×

NMB BANK
NIC ASIA

राजा माग्नेविरुद्ध खनिए एमाले अध्यक्ष

राप्रपा र पूर्वराजाप्रति ओलीको कटाक्ष– देशकाे माली व्यक्तिलाई थपना गरिँदैन

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजसंस्थाको मुद्दा बोकिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा ज्ञानेन्द्र शाहलाई घुमाउरो पारामा कटाक्ष गरेका छन् ।

Muktinath Bank

शनिवार बूढानीलकण्ठ नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटन समारोहमा कटाक्ष गर्दै उनले संविधानको दायरामा आएर राजनीति गर्न सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानमन्त्री ओलीले राप्रपाले उठाएको मुद्दा र ज्ञानेन्द्रले फेरि राजा हुने देखेको सपना पूरा नहुने संकेतसमेत गरे । 


Advertisment
Nabil box
Kumari

‘संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गरिँदैन, एउटा परिवारलाई थपना हुँदैन’, उनले भने ।

Vianet communication

null

ओलीले अहिले केही मानिसले उत्ताउलो भएर आन्दाेलन गरिरहेको टिप्पणी पनि गरे । अहिले संवैधानिक बाटो र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्धित नभएकाले त्यसभित्र रहेर आफ्ना माग पूरा गर्न पनि उनले आग्रह गरे ।   

‘अहिले पनि केही मान्छेहरू उत्ताउला देखिँदैछन् । त्यस्ता राजनीतिक व्यक्ति र समूहलाई आग्रह गर्छु- संविधानको दायराभित्र आउनुस्, संवैधानिक र शान्तिपूर्ण दायराभित्र आउनुस् र त्यसभित्र रहेर आफ्नो माग गर्नुस्,’ उनले आग्रह थियो । 

ओलीले राजतन्त्रकाल र पञ्चायतकालमा भएका ज्यादतीको स्मरण गर्दै अहिलेको व्यवस्था नै सबैभन्दा उत्तम रहेको दाबी गरे ।

पछिल्लो समय राप्रपा राजसंस्था र हिन्दूराष्ट्र फर्काउन तथा संघीयता खारेज गर्न भन्दै आन्दोलनरत छ ।

अर्कोतिर पूर्वराजा ज्ञानेन्द्रले पनि राजसंस्था फर्काउनु पर्ने अभिव्यक्ति दिइरहेका छन् । नयाँ वर्षको उपलक्ष्यमा शनिवार शुभकामना दिँदै उनले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने धारणा नेपाली जनमतमा बढ्दै गएको बताएका छन् ।

त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको धारणा छ । यसप्रति ओलीले कटाक्ष गरेका हुन् । 

यद्यपि, उनले कटाक्ष गर्ने क्रममा राप्रपा र पूर्वराजा ज्ञानेन्द्रकाे नाम भने सिधै लिएनन् ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x