×

NIC ASIA

देउवाको प्राथमिकतामा ‘शहीद’ घोषणा : वाम सरकारले गर्ला कार्यान्वयन ?

माघ २३, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २३ माघ- नेपाली कांग्रेस नेतृत्वको वर्तमान कामचलाउ सरकारको शहीद घोषणालाई निकै प्राथमिकता दिएको देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता सम्हालेपछि ८ महिनाको अवधिमा २ सय ६६ जनालाई शहीद घोषणा गरिसकिएको छ ।

Muktinath Bank

पछिल्लो पटक सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निजामति कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको पछिल्लो निर्णयसँगै शहीदको सूची निकै लामो बनेको छ । शहीदको संख्या यति पुग्यो भन्ने तथ्याङ्क सायदै सरकारसँग पनि होला । सरकारको यो निर्णयप्रति स्वयं कांग्रेस कार्यकर्ता नै असन्तुष्ट छन् । त्यसो त कुन आधारमा शहीदको संख्या बढाइएको हो भन्ने बारेमा सरकारकै मन्त्रीहरुलाई पनि थाहा छैन ।


Advertisment
Nabil box
Kumari

निर्वाचनमा भोगेको पराजय, पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापन, चुनावमा जाँदा गरिएका बाचा पूरा गर्ने र पार्टीको आगामी कार्ययोजनामा ध्यान केन्द्रित गर्नुको सट्टा कांग्रेस शहीदको सूची बढाउने ध्याउन्नमै लागेको देखिएको छ ।

Vianet communication

सरकारको पछिल्लो निर्णयलाई लिएर नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएका छन् ।

‘के यो सरकारले बृहत् शान्ति–सम्झौता एकपक्षीय रूपमा खारेज गरेको हो ? विद्रोही पक्षबाट मारिएकाजति सबै शहीद, तर सत्तापक्षबाट मारिएका चाहिँ सबै अपराधी ? त्यसो भए अब दुर्गानन्द झा, यज्ञबहादुर थापा, गंगालालहरू अपराधी र राजा महेन्द्र–वीरेन्द्र, श्री ३ जुद्धका चाकर शहीद ? विनाशकाले विपरीत बुद्धि !’ भट्टराईले देउवा सरकारप्रति व्यङ्ग्य गरेका छन् ।

कामचलाउ अवस्थामा रहेको सरकारले दूरगामी असर पर्ने निर्णय लिन नहुने सुझाव कांग्रेस नेताले नै दिँदै आएका छन् भने वाम गठबन्धनले पनि वर्तमान सरकारका निर्णयमा पुनर्विचार हुने बताएको छ ।

देउवाको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङलगायतले सडकमा जुत्ता पालिस गरेर सांकेतिक विरोध जनाइसकेका छन् । तर पनि नेतृत्वले यसको सुनुवाइ गरेको छैन ।

अबको ५ वर्षमा कसरी आफ्नो साख फिर्ता गर्ने भन्नेमा कांग्रेस नेतृत्वको ध्यान जानु पर्नेमा सरकार छोड्ने अन्तिम क्षणमा देउवाले एकपछि अर्को अलोकप्रियताको भारी बोकिरहेका छन् ।

अब सबैको चासो यसमा छ कि नयाँ बन्ने वाम गठबन्धनको सरकारले कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याउँछ कि यसैलाई परिमार्जन र निरन्तरता दिन्छ ?

वामपन्थी दलले नयाँ सरकार गठनको तयारी गरिरहेको समयमा नयाँ सरकारलाई अप्ठेरो पार्नका लागि पनि कांग्रेसले यस्ता निर्णय गरेको टिप्पणी भइरहेका छन् ।

वाम गठबन्धनका शीर्ष नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरुले कांग्रेस सरकारका निर्णय उल्ट्याउँदै आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राख्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x