×

NMB BANK
NIC ASIA

सन्दर्भ : भारतको चुनाव

उत्तर प्रदेशको बदलिँदो चित्र : मोदी-आदित्यनाथ प्रभाव बढ्दा अस्ताउँदै २ प्रभावशाली दल

काठमाडाैं | बैशाख २०, २०८१

NTC
Photo : Pawan Kumar/Reuters via Al Jazeera
Premier Steels

उत्तरी भारतमा अवस्थित लखनउ शहरको मुख्य छिमेकी शहर लाल कुआँ हो, जहाँ अधिकांश दलितको बस्ती छ ।

Muktinath Bank

भारतको जटिल 'जातीय अनुक्रम'को कथित तल्लो तहमा रहेको मानिने दलितहरूलाई हाल उत्तर प्रदेश राज्यकी ६८ वर्षीया पूर्व मुख्यमन्त्री मायावतीको नेतृत्वमा रहेको बहुजन समाज पार्टी (बसपा) को बफादार भोट बैंक मानिन्छ । जसको राजधानी लखनउ हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा जारी लोकसभा निर्वाचनका क्रममा अहिले लाल कुआको साँघुरो र घुमाउरो गल्लीहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू बहुसंख्यक भारतीय जनता पार्टी (भाजपा)का गेरु झण्डाहरू फहराइरहेका छन् । त्यहाँ बसपाका झण्डाहरू गुमनाम छन् ।


Advertisment
Nabil box
Kumari

पश्चिमी उत्तर प्रदेशको इटावा शहरभन्दा २३० किलोमिटर टाढा रहेको एउटा सानो शहर जुन सन् २०१२ देखि २०१७ सम्म सत्तामा रहेका राज्यका अर्का पूर्व मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टी (सपा)को गढ हो, त्यहाँ पनि उस्तै हालत देखिन्छ । त्यहाँ पनि जताततै भाजपाको झण्डा देखिन्छन् । सपा त्यहाँ नजानिँदो तरिकाले हराइरहेको छ । सपाले नगन्य प्रचार गरिरहेको छ ।

Vianet communication

उत्तर प्रदेश भारतको सबैभन्दा जनसंख्या भएको र चुनावी रूपमा महत्वपूर्ण राज्य हो । क्षेत्रफलमा यो बेलायतजत्तिकै ठूलो छ र यहाँ रहेको २४ करोड जनसंख्या छिमेकी देश पाकिस्तान वा ब्राजिलको कुल जनसंख्याभन्दा बढी छन् ।

भारतीय संसद्को तल्लो सदन भनिने लोकसभाका ५ सय ४३ सिट मध्ये ८० सिट भएको उत्तर प्रदेशको चुनावी नतिजाले देश कुन पार्टीले चलाउँछ भन्ने निर्धारण गर्छ ।

निर्वाचन क्षेत्र संख्याको हिसाबले दोस्रो नम्बरमा रहेको महाराष्ट्रमा जम्मा ४८ सिट छ ।

चलिरहेको लोकसभा निर्वाचनमा उत्तर प्रदेशमा पुनः विरासतको लडाईं शुरू भएको छ । पाँच वर्षअघिको निर्वाचनमा भाजपा र यसका सहयोगी दलहरूले ८० मध्ये ६४ सिट जितेका थिए ।

मायावती नेतृत्वको बसपा, यादव नेतृत्वको सपा र अर्को क्षेत्रीय पार्टी रहेको गठबन्धनले १५ सिट जितेको थियो । यसपटक सपाचाहिँ भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको गठबन्धनमा सामेल छ भने बसपा एक्लै चुनाव लड्दैछ ।

लोकसभा निर्वाचनको तेस्रो चरण शुरू हुँदै गर्दा यी दुवै पार्टीहरू अहिले मुख्यरूपमा हराइरहेका छन् । दुवै पार्टीले उत्साहजनक अभियान वा कुनै देखिनेजस्तो प्रचार गर्न सकिरहेका छैनन् । २०१४  देखि केन्द्रमा शासन गरिरहेको भाजपाको 'शानदार' उदयसँगै यी दुवै पार्टी क्षयीकरणको दिशामा अघि बढिरहेका छन् ।

कहाँ छन् यी दुवै पार्टी ?

