×

NMB BANK
NIC ASIA

विराट गोल्डकप फाइनल: घरेलु टोली सांग्रिला र मच्छिन्द्र भिड्दै, उपाधि जित्ने दुवै टोलीको दाबी

विराटनगर | चैत २३, २०८०

NTC
Premier Steels

आठौँ संस्करणको विराट गोल्ड कप फूटबलको शनिवार हुने फाइनल खेल हुँदैछ ।  घरेलु टोली सांग्रिला मोरङ एफए र मच्छिन्द्र एफसी काठमाडौं उपाधिका लागि भिड्दै छन् । दुवै टोलीले उपाधि आफ्नो पक्षमा आउने दाबी गरेका छन् । 

Muktinath Bank

विराटनगरको शहीद रंगशालामा शनिवार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली ह्याट्रिक गर्ने दाउमा रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांग्रिलाले इटहरी गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड र पाहुना टोली भुटानको आरटीसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रिला क्वार्टरफाइलनमा भुटानको आरसीटीलाई  ३–० गोल अन्तरले र सेमिफाइनलमा  चर्च ब्वाइजलाई सडन डेथमा ४–३ गोलले हराउँदै उपाधिनजिक पुगेको हो । 


Advertisment
Nabil box
Kumari

विराट गोल्डकपको पहिलोपटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वार्टरफाइनलमा  भारतीय क्लब कालकत्ताको साउर्थन समितिलाई  २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले भारतको सिक्किम ड्रागानलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो । 

Vianet communication

सांग्रिलाले लिग विजेता र इटहरी गोल्डकपको च्याम्पियन भएको सशक्त टीमलाई पराजित गरेर फाइनल यात्रा तय गरेको छ । उसले यसलाई जीतको आधार भनेको छ । घरेलु टोलीले तेस्रोपटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।

यसअघि विसं २०१८ सालमा तत्कालीन महेन्द्र गोल्ड कपमा घरेलु टीम मोरङ– ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ता भएको थियो । 

२०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौँ संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो ।  त्यसपछि आठौँ संस्करणसम्म आइपुग्दा घरेलु टीम फाइनलमा पुगेको हो । 

विराटनगरमा शुक्रवार  प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टीमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौँ संस्करणको विराट गोल्ड कपमा टीमको लक्ष्य उपाधि जित्नु रहेको दाबी गरेका छन् । ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधिसमेत यही टोलीले उठाइसकेको छ । उनले खेलको शुरूवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलोपटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए ।  

सांग्रिलाका प्रशिक्षक रानु राना मगरले सांग्रिलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । 

सांग्रिलाका कप्तान अभिषेक लिम्बूले होम ग्राउन्डमा घरेलु दर्शकको साथ सहयोग रहने भएकाले आफूहरूले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउँदै उपाधि जित्ने दाबी गरे । 

चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा  विदेशी तीन टीमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टोलीको सहभागिता रहेको छ । विजेताले ११ लाख र उप विजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने विराट गोल्डकप फूटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x