×

NMB BANK
NIC ASIA

प्रदेश १ मा अस्पताल सुधारको पहल, डाक्टर निर्धारित समयसम्म नबसे कारबाही

फागुन २४, २०७४

NTC
Premier Steels

विराटनगर, २४ फागुन-कोशी अञ्चल अस्पतालका डाक्टरहरूले कार्यालय समयभित्रै सेवाग्राहीलाई सेवा नदिएको व्यापक गुनासो आएपछि अब कडाइ गरिने भएको छ । नेपाल सरकारको मापदण्डबाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाइएपछि कडाइ गर्न लागिएको हो ।

Muktinath Bank

सामाजिक विकास मन्त्रालयले कोशी अञ्चल अस्पतालको सेवा सुधारका सन्दर्भमा आज मन्त्रालयमा गरेको छलफलमा कोशी अञ्चल अस्पतालको सुधारको लागि पहिलो काम डाक्टरहरूलाई कानुनअनुसार निर्धारित समयमा कार्यालयलाई अनिवार्य गरेको हो । यदि नियम मिचेर कोही डाक्टर जनताको सेवा छाडेर बाहिर जान्छ भने कारबाही गरिने  भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी अञ्चल अस्पतालको सञ्चालक समिति, मेडिकल सुपरिटेण्डेन्ट, नर्सिङ विभाग, कर्मचारी प्रशासनका प्रमुखसँग छलफलपछि पहिलो काम डाक्टरलाई कडाइ गर्ने तयारी भएको हो ।


Advertisment
Nabil box
Kumari

अस्पतालको मुख्य गेटमा निगरानीको लागि सिसीक्यामेरा जडान गरिने र कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय नबस्ने डाक्टरलाई कारबाही गरिने कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रोशन पोखरेलले प्रतिबद्धता जनाए । यसका लागि सामाजिक विकास मन्त्रालयले समेत निगरानी बढाउने छ ।

Vianet communication

कोशी अञ्चल अस्पतालमा अहिले डाक्टरहरू हरेक दिन बिहान ११ बजे आएर १२ बजेर अस्पताल छाडेर क्लिनिक धाउने गरेका छन् । त्यसलाई रोक्नका लागि पहिलो चरणमा जनताको स्वास्थ्यलाई ध्यान दिएर डाक्टरलाई बिहान ९ बजेदेखि २ बजेसम्म कार्यालयमा अनिवार्य गरिएको र त्यसको अटेर गरे कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भएको छलफलपछि अस्पतालले पहिलो चरणमा डाक्टरलाई कार्यालय समयलाई अनिवार्य गराउने, अस्पताल सरसफाइमा ध्यान दिने, ओपिडी डाक्टर सेवालाई प्रभावकारी बनाउन तत्काल पहल थालिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पोखरेलले प्रतिबद्धता जनाए ।

यी डाक्टर नियमित अस्पताल जाँदैनन्

कोशी अञ्चल अस्पतालको सेवा सुधार्नका लागि डाक्टरलाई अनिवार्य कार्यालय समय कार्वान्वयन गरिने बताइरहँदा केही डाक्टरहरू समयमा अस्पताल नजाने गरेको पाइएको छ । अस्पतालमा लामो समयदेखि कार्यरत रहँदै आएका केही डाक्टरहरूलाई यसअघि पनि कार्यालय समयमा बस्न अस्पताल प्रशासनले पटक-पटक निर्देशन दिँदै आएको भए पनि  ४ जना डाक्टरले यसको पालना नगर्ने गरेको पाइएको हो ।

अस्पताल प्रशासन स्रोतका अनुसार केही डाक्टरले आफ्नो क्लिनिक सञ्चालन गर्दै आएकोले पूर्ण समय अस्पताललाई नदिने गरेका हुन् । अस्पताल स्रोत भन्छ, ‘केही डाक्टरहरूलाई बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नियमित आफ्नो ड्युटिमा रहन भनिए पनि अटेर गर्दा ३ पटकभन्दा बढी स्पष्टिकरण सोधिसकिएको छ ।’ तर पटक-पटक सचेत गराउँदा समेत अटेर गर्ने गरेका छन् ।

त्यसरी अटेर गर्ने डाक्टरहरूमा मेडिकल विभागका डाक्टर प्रमोद राय, बाल विभागका डाक्टर बिमल अग्रवाल, विनोद बिराजी र आकस्मिक विभागका डाक्टर आरके सिंह रहेका छन् ।

यी डाक्टरहरूले बढीमा २ घण्टा पनि बिरामीको जाँच नगर्ने अस्पतालका कर्मचारी बताउँछन् ।

प्रदेश अस्पतालको रूपमा स्तरोन्नति गर्ने तयारी

सबै खालको सेवा प्रवाह गर्दै आएको यस अस्पतालमा पहिलो चरणमा सरसफाई, डाक्टरको नियमित उपस्थिति र ओपिडी सेवा प्रभावकारी बनाउने काम शुरु भएसँगै प्रदेश अस्पतालको रूपमा स्थापित गराउन काम थालिने भएको छ । तत्काल अस्पताल प्रशासनले गर्न सक्ने काम शुरु गरेपछि सामाजिक मन्त्रालयको पहलमा विराटनगर महानगरपालिका, अस्पताल सेवा विकास समिति, अस्पताल प्रशासनबीच चौ–पक्षीय छलफल गरेर काम थालिने भएको हो ।

‘हामीले कोशी अञ्चल अस्पतालाई के–के सुविधा थप्दा प्रदेश अस्पताल बनाउन सकिएला भन्ने विषयमा पनि छलफल गर्‍यौँ, मन्त्री घिमिरेले भने, ‘त्यसको लागि धेरै सामान थपिरहनु जरुरी देखिएन केही विषयमा ध्यान दियो भने नमूनाको रूपमा कोशी अञ्चल अस्पताललाई प्रदेश अस्पतालको रूपमा लग्न सकिन्छ ।’

त्यसका लागि विराटनगर महानगरपालिकाको पनि भूमिका हुने हुँदा मन्त्रालय, महानगरपालिका, अस्पताल सञ्चालक समिति र अस्पताल प्रशासन बसेर अस्पताल सुधारका योजना बनाइने मन्त्री घिमिरेको भनाई छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x