सपा र बसपाले कुनै समय उत्तर प्रदेशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण प्रभुत्व जमाउँदै आएका थिए । दुवैले विशिष्ट जात समूहको प्रतिनिधित्व गर्थे । उत्तर प्रदेशमा यादव समूहको जनसंख्या लगभग ९ प्रतिशत छ । त्यससँगै अन्य पिछडा वर्ग (ओबीसी)को मत पनि सपालाई जाने गर्थ्यो ।

बसपा जाट र दलितभित्रको सामाजिक समूहको प्रतिनिधित्व गर्ने पार्टी थियो । यो समूहलाई भारतीय संविधानमा अनुसूचित जातिको रूपमा वर्गीकृत गरिएको । उनीहरूलाई केन्द्र र प्रदेश सरकारले विभिन्न सहुलियतहरू पनि दिँदै आएको छ । यो समूहको जनसंख्या उत्तर प्रदेशमा करिब १० प्रतिशत छ ।

धेरै हदसम्म सपा र केही हदसम्म बसपाले पनि उक्त राज्यमा २० प्रतिशत जनसंख्या रहेको मुस्लिम समूहको भोट प्राप्त गर्दथ्यो । सपा आफ्नो 'माइ- मुस्लिम-यादव' जातीय अभियानका लागि परिचित छ ।

यही जातीय र धार्मिक संरचनाका कारण सपा र बसपाले उत्तर प्रदेशमा यसअघि निर्णायक भूमिका खेल्ने गर्थे । यसअघि योबाहेक उनीहरूको भोट बैंक अन्य समुदाय पनि थियो । उनीहरूले पटक-पटक सरकार बनाए, तर अहिले ठीक उल्टो चलिरहेको छ ।

हिरालाल कुशवाहा मध्य उत्तर प्रदेशको उन्नाव जिल्लाको बसीरत गञ्जमा स्टेशनरी, बालबालिकाका लागि खेलौना र अन्य सा–साना सामान बेच्ने एउटा सानो पसल चलाउँछन् । गर्मीका कारण उनको पसलमा दिउँसो व्यापार हुँदैन । आफ्नो फोन स्क्रोल गरिरहेको भेटिएका कुशवाहाले अल जजीरासँग भने, 'भाजपा सरकारले धर्ममा धेरै ध्यान केन्द्रित गरिरहेको छ त्यसैले वास्तविक समस्याहरू समाधान गर्न सकिरहेको छैन । उत्तर प्रदेशका ठूला दल भएकाले सपा र बसपाले त्यसको विकल्प दिन सक्नुपर्थ्यो ।'

उनले आफू धर्मको राजनीतिसँग सहमत नरहेको तर यी दुई क्षेत्रीय दल ओरालो लाग्दो वर्तमान अवस्थाले त्यहाँका मतदातासँग भाजपालाई भोट हाल्ने विकल्प नरहेको बताए ।

समाजवादी पार्टीका चुनौती

कुस्ती खेलाडी हुँदै समाजवादी पार्टी खोलेका मुलायम सिंह यादवले सन् १९९० को शुरूमा सपाको स्थापना गरेका थिए । उक्त पार्टीका कार्यकर्ताहरूले आफू समाजवादी रहेको संकेत गर्न रातो टोपी लगाउँछन् ।

यादव तीन कार्यकाल उत्तर प्रदेशको मुख्यमन्त्री बने । तर तीमध्ये कुनै पनि कार्यकाल ५ वर्षसम्म चलेन । उनका छोरा अखिलेश यादव २०१२ देखि २०१७ सम्म मुख्यमन्त्री बने । मुलायम सिंह यादवको निधन २०२२ मा भएको थियो ।

बसपा प्रमुख मायावती यसबीच चारपटक मुख्यमन्त्री बनिन् जसमध्ये ३ वटा कार्यकाल छोटो थियो भने सन् २००७ देखि २०१२ सम्म पूर्ण कार्यकाल थियो ।

