कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | बैशाख २८, २०८१
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक हप्ताभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । बिहीबार साँझ शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले हप्तादिनभित्र नै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने जानकारी दिए ।
उनले प्रदेशका महत्वपूर्ण समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउने बताए । ‘जनताका असन्तुष्टिलाई चिर्ने गरी नीति तथा कार्यक्रममा ल्याउँछौं,’ उनले भने ‘प्रदेश संरचनाप्रति जनतामा रहेको निराशालाई उठाउने गरी काम गर्छौं ।’
प्रदेश सरकारको महसुस हुनेगरी कार्यक्रम ल्याएर निराशा चिर्ने उनले बताए । उनले सबै दललाई साथमा लिएर हिँड्ने पनि उल्लेख गरे ।
००००
२०७९ पुस २४ मा एमाले नेता कार्की नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको समर्थनमा पहिलोपटक मुख्यमन्त्री बनेका थिए । त्यतिबेला केन्द्रमा एमाले–माओवादीको समीकरणबाट पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बनेका थिए । तर फागुन २७ मा भएको राष्ट्रपतिको निर्वाचनका कारण केन्द्रको समीकरण पुरानै गठबन्धनमा फकिएपछि त्यसको असर कोशीमा पनि परेको थियो । माओवादी र जसपाले साथ छाडेपछि हिक्मत अल्पमतमा परेका थिए । उनी २०८० असार १५ मा पदमुक्त बनेका थिए ।
हिक्मतपछि असार २१ मा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखलाई पनि हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वोच्च अदालतले पदमुक्त गरिदियो ।
लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बनेका थिए । तर थापालाई मुख्यमन्त्रीबाट हटाउनका लागि हिक्मतले नै नयाँ योजना बनाएका थिए । भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवार एकाएक बिरामी परिन् । त्यतिबेला एमाले र राप्रपाका जेष्ठ सदस्य प्रदेशसभाका अनुपस्थित भए ।
बैठकको अध्यक्षता कांग्रेसका इस्राइल मन्सुरीले गर्नेगरी उपसभामुख दनुवारले जिम्मेवारी थिइन् । बैठकको अध्यक्षता गरेका मन्सुरीले उद्धव थापालाई मत दिएका थिए । बहुमत पुर्याउनका लागि थापालाई मत दिएको भएपनि त्यो धेरै दिन भने टिक्न सकेन ।
सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरेर संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश गरेपछि दोस्रो पटक हिक्मत मुख्यमन्त्री बनेका थिए । तर उनले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए । पहिला माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका हिक्मत अहिले फेरि उसकै समर्थनमा ह्याट्रिक गर्न सफल भएका छन् ।
००००
यसैगरी नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
उनले आफ्नै दल नेकपा एमालेका राम रानामगर र नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई विनाविभागीय मन्त्री नियुक्त गरका हुन् । यसअघि उनलाई प्रदेश प्रमुखले बिहीबार नै १५२ सांसदको हस्ताक्षर प्रमाणीत भएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
००००
कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट बिहीबार दर्ता भएको हो । रिट निवेदनमा नेपाली कांग्रेसका नेता केदारले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
००००
मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम जेठ १ बजे दिउँसो ३ बजे गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीवार साँझ सम्पन्न बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
००००
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उन्मुक्ति दिन खोजेको भन्दै महान्यायाधिवक्ता दीनमणि पोखरेल गम्भीर प्रश्नको घेरामा तानिएका छन् ।
आफ्नो क्षेत्राधिकार नाघेर लामिछानेलाई उन्मुक्ति दिन खोजेपछि महान्यायाधिवक्ता पोखरेलमाथि गम्भीर प्रश्न उठेको हो । २०८१ वैशाख २४ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध हालसम्म कुनै उजुरीरजाहेरी, अनुसन्धान तथा अभियोजन समेत नरहेको भन्दै पत्र दिएको छ ।
रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा लामिछानेको संलग्नता, उजुरी, अनुसन्धान, अभियोगपत्र लगायतका विषयमा महान्यायाधिवक्ता कार्यालयले उक्त जवाफ दिएको हो ।
लामिछानेले आफ्नोविरुद्ध कतै उजुरी परेकोबारे वा अनुसन्धान र अभियोगपत्रमा कुनै संलग्नता छ कि छैन भन्ने विषयमा जानकारी पाऊँ भन्दै वैशाख १० गते महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । यसै विषयलाई लिएर महान्यायाधिवक्ता कार्यालय तथा महान्यायाधिवक्ता दीनमणि पोखरेलको आलोचना भइरहेको हो ।
००००
बझाङ जिल्ला, प्रदेशसभा (१) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
धनगढीस्थित प्रदेशसभा सचिवालयमा सभामुख भीमबहादुर भण्डारीले नवनिर्वाचित प्रदेशसभा सदस्य भण्डारीलाई शपथ गराएका हुन्।
००००
नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपा नेपालको महाधिवेशनलाई एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको स्पष्टीकरण दिएका छन् ।
उनले महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति लिइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाबी गरे ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...