको लागि पुस्तकको विक्री थालिएको जानकारी दिए । ‘नयाँ शैक्षिक सत्रको लागि ४० हजार सेट पुस्तक तयारी अवस्थामा छन’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने अवस्था देखिएको छ ।  बस्याल भन्छन्, ‘नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीलाई पुस्तकको अभाव हुँदैन । अन्य आवश्यक भए पनि हामीले तत्काल ल्याएर पुर्‍याउन सक्छौं ।’ सिर्जनशीलले साविक पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा पाठ्यक्रम विकास केन्द्रले तयार गरेका कक्षा ५ सम्मका पाठयपुस्तक र मसलन्द सामग्री बिक्री गर्दै आएको छ । नेपाल सरकारको तोकेको मूल्यमा बिक्रेताहरूले पुस्तक संस्थाले बिक्री गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले पुस्तकसँगै संस्थाले गुणस्तरीय सृजनशील कपी पनि बजारमा ल्याएको बताए । उपभोक्ता र व्यवसायीलाई न्याय हुने गरी लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको ‘कभर’ भएका तश्विर सहितका ६४ ग्राम पेपरको कपी पनि उत्पादन गरी बिक्रीका लागि ल्याएको बताए । यो वर्ष सिर्जनशील कपी ५ लाख विद्यार्थीको हातमा पुर्‍याउने लक्ष्य रहेको पूर्वअध्यक्ष पाण्डेको भनाइ छ । 

Vianet communication

यस क्षेत्रको सिर्जनशील मसलन्द सामग्री र साहित्यिक पुस्तक उत्पादन र बिक्री गर्ने संस्था हो । संस्थाका उपाध्यक्ष दिवाकर घिमिरेले आगामी वर्ष संस्थाले उद्योगको रुपमा जाने गरी हाते कागज उत्पादन गर्ने उद्योग स्थापना गर्न जग्गा खरिदको काम अघि बढेको बताए । ११३ जना शेयर सदस्य रहेको संस्थाका १० करोडको पुँजी छ । संस्थाका कोषाध्यक्ष रामकृष्ण चापागाईले संस्थाले लुम्बिनी प्रदेशका ६ र गण्डकी प्रदेशका १० जिल्लामा शैक्षिक सामग्री बिक्री गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x