बैशाख २७, २०८१
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
काठमाडाैं | बैशाख ५, २०८१
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणका खेलमा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ ।
अल अमरात क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएसँगै ४ खेलमा शतप्रतिशत जीत निकालेको हो ।
साउदी अरेबियाले दिएको ७४ रनको लल्य नेपालले ४ बल बाँकी छँदै ७५ रन बनाएर भेट्टायो ।
नेपालको जीतमा गुल्शन झाले अविजित पारी खेल्दै सर्वाधिक ३२ तथा अविजित नै रहेका कप्तान रोहित पौडेलले १६ रन बनाए ।
गुल्शन खेलको प्लेयर अफ दी म्याच भए ।
यस्तै दीपेन्द्रसिंह ऐरीले १६, कुशल मल्ल तथा आरिफ शेखले २–२ रन जोडे ।
ओपनर कुशल भुर्तेल भने शून्य रनमा आउट भएका थिए ।
यसअघि साउदी अरेबिया निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रनमै समेटिएको हो ।
यस क्रममा करण केसी र अविनाश बोहराले साउदी अरेबियाका समान २–२ विकेट लिएका थिए । करणले तेस्रो ओभरको शुरूवातमै नेपाललाई दोस्रो विकेट दिलाएका थिए ।
उनले पहिले विकेट दोस्रो बलमा लिएका थिए भने दोस्रो विकेट २.१ ओभरमा लिन सफल भए ।
यो बेला साउदी अरेबियाले २० रन बनाएको थियो । यसपछि साउदी अरेबियाका विकेट पतनको क्रम रोकिएन । ललित राजवंशी र प्रतिश जीसीले १–१ विकेट लिए ।
वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरमा छोट्याइएको छ । २० ओभरको हुनुपर्ने खेलमा १२ ओभर घटाइएको हो ।
नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेका तीनवटै खेलमा जीत हात पारेको छ । यससँगै चौथो खेलमा पनि उस्तै नतिजा आएको छ । समूह चरण अपराजित रहेको नेपाल समूह विजेता बनेको छ ।
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...