×

NIC ASIA

सकियो चिच्याएर वर माग्ने अनौठो धार्मिक मेला

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

रामपुर, पाल्पा, १९ कात्तिक - पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । 

सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क चर्तुदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर बरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुदै पूर्णिमाका दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । 

सत्यवती बजै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको बुढापाकाको भनाई रहेको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको वर पुरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजन मन्दिरमा आउने गरेका छन् । सत्यवती बजैसँग रातमा मात्र चिच्चाएर वरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ । 

भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने र त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ । 

मन्दिरमा चिच्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बाग्लुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउलगायतका क्षेत्रबाट भक्तजनको ओइरो नै लागेको थियो । 

सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । पहिले राति मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै आजकल दिउँसो राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x