×

NMB BANK
NIC ASIA

ललितपुर महानगरले बनायो वातावरण प्रहरी, पार्कमा सुन्तला–बदामका खोस्टा फ्याँक्नेका गए दिन [भिडियोसहित]

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

वातावरण र पर्यावरण क्षेत्रमा काम गर्ने उद्देश्यसहित ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ । 

Muktinath Bank

अमेरिकी सहायता संस्था यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रमअन्तर्गत महानगरले १५ जना नगर प्रहरीलाई वातावरणसम्बन्धी कामको तालिम दिन शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीताराम हाछेथुको नेतृत्वमा १५ जना नगर प्रहरीलाई वातावरणसम्बन्धी तालिम दिन लागिएको नगर प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताए ।


Advertisment
Nabil box
Kumari

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले उक्त कुराको जानकारी दिएका हुन् ।

Vianet communication

null   

कार्यक्रममा वातावरण प्रहरीका लागि संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित यूएसएडको सहयोगमा बिहीवार ३ दिने तालिमको उद्घाटनसमेत गरिएको छ । 

तालिममा यूएसएडले प्राविधिकलगायत अरु सम्पूर्ण सहयोग गरेको जानकारीसमेत दिइएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै मेयर महर्जनले ललितपुरमा मात्र वातावरण सुधार गरेर खास सुधार नहुने बताए ।

null 

‘हेर्दाखेरी ललितपुर सफा, हरियाली हुनु उपलब्धिमूलक होला, तर वायु प्रदूषणको सन्दर्भमा जबसम्म काठमाडौं उपत्यकाका दुईवटा महानगरलगायत १६ वटा नगरपालिकाले संयुक्तरुपमा काम नगरे यसको नतिजा देखिने आउँदैन,’  उनले भने । 

त्यस्तै ललितपुरको सडक छेउको हरियालीमा मान्छेले बसेर बदाम र सुन्तलाको बोक्रा फ्याँकिदिनाले पनि वातावरणमा नकारात्मक असर पारिरहेको उनले बताए । भएको हरियाली संरक्षणका लागिसमेत वातावरण प्रहरीले ध्यान दिने उनको भनाइ छ ।

यस्तै कार्यक्रममा महानगर उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले वातावरणसम्बधी तालिमले वातावरण प्रहरीलाई सशक्त ढंगले थप अगाडि बढ्न बल पुग्ने बताइन् ।

null 

’महानगरले गरेको वातावरणसम्बन्धी सबै निर्णयलाई व्यावहारिक कार्यान्वयन गर्न अब उहाँहरूलाई यस तालिमले थप मदत पुग्नेछ,’ उनले भनिन्, ’गाउँमा होस् या शहरमा हामीलाई जतिखेर मन लाग्यो त्यतिखेर खन्ने प्रक्रिया जुन छ, त्यसले निकाल्ने धुलोका कारण गर्दा पनि वातावरण प्रदूषण हुने गरेको छ ।’

त्यस्तै कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, यूएसएडअन्तर्गत स्वच्छ हावा कार्यक्रमका प्रमुख भूषण तुलाधर लगायतले कार्यक्रमको सान्दर्भिकतासम्बन्धी आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

हेरौं भिडियोः

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x