×

NMB BANK
NIC ASIA

मोदीले मुस्लिम समुदायलाई भने– भाजपा कार्यालय कब्जा गर्नुहोस्, कसैले रोक्दैन

काठमाडाैं | बैशाख २५, २०८१

NTC
Premier Steels

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दल पार्टी भारतीय जनता पार्टी (भाजपा)सँग मुस्लिम समुदाय डराउनु नपर्ने बताएका छन् । 

Muktinath Bank

भारतमा जारी लोकसभाको निर्वाचनको बीचमा टाइम्स नाउलाई अन्तर्वार्ता दिने क्रममा उनले मुस्लिम समुदायले आफ्नो पार्टीलाई सहयोग गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’म मुस्लिम समुदायलाई भन्न चाहन्छु, कसैले तपाईंलाई भाजपाको डर देखाइरहेको छ त्यसको विश्वास नगर्नुस्,’ उनले भने, ’यदि भाजपासँग डर लाग्छ भने नेताहरूसँग उठबस गर्नुस् । जानुस, भाजपाको कार्यालयमा बस्नुस्, कसले निकाल्छ ? कार्यालय नै कब्जा गर्नुस् न ।’ 


Advertisment
Nabil box
Kumari

उनले भारतीय राष्ट्रिय कंग्रेसले सरकारको नेतृत्व गरेको बेलामा मुस्लिम समुदायलाई कुनै फाइदा नपुगेको आरोप लगाए । 

Vianet communication

null

’म मुस्लिम समाजलाई भन्छु आत्ममन्थन गर्नुस् । देश अघि बढिरहेको छ, तपाईंहरू पनि अघि बढ्नुस्,’ उनले भने, ’कंग्रेसको पालामा सरकारबाट तपाईंहरूले किन फाइदा पाउनुभएन भन्ने सोच्नुस् ।’ 

मोदीले मुस्लिम देशमा योगा पाठ्यक्रममै राखेर विद्यार्थीलाई पढाइने गरेको तर भारतमा भने योगालाई लिएर धार्मिक विखण्डन हुने गरेको दुःखेसो पोखे ।

’साउदी अरेबियाको पाठ्यक्रममा योगा पढाइ हुन्छ,’ उनले भने, ’यहाँ मैले योगाको विषयमा बोल्ने हो भने हिन्दू–मुस्लिमको विवाद अघि सारिन्छ ।’

उनले यस्तो प्रवृत्तिविरुद्ध लड्न मुस्लिम समुदायलाई आग्रहसमेत गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x