पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडाैं | बैशाख १८, २०८१
भारतको पश्चिम बङ्गाल सरकारले सन् २०१६ सालमा नियुक्त गरेका २५ हजार भन्दा बढी शिक्षक शिक्षिकाको नियुक्ति कलकत्ता उच्च अदालतले खारेज गरिदिएको छ ।
ममता बेनर्जी नेतृत्वको सरकारले गरेको २५ हजार ७ सय ५३ नियुक्ति खारेज गर्दै अदालतले सबै शिक्षकले खाएको तलब र त्यसको १२ प्रतिशत ब्याजसमेत फिर्ता गराउने आदेश दिएको हो ।
यस आदेशसँगै अदालतको फैसलाबारे पश्चिम बङ्गालमा पक्षविपक्षमा चर्चा भइरहेको छ ।
न्यायाधीश देबाङ्सु बसाक र मोहम्मद शब्बर रशिदीको इजलासले अवैध रुपमा भर्ना भएका विद्यालयका शिक्षकले चार हप्ताभित्र तलब र त्यसको ब्याज फिर्ता गर्नुपर्ने कठोर आदेश दिएको हो ।
यी शिक्षकहरूबाट पैसा उठाउने जिम्मा जिल्ला अधिकारीहरूलाई दिइएको छ ।
अदालतले आफ्नो आदेशमा क्यान्सरको उपचार गराइरहेका सोमा दासलाई भने मानवीय आधारमा जागिरमा कायम रहने आदेश दिएको छ ।
सर्वोच्च अदालतको निर्देशनमा गठित इजलासले सीबीआईलाई नियुक्ति प्रक्रियाबारे थप अनुसन्धान गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।
अदालतले पश्चिम बंगाल स्कूल सेवा आयोगलाई नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न पनि भनेको छ ।
आयोगका अध्यक्ष सिद्धार्थ मजुमदारले उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् ।
पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीसहित तृणमूल कांग्रेसका धेरै नेता र अधिकारीहरू शिक्षक भर्ती मुद्दामा यतिबेला जेलमा छन् ।
अदालतको उक्त आदेशबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री ममता बनर्जीले भाजपा नेताहरूले न्यायालयलाई प्रभाव पारेको आरोप लगाइन् ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...