×

NMB BANK
NIC ASIA

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री

ठूलो दलको हैसियतमा सरकार बनाउने पाण्डेको रणनीति

कास्की | चैत २१, २०८०

NTC
Premier Steels

अल्पमतमा रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नलिई राजीनामा दिने भएका छन् । मंगलबार बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले राजीनामा दिने निर्णय लिएको हो । मुख्यमन्त्रीले आज (बुधबार) राजीनामा बुझाउने तयारी रहेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

Muktinath Bank

विश्वासको मत नपाउने देखेपछि उनले ठूलो दलको हैसियतमा सरकार बनाउन राजीनामा दिने रणनीति अपनाएका हुन् । गण्डकी प्रदेशमा कुनै एक दलसँग स्पष्ट बहुमत छैन । कुनै दलसँग बहुमत नभएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको सरकार बनाउने उनको रणनीति छ । गण्डकीमा कांग्रेस पहिलो दल हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, त्यसका लागि १६८ को उपधारा २ भने पार हुनुपर्छ । मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन आह्वान गर्नेछन् । तर, हालकै अवस्थामा कुनै पनि गठबन्धनको बहुमत पुग्ने स्थिति छैन । प्रदेश प्रमुखले तोकेको समयमा सरकार गठन गर्न बहुमत नपुगे सोही धाराको उपधारा ३ अनुसार सरकार गठन हुनेछ । 


Advertisment
Nabil box
Kumari

गण्डकीमा उपधारा २ बमोजिम सरकार गठन नभए मुख्यमन्त्री पाण्डेलाई फाइदा हुनेछ । २७ सांसदसहित कांग्रेस गण्डकी सभामा ठूलो दल हो ।

Vianet communication

२२ सांसदसहित प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा एमालेले बहुमत पुर्‍याउन कसरत गरिरहेको छ । ८ सांसद रहेको माओवादी केन्द्रएमालेसहितको गठन्धनमा छ । तर, यो संख्या सरकार बनाउन प्रयाप्त हुँदैन । प्रदेशसभा सभामुख माओवादी केन्द्रका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन कसलाई गर्छ त्यो खुलिसकेको छैन । चैत २७ गतेअघि राप्रपाले सरकारबारे निर्णय नगर्ने भएको हो । 

मुख्यमन्त्रीलाई राप्रपाले समर्थन गरे पनि बहुमत भने पुग्दैन । गण्डकीमा राप्रपाको २ सांसद छन् । ६० सदस्यीय गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।  एकजना स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री छन् । राप्रपा र दीपकको साथ पाए पनि मुख्यमन्त्रीलाई एक सांसद अपुग हुन्छ ।

कांग्रेसबाहेक अर्को गठबन्धनलाई पनि सरकार बनाउन सहज त छैन तर, राप्रपाले साथ दिएको अवस्थामा भने बन्ने सक्ने सम्भावना छ । एमाले र माओवादी मिल्दा सभामुखबाहेक २९ सांसद हुन्छ । सरकार गठनका लागि २ सांसद अपुग हुन्छ । राप्रपाले साथ दिएको खण्डमा एमाले–माओवादीको सरकार बन्न सक्छ । राप्रपा केन्द्र सरकारमा सहभागी भएको छैन । प्रदेशमा के गर्छ अन्यौल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x