×

NMB BANK
NIC ASIA

छोरी जन्मिएपछि मेयर खोज्दै महानगरमा, ३ हजार पाएपछि सासु–ससुरा दंग !

फागुन ३०, २०७४

NTC
Premier Steels

विराटनगर, ३० फागुन– बुधवार, विहानको ७ बजेको छ । बिराटनगर महानगरपालिका कार्यालय अगाडि झण्डै १५ जना महिला लहरै उभिएका छन् । सबै महिलाले काखमा आफ्ना साना नानी पनि च्यापेका छन् । 

Muktinath Bank

साना नानीसहित आएका कतिपय महिलाका पति पनि त्यहाँ उपस्थित छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मेयरसापले छोरी जन्भिएपछि यहाँ आउनु भनेकाले आएका हौं,’ बीचमा रहेकी सुदिनादेवी मण्डल बोलिन् । 


Advertisment
Nabil box
Kumari

सुदिनासँगै काखमा सानी नानी बोकेर आएकी पूजादेवी मण्डल हर्षित मुद्रामा देखिन्थिन् । ‘पहिलो सन्तान छोरी जन्माएकोमा सासु–ससुरा पनि खुसी हुनुहुन्छ,’ पूजाले सुनाइन् । त्यहाँ उपस्थितमध्ये धेरैले आफूलाई बोलाइनुको कारण पनि थाहा पाएका थिएनन् । 

Vianet communication

तर, जब महानगरपालिकाका कर्मचारीले उपस्थित महिलालाई जनही ३ हजार रुपैयाँ दिनथाले त्यसपछि थाहा भयो, ‘पहिलो सन्तान छोरी जन्माउने दम्पत्तिलाई महानगरपालिकाले प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ दिने नियम ल्याएको रहेछ ।’

‘छोरी जन्मिएर पैसा पाइन्छ भन्ने थाहा नै थिइन,’ पूजादेवी मण्डलले लोकान्तरसँग भनिन्, ‘सरकारको यस्तो योजनाले छोरी पनि छोरासरह नै हुन् भन्ने चेतना अझ बढाएको छ ।’

पहिलो सन्तान छोरी जन्माएर ३ हजार रुपैयाँ पाएकी बिराटनगर–१८ झठियाहीकी अञ्जली मण्डलले सरकारबाट पाएको पैसा छोरीको नाममा बैंक खाता खोलेर बचत गर्ने योजना रहेको सुनाइन् । ‘छोरा र छोरीमा भेदभाव गर्नुहुँदैन भनेर सरकारले ल्याएको कार्यक्रम धेरै राम्रो छ,’ अञ्जलीले भनिन्, ‘सरकारबाट पाएको पैसा छोरीको नाममा बैंक खाता खोलेर बचत गर्ने सोच छ ।’

अन्जलीलाई पहिलो सन्तान छोरी जन्माए पैसा पाइने कुरा उनका ससुराले नै सुनाएका रहेछन् । तराई–मधेसमा अहिले पनि छोरीलाई ‘सन्तान’ नै नमान्ने गलत सोच रहेका बेला महानगरपालिकाको निर्णयले अञ्जलीका ससुराजस्तै अन्य व्यक्तिमा छोरीप्रति सकरात्मक धारणाको विकास गरेको छ । महानगरपालिकामा आउनुभन्दा अगाडि ससुराले नै सबै कागज बनाइदिएको अञ्जलीले सुनाइन् । 

विराटनगर महानगरपालिकाले छोरीमाथि हुने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पतिलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो । 

महानगरपालिकामा ३१ जना दम्पतिले पहिलो सन्तान छोरी जन्माएको भन्दै प्रोत्साहनको माग गर्दै निबेदन दिएका थिए । निवेदन दिएका मध्ये पहिलोपटक १४ जनालाई प्रोत्साहन रकम वितरण गरिएको हो । 

२०७४ साउन २३ गते बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो । महानगरले ‘छोरी बचाउ अभियान’ अन्तर्गत तोकिएको मापदण्ड पूरा गर्ने दम्पत्ति तथा सुत्केरी महिलालाई प्रोत्साहन रकम प्रदान गर्नेछ । 

विवाह गर्दाको उमेर कम्तिमा २० वर्ष पूरा भएको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएमा महानगरपालिकाबाट ३ हजार रुपैयाँ पाइने छ । 

यस्तो मापदण्ड पूरा नगर्ने दम्पत्ति तथा आमाले प्रोत्साहन रकम नपाउने बिरारटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालिएको पराजुलीको भनाइ छ । 

बाँकी रहेका अन्य महिला र अब नाम दर्ता गर्नेहरूलाई१९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण गर्ने महानगरको तयारी छ । 

महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले यो अभियानले छोरीमाथि हुने विभेद कम हुने विश्वास व्यक्त गरिन् । ‘छोरा जन्मिँदा मात्रै खुसी हुने हाम्रो समाजमा यो निर्णयले केही सकरात्मक सन्देश दिएको छ,’ उपमेयर कार्कीले लोकान्तरसँग भनिन्, ‘यो प्रोत्साहन भत्ताले छोरा र छोरी भनेर गरिने विभेदमा पनि कमि आउने छ ।’

गर्भ जाँच गराउने र गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपात गराउने समस्या बढ्दै गएपछि प्रोत्साहन रकम दिने कार्यक्रम ल्याइएको उपमेयर कार्कीले सुनाइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x