×

NMB BANK
NIC ASIA

विराटनगर भन्सारमा १० करोड घोटाला–वाणिज्य वैंकका दुई जना कर्मचारी पक्राउ

फागुन १६, २०७४

NTC
Premier Steels

विराटनगर, १६ फागुन– विराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई गत फागुन २ गते पक्राउ ग-यो । पक्राउ परेका ब्यक्तिको बिषयमा प्रहरीले अहिलेसम्म आधिकारिक जानकारी गराएको छैन ।

Muktinath Bank

राउतलाई पक्राउ गरेको १५ दिन पुगिसकेको छ । घटनाको बिषयमा प्रहरीले बैंकिङ कसुर गरेको मात्र  जनाएको छ । अरु को को पक्राउ परे भनेर जानकारी दिन समेत आलटाल गरिरहेको प्रहरीले मंगलवार साँझ थप एकजनालाई पक्राउ गरेको छ  ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय बाणिज्य बैंक बन्दरगाहा शाखा प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको हो । बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको छ । 


Advertisment
Nabil box
Kumari

किन पक्राउ परे कर्मचारी ?

Vianet communication

मालबस्तु आयात गरेवापतको रकममा अनियमितता गरेको आशंकामा प्रहरीले बैंकका सहायक कर्मचारी राउत र शाखा प्रमुख निरौलालाई पक्राउ गरेको हो । विराटनगर भन्सार कार्यालयका एजेन्ट ललित बोहरा र सुरेश बोहराले जाँचपास गर्ने क्रममा तिर्नु पर्ने रकममा बैकमा पैसा नै नभएका चेक  दिएका थिए । त्यो चेक बैंकका कर्मचारीले लिए पछि त्यो चेक फिर्ता भयो त्यसैको आधारमा बैंकका कर्मचारीको मिलेमतोमा राजश्व ठगी भएको र आर्थिक अपचलन गरेको भन्दै प्रहरीले कर्मचारी पक्राउ ग-यो । भन्सार एजेण्ट संघका अध्यक्ष विजेन्द्र परासरले बैंकको कर्मचारी र भन्सार एजेण्ट दुबै दोषी रहेको बताए । यसरी भन्सार एजेण्ट र बैंक कर्मचारीबाट झण्डै १० करोड राजश्व हिनामिना भएको देखिन्छ । 

माल सामान नेपाल भित्र्याएको १० करोड रुपैयाँ भन्सार राजश्वमा दाखिला भएन ।  बोहरा दाजु्भाईले दिएको चेक वाउन्स भएर फर्किएको थियो । माल सामान क्लियरिङ गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकमा पेश भएको चेक वाउन्स भएपछि आर्थिक अपचलन भएको भन्ने बिषय बाहिर आएको हो । विराटनगर भन्सार कार्यालयमा बैक मार्फत कारोवार हुन्छ । बैंकमा जम्मा भएको भौउचरको आधारमा क्लियरिङ दिने गरिएको भन्सार कार्यालय जनाएछ । प्रहरीले राउतलाई पक्राउ गरेको १३ दिन पछि शाखा प्रमुख निरौला पनि पक्राउ परेका हुन् । 

कर्मचारी पक्रने प्रहरीले एजेण्ट समातेन

राष्ट्रिय वाणिज्य बैंक बन्दरगाहा शाखाका २ जना कर्मचारीलाई पक्राउ गरेको पेहरीले भन्सार एजेण्टहरु ललित बोहरा र सुरेश बोहरालाई भने पक्राउ गर्न सकेको छैन । लामो समय सम्म पक्राउ परेका ब्यक्तिको बारेमा जानकारी नदिने प्रहरीले मंगलवार साँझ पक्राउ परेका निरौलाको बारेमा पनि जानकारी गराएको छैन । यसरी कर्मचारी पक्राउ गर्दै राख्दै गरेको प्रहरीले घटनाको बिषयमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्दै आएकोमा यो घटनामा भने प्रहरीले आधिकारिकता अझै बाहिर नल्याउनुलाई बिभिन्न आशंका गरिएको छ ।

