×

NMB BANK
NIC ASIA

लोकान्तरको मञ्चमा शीर्ष नेता

लोकान्तर आर्थिक बहस : पूर्वप्रधानमन्त्री ओली, उपप्रधानमन्त्री श्रेष्ठ, अर्थमन्त्री पुनलगायत सहभागी [१०० बढी तस्वीर]

काठमाडाैं | बैशाख २५, २०८१

NTC
Premier Steels

लोकान्तर डट्कमले आयोजना गरेको आर्थिक संकट समाधान बहसमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भएका छन् । स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा लोकान्तरले सोमवार आर्थिक संकट समाधान बहस आयोजना गरेको थियो ।

Muktinath Bank

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लैजान खोजेको बताए । अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकान्तरले प्रकाशित गरेको ‘समृद्धिका तगारा’ नामक पुस्तक सार्वजनिक गरे ।


Advertisment
Nabil box
Kumari

 

Vianet communication

सोमवार नै आर्थिक बहसको पहिलो शत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल सहभागी थिए ।

आर्थिक बहसमा मन्त्री पुनले आगामी बजेटमार्फत आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने कोशिश गरिरहेको बताए ।

‘रोजगारी सिर्जना गर्ने र आन्तरिक आर्थिक क्षेत्रलाई मजबुत बनाउने कुरा गरिरहेका छौं’, मन्त्री पुनले भने ।​​

पूर्वअर्थमन्त्री पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताए । 

‘यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ । तर यसलाई भत्काउने कोशिश नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौं', पौडेलले भने, ‘सरकारले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी वृद्धि र उत्पादनमूलक क्षेत्रमा सकारात्मक काम गरिरहेको छ र यो निरन्तर हुनुपर्छ ।’

null

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रिजालले राजनीतिक स्वार्थका लागि सत्ता परिवर्तन हुनु आर्थिक विकासका लागि दुःखद भएको बताए ।

सरकारले सत्ता स्वार्थमा भन्दा आर्थिक समृद्धिका कार्यसूचीमा प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।

गभर्नर अधिकारीले देशको अर्थतन्त्रको आधारशिला एकदम राम्रो रहेको बताए । ‘अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन, हुनसक्छ कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको होला । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँ आएका हौं ।’​

उपप्रधानमन्त्रीसहित नेताद्वारा शुभकामना

लोकान्तरको वार्षिकोत्सवको अवसरमा विभिन्न दलका नेता सहभागी भएका थिए । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्मा शुभकामना दिन उपस्थित भएका थिए ।

null

कांग्रेस सांसद श्याम घिमिरे, एमालेकी विद्या भट्टराई, डा. अन्जना शाक्य, रास्वपा सांसद मनीष झा, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।

पूर्वमन्त्री शेरबहादुर तामाङ, रामचन्द्र झालगायत विभिन्न दलका नेता पनि कार्यक्रममा उपस्थित थिए । 

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतीक प्रधान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायत सहभागी थिए । यस्तै बैंकर संघका अध्यक्ष सुनिल केसी, उद्यमी विमल केडिया लगायत निजी क्षेत्रका प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए । 

डा. ओममूर्ति अनिल, डा. प्रमोद लामिछाने लगायत पनि कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ओलीले लोकान्तरको तर्फबाट ‘स्टार प्रफमर अफ दि इयर’ अवार्ड ललित चौधरीलाई हस्तान्तरण गरे ।

null

null

null

null

null

null

null

null

null

null

nullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnull

nullnullnullnull

null

nullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

nullnullnullnullnullnullnullnullnull

nullnullnull

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x