×

NMB BANK
NIC ASIA

ईदको रौनक [तस्वीरहरू]

बाँके | चैत २९, २०८०

NTC
Premier Steels

एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् । 

Muktinath Bank

बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको बीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । 

Vianet communication

ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो । बिहानैदेखि ईदगाहमा सयौँ व्यक्तिहरूले एकापसमा अँगालो मारेर ईदको शुभकामना आदानप्रदान गरिरहेका छन् ।

null

इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका नेपालगञ्जका मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले बताए । ईदको अवसरमा मुस्लिम समुदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ ।

मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । ईदुल फित्र मुस्लिम समुदायको सबभन्दा ठूलो र महान पर्वका रूपमा मनाउने गरिएको उनको भनाइ छ ।

null

'एक महिनासम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँचपटक नमाज पढ्नु, नराम्रा कामबाट बच्नु, झुटो नबोल्नु, नराम्रो वस्तु नहेर्नु, त्यस्तो व्यक्तिले ईदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने विश्वास राखेका हुन्छन्,' मञ्जरीले भने, 'रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य फर्जका रुपमा रहेको छ । यदि कुनै व्यक्ति एकदमै बिरामी भई व्रत अथवा रोजा बस्न नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनुपर्छ ।'

null

ईदको अवसरमा नेपालगञ्जका मुस्लिम समुदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका मुस्लिम अगुवा शकील अहमद कादरीले बताए ।

null

null

null

तस्वीर: रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

बैशाख २६, २०८१

​काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । ...

चैत २५, २०८०

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न जाँदै तीर्थयात्री । तस्वीरः सन्तोष पुर्कुटी/रासस ।

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x