दुई पार्टीहरूले पहिलोपटक १९९३ मा राज्य सरकार चलाउन गठबन्धन गठन गरेका थिए तर १९९५ मा अलग्गिए । लगभग २५ वर्षको प्रतिद्वन्द्वपछि भारतीय जनता पार्टीको प्रभाव समाप्त पार्न २०१९ को चुनावमा दुवै पार्टी एकैठाउँ आए तर उनीहरूको गठबन्धनले प्रभाव पार्न सकेन ।

कुनै समय ४ सयभन्दा बढी विधानसभा सीट जित्ने बसपाले सन् २०२२ को चुनावमा जम्मा १ सिट जित्यो भने सपाले १ सय ११ सिट जितेको थियो । चुनावको दौरानमा उत्तर प्रदेशका मतदाताहरूले राज्यको राजनीतिमा भएको यो परिवर्तन, सपा र बसपाको पतन तथा बीजेपीको उदयको बारेमा अल जजीरासँग कुरा गरेका थिए ।

कतिपय मतदाताले अखिलेश यादवको सपाका नेताहरू 'बाहुबली' शैलीमा हिँड्ने र गुण्डागर्दी फैलाउने गरेको आरोप लगाए । 'सपा सरकारमा कानून र व्यवस्थाको अवस्था ठीक थिएन । दिनदिनै अराजकता फैलिने क्रम जारी थियो र राज्यमा त्यतिबेला अपराध दर बढ्दै गएको थियो,' कुमार नामका एक मतदाताले भने, 'अहिले भाजपाका मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा एकदमै सुधार भएको छ ।'

अहिले आदित्यनाथ एक शीर्ष भाजपा नेता र पार्टीका लागि 'स्टार प्रचारक'का रूपमा उभिएका छन् ।

अत्यधिक भीडभाड भएको मथुरा शहरको मुटुमा रहेको प्रख्यात ताजमहलबाट एक घण्टा टाढा आफ्नो श्रीमानको चिया पसलमा समय काटिरहेकी मञ्जु सिंह सपाको सरकार हुँदा आफू निर्धक्क घरबाट निस्कन नसक्ने अनुभव सुनाइन् । 'अखिलेश यादवले हाम्रो सुरक्षाका लागि केही गरेनन्,' उनले भनिन् ।

सन् २०२२२ को राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्यांकअनुसार उत्तर प्रदेशमा अपराध दर प्रति एक लाख जनसंख्यामा १७१ दशमलव ६ थियो, जुन देशको औसत २५८ दशमलव १ भन्दा कम छ । तथ्यांकअनुसार उक्त राज्यमा अपहरणका घटनाहरू २०१८ बाट यता घट्दै गएको छ ।

सपाको समर्थनमा अडिग रहने यादवहरू पनि त्यतिबेलाको अवस्था राम्रो नरहेको स्वीकार गर्छन् । ४० वर्ष हाराहारीका दयानन्द यादव अमेठी शहरको बाहिरी भागमा साडी पसल चलाउने आफ्नो साथीलाई भेट्न आएका रहेछन् ।

अमेठी गान्धीहरूको पारिवारिक गढ हो ।  गान्धी परिवार भारतको सबैभन्दा प्रमुख राजनीतिक परिवार हो, जसबाट तीन प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरू पछि उनकी छोरी इन्दिरा गान्धी र इन्दिराका छोरा राजीव गान्धी पनि प्रधानमन्त्री भए । राजीवकी इटालियन मूलकी पत्नी सोनिया गान्धी र छोरा राहुल दुवै सांसद हुन् र कांग्रेस पार्टीका अध्यक्ष भइसकेका छन् ।

यादवले आफूले यसअघि मत दिएको पार्टी सपाबारे राम्रो टिप्पणी गरेनन् ।

‘यादवको हैसियतले अरुलाई भोट दिए पनि हामी सधैं समाजवादी पार्टीसँग जोडिएका छौं । जातीय सम्बन्धका कारण हामीले उनीहरूलाई समर्थन गरिरहन्छौं । तर यो सत्य हो कि अखिलेश यादवको सरकारमा सुशासन र कानून व्यवस्था भयावह थियो,' उनले भने ।

