×

NMB BANK
NIC ASIA

आईपीएल– हैदराबादको लगातार दोस्रो जीत, चेन्नाईको लगातार दोस्रो हार

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि जीत निकालेको छ ।

Muktinath Bank

शनिवार घरेलु मैदानमा हैदराबादले चेन्नाईलाई ६ विकेटले पराजित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हैदराबादको यो लगातार दोस्रो जीत हो भने चेन्नाईको लगातार दोस्रो हार  ।  


Advertisment
Nabil box
Kumari

चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।

Vianet communication

हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हैदरबादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रवीन्द्रको ओपनिङ जोडीले खास गर्न सकेन । यी दुई खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रवीन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रुपमा पभेलियन फर्किए ।

null

तर, चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई प्याभिलियनको बाटो देखाए । दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाए । रवीन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रनको पारि खेले । महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा चेन्नाईविरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए । १२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक टिमको स्कोर ४६ रन हुँदा आउट भए । उनले तीन छक्का र चार चौका प्रहार गरे  । त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारि अगाडि बढाएका थिए । हेड २४ बलमा ३१ रनको पारि खेलेर आउट भए ।

ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि  हैदरावादका एडेन मार्करामले जीतको जिम्मेवारी सम्हाले । उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेले । यस्तै, सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारि खेल्दै हैदरावादालाई सहज जीत दिलाए ।

चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक–एक विकेट लिए ।  

यो जीतपछि हैदराबादले ४ खेलबाट ४ अंक बनाएको छ । चेन्नाईको पनि ४ खेलबाट ४ अंक नै रहेको छ । चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ । 

जारी आईपीएमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जीतका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन् । जारी प्रतियोगितामा मुम्बई इन्डियन्सले भने जीतको खाता नै खोल्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x