कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | बैशाख २०, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको जानकारी दिए ।
‘वैशाख २५ या २६ गते अधिवेशन बोलाउने तयारी छ’, मन्त्री गिरीले बुधवार सञ्चारकर्मीसँगको कुराकानीमा भने ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् । नेकपा एकीकृत समाजवादी चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन् ।
उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका छन् ।
एक सय ३५ औं संयुक्त ट्रेड युनियन महासङ्घद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।
००००
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको शुरूवात गरेका हुन् ।
००००
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा भएको संशोधनले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गर्न जटिलता उत्पन्न भएको छ ।
अहिलेसम्म सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा दायर गर्दै आएको थियो । तर, अब सम्वद्ध कसूर गरेको निकायस्थितकै जिल्ला अदालतमा विभाग आफैंले वा शुरूको कसूर हेर्ने निकायले अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने हुन्छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी २०६४ को ऐन संशोधन भएर नयाँ कानून बनेपछि मुद्दा अभियोजनलाई लिएर जटिलता उत्पन्न भएको हो । २०८० चैत ३० गते नेपाल राजपत्रमा प्रकाशित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनमा भएको नयाँ प्रावधानले मुद्दा अभियोजन गर्ने विषयमा जटिलता उत्पन्न भएको हो ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
००००
पशुपति आर्यघाटस्थित विद्युत् शवदाह निःशुल्क गरिने भएको छ ।
आगामी साउन १ गतेदेखि विद्युतीय शवदाह निःशुल्क गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
००००
नेपालले आगामी महिना अमेरिका र क्यारेवियन मुलुकमा हुने टी–२० पुरुष विश्वकप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा गरेको छ ।
यस अघि खेल्दै आएका अनुभवीसहितका फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई पनि समेट्दै नेपालले बुधवार १५ सदस्यीय टिम घोषणा गरेको हो ।
नेपालले घोषणा गरेको टिमलाई आईसीसीले बलियो टिम भनेको छ ।
००००
यसैबीच क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा हुने बित्तिकै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् । उनी बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’
००००
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।
बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालू आर्थिक वर्षमा नेपालले साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गरे ।
००००
२०७९ को चुनाव र त्यसपछिको जगजगी इलाम २ को उपनिर्वाचनमा पनि कायम राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को योजनामा नमीठो धक्का लागेको छ ।
परम्परागत दल नेपाली कांग्रेस र नेकपा एमालेमाथि जनताको विकर्षण रहेको र आफूहरूप्रति आकर्षण रहेको देखाउन रास्वपाले इलाम उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको थियो ।
सिंगो पार्टी संयन्त्रलाई महिनौंदेखि इलाममा परिचालन गरेर आफूलाई लोकप्रिय देखाउन रास्वपाले कुनै कसर बाँकी राखेन । पुरानै लहर कायम राखेर २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्घोषसहित रास्वपा चुनावी मैदानमा उत्रिएको थियो । तर, उसका सबै योजना इलाममा असफल सावित हुन पुगेका छन् ।
००००
मंगलबार १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव गहुँ काट्न ललितपुरस्थित हरिसिद्धि पुगेका छन् । पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर उनले दिवसको सन्देश दिएको केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...