घटनालाई मिलाउनको लागि बिराटनगरका केही ब्यापारीहरु लागि परेको कारणले पनि धेरै बिषय सहस्यको गर्भमा राखिएको छ । १० करोड घोटालाको सन्दर्भमा अनुसन्धान गर्दै गरेको जनाएको प्रहरीले त्यो बाहेक कुनै प्रतिक्रिया दिने नै गरेको छैन ।

भन्सार एजेष्ट बोहरा दुबै जना अहिले फरार छन् । उनीहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । २ गते जुन दिन राउतलाई प्रहरीले पक्राउ गरेको थियो त्यो दिन सम्म पनि बोहोरा दाजुभाई बिराटनगर मै रहृेका थिए ।कर्मचारीलाई पक्राउ गरिएको दिन किन एजेन्ट पक्राउ परेनन् भन्ने बिषय सबैको चासोको बिषय बनेको छ । भन्सार एजेन्ट संघका एक सदस्यले भने, ‘१० करोड काण्डका २ जना एजेण्ट पक्राउ नपर्नुमा त्यसमा प्रहरीको पनि कहिँकतै संलग्नता भएको हुनसक्छ ।’ 

यस बरोमा मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले घटनाको बिषयमा अनुसन्धान भईरहेकोले केही बोल्न नमिल्ने बताउनुभयो । सबै घटनाको पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने मोरङ प्रहरीले अहिलेसम्म घटनाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन नगर्नुले मुद्धाको प्रकृति कसरी अघि बढ्दैछ भन्ने अन्यौल छ ।   

मिलाउन सल्वलाएका ब्यापारी

१० करोडको वाउन्स चेक प्रकरणलाई मिलाउनको लागि बिराटनगरका ठूला उद्यगी ब्यापारी लागेको खुलेको छ । विराटनगरका उद्योगी महेश जाजु सहितको टोली परिचालित भएको बताईन्छ । भन्सार कार्यालयका अनुसार, ‘बिराटनगरका एजेण्ट सुरेश र ललितले विराटनगरका ठूला उद्योगी घरानाको क्लियरिङमा एजेण्टको काम गर्दै आएका छन् ।’

यो घटनालाई मिलाउनको लागि आन्तरिक सेटिङमा जाजुसहितको टोली लागेको बताईन्छ । उनी सँगै अन्य ठूला उद्योगीहरुको पनि हात रहेको  एक ब्यापारीले बताए । उद्योगी महेश जाजुको एशियन थाई फुड्स, भुषण ग्रुपको आरती स्ट्रिप्स, जाजुकै हिमगिरी सोप एण्ड केमिकल्स, अनुज पोद्दारको जय श्रीपियुटेक, पशुपति सिमप्याक, मुलचनको खल्ली निकासी, जगदम्बा सिमेन्ट, निगाले सिमेन्ट, मारुती सिमेन्ट लगायत कम्पनीको जाँचपास क्लियरिङको काम बोहरा दाजुभाईले गर्दै आएका थिए । 

मोरङ र सुनसरीका ठूला उद्योगको कच्चा पद्धार्थ एवम ठूला व्यवसायिक घरानाका माल सामानको क्लियरिङ गर्दै आएका बोहरा दाजुभाईले बिभिन्न समयमा एकाउण्ट पे–चेक मार्फत मालबस्तु छुटाएको तर खातामा रकम नभएका कारण ति चेकहरु क्लियरिङ हुन नसकेको हो । बोहरा दाजुभाईले केही रकम बुझाएको भएपनि ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन नसकेपछि कर्मचारीको पनि मिलेमतो भएकोले प्रहरीले कर्मचारी पक्राउ गरेको हो । तर कर्मचारी पक्राउ पर्दा पनि दुई बोहरालाई पक्राउ गर्न सकेको छैन । उनीहरुको खोजी भईरहेको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x