×

NMB BANK
NIC ASIA

'सिक्रेट सुपरस्टार' फिल्म समीक्षा : खुशी, आँसु र उत्साहको त्रिवेणी

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २ कात्तिक — इंसिया मलिक (जायरा वसीम) १५ वर्षीया प्रतिभाशाली किशोरी हुन् । बडौदामा बस्ने इंसियाका आमाबुवाको राम्रो सम्बन्ध नभएकाले उनको भावना आहत भएको छ । तैपनि इंसिया गायक बन्ने आफ्नो सपना पूरा गर्नका लागि भरपूर कोशिश गर्छिन् । त्यसबाहेक उनी आफ्नी आमालाई पुरातनवादी तथा हिंस्रक बुवाबाट छुटाउन पनि प्रयत्न गर्छिन् ।

Muktinath Bank


पहिलोचोटि फिल्म निर्देशन गरेका अद्वैत चन्दनले आमिर खानसँग काम सिकेका हुन् । फिल्ममा आमिर खानले अचम्मको हाउभाउ भएको एक संगीतकारको भूमिका खेलेका छन् । फिल्ममा भावना, खुशी, आँसु, जोश र उत्सुकता देख्न पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त फिल्ममा नयाँपन छैन । एक किशोरी आफ्नो सपना पूरा गर्न चाहन्छिन् भने एक महिला हिंस्रक बिहेबाट मुक्त हुन चाहन्छिन् । यस्ता कथामा थुप्रै फिल्म बनिसकेका छन् । तर यही कथालाई देखाउने तरिका चाहिँ अरूभन्दा फरक किसिमको छ ।


Advertisment
Nabil box
Kumari

फिल्ममा आमाछोरीको पीडालाई दर्शकले अनुभूति गर्न सक्छन् । पुरातनपन्थी घरमा उनीहरूको भावनामाथि पनि बन्धन छ । इंसियाले आफूलाई स्वतन्त्र बनाउने संघर्ष गर्दा तपाईंका आँखा रसाउँछन् । उनको सफलताका लागि तपाईं कामना गर्नुहुन्छ ।

Vianet communication

आमिर खान अभिनयमार्फत सबै दृश्यमा छाएका छन् । उनको चरित्र अमेरिकी आइडलका जज साइमन कावेल र सन् १९९० को दशकका बलिउडी संगीतकारको जस्तो देखिन्छ । तर आमिरले आफ्नो सुपरस्टारडममार्फत जायराको पात्रमाथि अन्याय भने गरेका छैनन् ।

जायरालाई फिल्ममा देख्दा खुशी लाग्छ । उनले सहज अभिनय गरेकी छन् । उनको आमाको भूमिकामा मेहर, बाका रूपमा चिन्तन शर्मा र बालकलाकार कबीरले पनि उम्दा अभिनय देखाएका छन् ।

अमित त्रिवेदीको संगीत आनन्ददायक छ । तैपनि यो उनको उत्कृष्ट संगीत भने हैन ।

तपाईं आफ्नी आमालाई माया गर्नुहुन्छ भने यो फिल्मले तपाईंलाई छुन्छ । किशोरीहरूले त यो फिल्म अवश्य हेर्नुपर्छ ।

नवभारत टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x