×

NMB BANK
NIC ASIA

नेपाल ‘ए’ दोस्रो खेलमा पनि पराजित, आयरल्यान्ड वल्भ्सले जित्यो एक खेलअगावै श्रृंखला

काठमाडाैं | चैत १७, २०८०

NTC
Premier Steels

नेपाल ‘ए’ दोस्रो खेलमा आयरल्यान्ड वल्भ्ससँग पराजित भएको छ । 

Muktinath Bank

शनिवार त्रिवि क्रिकेट मैदानमा भएको टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड वल्भ्ससँग ४० रनले पराजित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई सय २५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो ।


Advertisment
Nabil box
Kumari

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । त्यस्तै लोकेश बमले २५ र कप्तान विनोद भण्डारीले २६ रन जोडे ।

Vianet communication

यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो । 

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए । त्यस्तै पिटर मुरले ६५ रन, जेम्स मोकुलमले २६ रनको योगदान दिए । 

यसअघि शुक्रवार पनि नेपाल ‘ए’ आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको थियो ।

शनिवार दोस्रो खेलमा पनि जीत हासिल गरेसँगै आयरल्यान्डले टी–२० श्रृंखला एक खेलअघि नै जितेको छ ।

अब सोमवार यी दुई टोलीबीच अर्को खेल हुनेछ । त्यसको नतिजाले कुनै असर पर्ने छैन ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x