×

NIC ASIA

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

सुन तस्करी प्रकरण : पूर्वआईजीपी सिंह र लमजुङका सीडीओ अधिकारीलाई निगरानीमा राख्न सिफारिस

काठमाडाैं | चैत ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निगरानीमा राख्न सिफारिस गरेको छ ।

Muktinath Bank

गृह मन्त्रालय स्रोतका अनुसार आईजीपी हुँदाकै बखतमा अवैध सुन तस्करी गर्नेहरूसँग दोहोरो संवाद भएको पाइएकाले सिंहलाई निगरानीमा राख्न सिफारिस गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।​


Advertisment
Nabil box
Kumari

डीएफएलबाट देखिएको तथा अरु कुराले पनि सपोर्ट हुने देखिए पछि आयोगले उनीहरूलाई निगरानीमा राख्न सिफारिस गरेको हो ।

Vianet communication

सुन तस्करीका नाइके दावा छिरिङसँग पूर्वआइजीपी सिंहको दोहोरो संवाद भएको कुरा डीएफएलबाट पनि प्रमाणित भएकाले उनलाई निगरानीमा राख्नु पर्ने प्रतिवेदनमा भनिएको छ ।

त्यसै गरी लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई पनि निगरानीमा राख्न सिफारिस गरिएको स्रोतले बतायो ।

'गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत काम गरिसकेका उपसचिव अधिकारीलाई राज्यले निगरानीमा राख्नु पर्ने भनेर जाँचबुझ आयोगले सिफारिस गरेको छ', गृह स्रोतले लोकान्तरसँग भन्यो, 'अधिकारीको पनि सुन तस्करहरूसँग सम्पर्क भएको, दोहोरो संवाद भएको पाइएको छ ।'

सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग दोहोरो संवादमा रहेको पाइएपछि उनीहरूमाथि राज्यले निगरानी गरिरहनु पर्ने प्रतिवेदनमा भनिएको छ ।

राज्यको राष्ट्रिय इन्ट्रेस्टको आधारमा तथा अपराध नियन्त्रण गर्नु पर्ने निकायका व्यक्तिले अपराध नियन्त्रण गर्नुको साटो अपराधी, तस्करहरूसँग उल्टै सम्बन्ध बनाएको देखिनुले पनि गलत भएकाले उनीहरूमाथि निगरानी गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरालाई पनि निगरानीमा राख्न सिफारिस गरिएको छ ।

त्यसै गरी विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई पनि राज्यले निगरानीमा राख्नु पर्ने सिफारिस गरेको स्रोतले बतायो ।

त्यसैगरी अन्य केही व्यक्तिहरूमाथि पनि राज्यले निगरानी गर्नु पर्ने भनिएको छ ।

आयोगले मुद्दा चलाउनु पर्ने, विभागीय कारबाही गर्नु पर्ने, निगरानी गर्नु पर्ने, पुरस्कृत गर्नुपर्ने र क्लिन चिट अर्थात् कुनै पनि दोष नभएको भनेर पाँच वर्गमा वर्गीकरण गरेर सिफारिस गरेको हो ।

आयोगले सुन तस्करीमा संलग्न  चिनियाँ मूलका नागरिक ९ जना, युरोपमा कस्मेटिक पसल सञ्चालन गरी बसेका भारतीय मूलका  नागरिक १ जना र नेपाली नागरिक ५ जनालाई मुद्दा चलाउनु पर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी ११ जनालाई विभागीय कारबाही गर्न प्रस्ताव गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्य, अनुसन्धानकर्ता एसपी सञ्जयसिंह थापा,  डीएसपीसहित नेपाल प्रहरीका ४ जना, अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका २ जना सरकारी वकिल जनक घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।

त्यसैगरी त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।

आयोगले प्रहरी, सरकारी वकिलदेखि सहसचिवसम्मलाई विभागीय कारबाहीको सिफारिस गरेको भएपनि राजश्व अनुसन्धान विभागका अनुसन्धानकर्मी सन्तोष पौडेललाई पुरस्कृत गर्नु पर्ने भनी सिफारिस गरेको छ ।

विमानस्थलको भन्सार क्षेत्रबाट विभागले नै 'ब्रेक सू'सहितको सुनको कार्टुन बरामद गरी अनुसन्धान थालेको थियो । विभागबाट उपसचिव पौडेलको नेतृत्वमा गठित छानबिन समितिले धेरै राम्रो अनुसन्धान गरेको हुनाले उनलाई उत्प्रेरणाको लागि भए पनि पुरस्कृत गर्नुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।

त्यस बाहेक आयोगले केही व्यक्तिहरूको कुनै पनि संलग्नता नदेखिएको भन्दै क्लिन चिटसमेत दिएको छ ।

हालसम्म बुझ्दा यिनीहरूको कुनै दोष देखिएन भन्दै सुन तस्करी प्रकरणमा  मुछिएका झन्डै १ दर्जन व्यक्तिलाई आयोगले क्लिन चिटसमेत दिएको छ ।

'तस्करहरूले एकतर्फी संवाद गर्न प्रयास गरेको तर उताबाट कुनै रेस्पोन्स नगरिएको वा अन्य थप प्रमाणहरू फेला नपरेकाको हकमा आयोगले क्लिन चिट दिएको देखिन्छ', स्रोतले लोकान्तरसँग भन्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x