यादवले अखिलेश भन्दा उनका पिता मुलायम तुलनात्मक रूपमा राम्रो रहेको टिप्पणी गरे ।

दिल्ली विश्वविद्यालयका हिन्दू कलेजका राजनीतिशास्त्रका प्रोफेसर चन्द्रचुर सिंहले सपाले पारिवारिक सम्बन्धभन्दा बाहिरको नेतृत्व विकास गर्न असफल भएको टिप्पणी गरे ।

'यादव र मुस्लिम समुदायहरूमा यसको 'संकीर्ण फोकस'ले भाजपालाई आलोचना गर्ने मुद्दा मिलेको छ,' उनले भने ।

उनले थपे, 'यसविपरीत भाजपाको हिन्दू राष्ट्रवादमा जोड र राममन्दिर निर्माण गर्ने प्रयासहरूले यसको समर्थनमा व्यापक वृद्धि भएको छ ।'

राममन्दिर त्यही ठाउँमा बनाइएको थियो जहाँ १६ औं शताब्दीको मस्जिद १९९२ मा हिन्दू भीडले भत्काइदिएको थियो । उक्त भीडले हिन्दू देवता रामको जन्म भएको ठाउँमा मुगल युगको संरचना रहेको दाबी गरेको थियो । राम मन्दिर मुद्दालाई सन् १९८० को दशकमा बीजेपीले जनआन्दोलनमा परिणत गर्‍यो, जसको परिणामस्वरूप बारम्बार साम्प्रदायिक दंगा भयो र भाजपालाई भारतको राजनीतिक मूलधारमा ल्यायो ।

के थियो मायावतीको कमजोरी ?

सपालाई यसको कथित खराब शासन र कानूनी व्यवस्थाको असफलताका लागि सम्झना गरिन्छ । त्यस्तै उत्तर प्रदेशको मुख्यमन्त्रीका रूपमा मायावतीलाई बलियो प्रशासन र अपराधविरुद्ध कठोर कदमका लागि प्रशंसा गरिएको थियो ।

उत्तरप्रदेशको बुलन्दशहरकी ४० वर्षीया सीमा शर्मा जो एक वकिल पनि हुन्, उनी पनि राजनीतिक कुरा गर्न उत्साहित देखिइन् ।

'म ब्राह्मण हुँ, तर म साँच्चै मायावतीलाई फेरि सत्तामा देख्न चाहन्छु । बसपाअन्तर्गतको शासन धेरै राम्रो थियो र प्रशासन दृढ थियो । सरकारी अधिकारीहरूले आफ्नो कामलाई गम्भीरताका साथ लिने गर्थे । हामी महिलाको रूपमा सुरक्षित महसुस गरेका थियौं,' उनले भनिन् ।

भाजपाका अन्य केही समर्थक पनि उनको कुरामा सहमत देखिए । 'हामी भाजपा समर्थक हौं तर हामी बसपा सरकार धेरै राम्रो रहेको स्वीकार्छौं,' रबिन चौधरी भन्छन् ।

बसपाले अहिले भ्रष्टाचारको आरोप सामना गरिरहेको छ । यसका वरिष्ठ नेताहरू अन्य पार्टीमा पलायन भइरहेका छन् भने पार्टीको संगठन धरासायी हुँदैछ ।

दलित समुदायको सशक्तीकरणको लागि वकालत गर्ने मायावतीले त्यसलाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्न नसक्दा भाजपाको उदय भएको राजनीतिक विज्ञ सिंहको धारणा छ ।

'मायावतीले व्यक्तिगत सम्पत्ति संकलनलाई प्राथमिकता दिने, भूमि माफिया र ठेकेदारसँग सम्बन्ध राख्ने क्रियाकलाप नै उनका लागि हानिकारक सावित भयो,' सिंहले भने ।

पत्रकार रुही तिवारीले अलजजिराका लागि तयार पारेको समाचार टिप्पणी लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x