×

NIC ASIA

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस जुट्यो चुनावी प्रचारमा

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

गाईघाट(उदयपुर) १९ गते कात्तिक - आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ । 

उदयपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण भएपछि नेकपा एमाले र माओवादी केन्द्रले जिल्लामा आधा–आधा भाग लगाएर उम्मेदवारहरु तोके पनि दुवै पक्षबाट गठबन्धनलाई संकट पर्नेगरी जिम्मेवार नेताले नै बागी उम्मेदवारी हालेपछि अहिले उदयपुरको वाम गठबन्धन विवाद मिलाउन लागीपरेका छन् । 

यता नेपाली काँग्रेस उदयपुरले भने जिल्लाको मुख्य त्रियुगा नगरपालिका क्षेत्र, कटारी, नगरपालिका क्षेत्र तथा बेलका नगरपालिका र चौदण्डी नगरक्षेत्रमा चुनावी प्रचारप्रसार शुरु गरेको कुरा नेपाली काँग्रेस उदयपुरका सचिव तथा पार्टी प्रवक्ता मदनराज कटुवाल बताउनुभयो । 

कट्वालका अनुसार अहिले नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार डा.नारायण खड्का, क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्कीसहित प्रदेशका लागि उम्मेदवार बनेका बिदुरबाबु बस्नेत, रामकुमार खत्री, हिमाल कार्की र भेषराज मगरले संयुक्त रुपमा चुनावी प्रचार शुरु गरेका छन् । 
नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउतका अनुसार वाम गठबन्धनभित्र बागी उम्मेदवारलाई मिलाउन एउटा संयुक्त समिति नै बनाएर काम थालेको हुनाले समितिले काम गरिरहेको छ । 

यस्तै वाम गठबन्धन बाहेक पनि एमालेबिरुद्ध एमालेकै उम्मेदवार र माओबादीबिरुद्ध पनि माओबादीकै बागी उम्मेदवार रहेका कारण पनि पार्टीगत छुटाछुट्टै वार्ता समिति बनाएर समितिमार्फत वार्ता भइरहेको गठबन्धनका जिम्मेवार जिल्ला नेताहरुले बताएका छन् । 

एक गठबन्धनले अर्काविरुद्ध बागी हाल्नेदेखि आफ्नाविरुद्ध आफ्नै संगठनका नेताहरुले समेत बागी हालाहाल गरेपछि उदयपुरमा वाम गठबन्धन अलमल र संकटमा छ । 

उदयपुरमा गठबन्धनमा बागी उम्मेदवारहरुलाई मिलाउन दुबै पार्टीका शीर्षस्थ नेताहरुले पहल गरिरहेको बताइएको छ । 

अहिले गठबन्धनविरुद्ध बागी उम्मेदवार हाल्ने उम्मेदवारमा एमालेबाट पार्टीका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य कुशलबाबु बस्नेत, एमाले नेता होमप्रसाद दाहाल रहेका छन् । 

यस्तै माओवादी केन्द्रबाट पार्टी जिल्ला अध्यक्ष बिनोद कट्ुवाल, पार्टी जिल्ला उपसंयोजक, जीवन कार्की, पार्टी जिल्ला उपाध्यक्ष नारायण बुर्जा, पार्टीका केन्द्रीय सल्लाहकार मीनबहादुर ठकुरीलगायतका नेताहरुले प्रदेशसभा र प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिनु भएको संयुक्त वाम गठबन्धनका नेताहरुले बताएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x