×

NIC ASIA

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

सुन तस्करसँग महराको कनेक्सन : लजिस्टिक सपोर्टदेखि डस्टर गाडी उपलब्ध गराउनेसम्म

काठमाडाैं | चैत ३, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

​​सुन तस्करी गर्ने गिरोहसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बलियो कनेक्सन देखिएको छ । सुन तस्करहरूसँग उनको पटक-पटक सम्पर्क भएको, लजिस्टिक सपोर्टदेखि विभिन्न ग्यादरिङमा समेत सामेल भएको पाइएको हो ।

Muktinath Bank

सुन तस्करका नाइके दावा छिरिङलाई लजिस्टिक सपोर्ट गर्न जीवन गुरुङलाई महराले नै दबाब दिएको प्रतिवेदनमा उल्लेख गरिएको गृह स्रोतले बतायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । तस्करहरूलाई तस्करी गर्नका लागि पूर्वसभामुखसमेत रहेका महराले डस्टर गाडी नै तस्करहरूलाई प्रयोग गर्न दिएको खुलेको हो ।


Advertisment
Nabil box
Kumari

महराको कल डिटेल रिपोर्ट (सीडीआर)बाट तस्करहरूसँग परस्पर लिंक देखिएको, डिजिटल फरेन्सिक ल्याब परीक्षण (डीएफएल)बाट पनि केही प्रमाणहरू फेला परेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक उनले तस्करहरूलाई लजिस्टिक सपोर्ट गरेको पाइएको छ ।

Vianet communication

दावासँग पैसा लिएर जीवन गुरुङको नाममा डस्टर गाडी दर्ता गरी महराले उपलब्ध गराएको स्रोतको दाबी छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ ​प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनी पक्राउ परिसकेका छन् ।

गएको मङ्सिरमा फ्लाइ दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो ।

सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको थियो ।

यस प्रकरणमा चन्द्र घले र घलेले नाम लिएका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ । काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा अझै पनि विचाराधीन छ ।

चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ भने सुन तस्करीका नाइके हुन् । विदेशी नागरिक भएपनि उनले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता लिएका थिए ।

धेरै पटक दावा सँगसँगै सीतापाइलाको घरमा, बाहिर होटल, रेस्टुरेन्टमा तस्करको समूहसँग बसेर महराले खानपिनसमेत गरेका प्रतिवेदनमा उल्लेख छ । महराले आफ्नो मोबाइलबाट भन्दा पनि छोरा निर्मल महराको मोबाइलबाट तस्करहरूसँग पटक पटक सम्पर्क गरेको विषय प्रतिवेदनमा उल्लेख गरिएको गृह स्रोतले लोकान्तरलाई बतायो ।

स्रोतका अनुसार महरालाई राज्यले निगरानीमा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x