फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताए । जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको उनको दाबी थियो ।
एमाले बर्दियाको १० औं अधिवेशनको मंगलवार उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो । संसद्मा नेपाली कांग्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम कांग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’
आफूले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै उनले अब एमालेले सरकारमा कुर्सीको भागबन्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
आउने चुनावपछि एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामर्थ्यमा पुग्नुपर्ने पोखरेलको भनाइ छ ।
उनले एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको दाबी गरे ।
पछिल्लो समयमा जातीय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै महासचिव पोखरेलले उनीहरूको राजनीति सकिएको बताए ।
‘जातीय नाममा रेशम चौधरीले गरेको राजनीति अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातीय राजनीति रुचाउन छोडे’, उनले भने ।
उद्घाटनमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरीले जनताको रोजाइको पार्टी एमाले रहेको बताए ।
अधिवेशनको बन्दशत्र आज (मंगलवार) साँझ ८ बजेदेखि शुरू हुनेछ ।
३६४ जना प्रतिनिधि रहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...