मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
कैलाली | चैत ३०, २०८०
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने चुनावको रौनक बढेको छ । मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरूबीच रस्साकस्सी भइरहेको छ ।
मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू भोट माग्न उम्मेदवारको घरदैलोमा पुगिरहेका छन् । किसानहरू कामको धपेडीमा रहँदा उम्मेदवारहरू भने उनीहरूको खेतसम्मै पुगिरहेका हुन् । ०७९ मंसिरमा भोट दिएका जनताहरू भने एक वर्षमै पुनः भोट दिनुपर्दा उत्साहित छैनन् ।
‘नेताहरूले मिलीजुली देश खाइसके । यो उपनिवार्चनको नाटक किन ? खाली रहेका सिटहरूमा पनि भागबन्डा गरे हुन्छ । हामी गरिखाने नागरिकलाई दुःख मात्रै । जितेर पठाएका जनप्रतिनिधि पनि सेवा भोगमै मस्त छन् । आफ्नै भुँडी भर्नु छ । उनीहरूलाई जनताका मुद्दाको मतलब छैन,’ आक्रोशित मुद्रामा देखिएका स्थानीय पर्वत सिंहले भने ।
बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढ्दा अधिकांश मतदाताहरू जिल्ला बाहिर छन् । गाउँमा महिला, बालबालिका र जेष्ठ नागरिकहरू मात्रै छन् । युवा पुस्ता कमाइका लागि भारत र तेस्रो मुलुकमा छन् ।
‘यसपालि भोट निकै कम खस्छ होला । विद्यार्थीहरू अध्ययनका लागि धनगढी र काठमाडौंमा छन् । युवा पुस्ता गुजारा चलाउन बिदेसिएका छन् । गाउँमा हामी अशक्तहरू मात्रै छौं,’ तल्कोटका स्थानीय हरिस धामीले भने ।
उम्मेदवारहरूको आ–आफ्नै दाबी
नेकपा एमालेका तर्फबाटका उम्मेदवार बनेका दमन भण्डारी आफ्नो जीत निश्चित रहेको दाबी गर्छन् । ‘मतदाताको प्रतिक्रिया राम्रो छ । माहोल ठीक छ । कांग्रेस, माओवादीसहितका सबै दल एक हुँदा पनि हामी थोरै मतले मात्र पराजित भएका थियौं । अहिले आ–आफ्नै पार्टीबाट चुनाव लड्दा एमालेको जीत निश्चित हो,’ भण्डारीले भने ।
२०७४ को निर्वाचनमा बझाङका दुवै प्रदेशसभा क्षेत्रमा एमाले विजयी भएको थियो । अहिले उपनिर्वाचन भइरहेको क्षेत्रबाट अर्जुन थापा निर्वाचित भएका थिए । सभामुख बनेर उनले ५ वर्ष प्रदेश सभा सञ्चालन गरेका थिए ।
०७९ को निर्वाचनमा भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दल गठबन्धनमा थिए । गठबन्धनको साझा उम्मेदवारका रूपमा कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
उनलाई नेकपा एमालेका अफिलाल उखेडाले कडा टक्कर दिएका थिए । सिंहले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री रहेको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए ।
सिंहसँग पराजित एमालेका अफिलाल उखेडा उपनिर्वाचनमा एमालेको जीत निश्चित भएको दाबी गर्छन् । ‘सबै दल एक हुँदा पनि निकै कम मतले पराजय भोगेको हो । अहिले सबै उम्मेदवार आ–आफ्नै पार्टीबाट लड्दा हाम्रो जीत निश्चित छ । उम्मेदवार दमनजीसँगै म घरदैलो अभियानमा छु,’ उखेडाले भने ।
हाल उप–निर्वाचन भइरहेको प्रदेश सभा १ मा ६२ हजार मतदाता छन् । जहाँ जयपृथ्वी नगरपालिकासहित ६ वटा गाउँपालिका र थलारा गाउँपालिकाको ९ नम्बर वडा पर्दछ । ०७९ को निर्वाचनमा प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भीम भण्डारी अहिले प्रदेश सभाको सभामुख छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका जनक बुढा पनि जीत सुनिश्चित रहेको दाबी गर्छन् । ‘पार्टीको बैठक सकेर अहिले घरदैलो अभियानमा छौं । मतदाताहरूले आग्रह गरेरै म चुनाव लड्न तयार भएको हुँ । माहोल एकदम राम्रो छ,’ बुढाले भने ।
मुख्य प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच नै हुने देखिन्छ । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अभिषेक सिंहलाई बुवाको विरासत जोगाउने मुख्य चुनौती छ ।
पृथ्वी सिंहको मृत्युपछि पाटीले उनकै छोरालाई टिकट दिएको छ । ‘एनपी साउद लगायतका नेताहरू आउनु भएको छ । उहाँहरू फर्किएपछि घरदैलो अभियान शुरू हुन्छ । निर्वाचनमा पनि हामीले जितेको क्षेत्र हो । बुवाको विरासत जोगाउन कुनै चुनौती छैन,’ उनले भने ।
११ जना चुनावी मैदानमा
प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिएका १२ जनामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली जनता दलका अशोक सुनारले उम्मेदवारी फिर्ता लिएका हुन् । अब ११ जनाको उम्मेदवारी बाँकी छ ।
कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दिएका छन् भने सत्तारुढ गठबन्धन आबद्ध दलहरूले पनि प्रदेशसभा उपनिर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको ठूलो दल एमालेका तर्फबाट दमन भण्डारी र माओवादी केन्द्रबाट जनक बुढाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकै अर्को घटक एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर सिंह पनि प्रतिस्पर्धामा छन् ।
उम्मेदवारको संख्या ११ भए पनि मुख्यरूपमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । एमाले अझै पनि माओवादीले सघाउने आसमा देखिन्छ । बाँकी सबै उम्मेदवार कायम रहँदा पनि प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने स्थानीय सागर भट्टले बताए ।
‘२०७९ मा गठबन्धनबाट कांग्रेसले जितेको थियो । अहिले सबै एक्लाएक्लै प्रतिस्पर्धामा छन् । त्यसैले एमाले वा कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । यी दुईमध्ये कसले बाजी मार्छ, त्यो हेर्न रोचक हुनेछ,’ भट्टले भने ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...