×

NMB BANK
NIC ASIA

प्रदेशको नाम 'सगरमाथा', राजधानी विराटनगरबाट सार्न कसरत !

चैत २, २०७४

NTC
Premier Steels

विराटनगर, २ चैत- एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने प्रतिबद्धता जनाएको प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ । तर एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन ।

Muktinath Bank

फागुन १४ गते बसेको संसद बैठक पनि अब आउँदो चैत ७ गते बस्ने गरी स्थगित भएको  छ । यसले प्रदेश १ मा राजधानी र प्रदेशको नामको विषय धेरै पछाडि धकेलिने सम्भावना बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मत रूपमा टुङ्गो लगाएर देशैभरी सकारात्मक सन्देश प्रदान गरिसकेको अवस्थामा एक नम्बर प्रदेश भने त्यो विषयमा प्रदेश गर्न अझै एकमहिना प्रवेश नै नगर्ने देखिएको छ । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक चैत ७ गतेसम्मका लागि स्थगित भएको छ ।


Advertisment
Nabil box
Kumari

नियमित विजनेस नभएकाकै कारण संसद बैठक अबको ७ दिनपछि बस्दैछ ।

Vianet communication

राजधानीको विषयमा संसदमा बहस नै शुरु हुन नसकेको एमाले सांसद उत्तमकुमार बस्नेतले बताए । तर आवश्यकताका आधारमा प्रदेशको नामको विषयमा उनले सगरमाथा प्रदेशको पक्षमा आफू रहेको बताए । अधिकांश संसद सगरमाथाको पक्षमा भए पनि राईलिम्बू संसद भने किरात राज्यको पक्षमा देखिन्छन् ।

पहिलो अभ्यास भएकाले केही ढिलोजस्तो देखिएको बताउँदै संघीय समाजवादी फोरमका सांसद जयराम यादवले सरकार विस्तार, राजधानी तथा प्रदेशको नामांकको विषय छिट्टै टुङ्ग्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘जातीयताको विषयलाई प्राथमिकता दिइनु हुँदैन प्रदेशको नाम सबैलाई मान्य हुने गरी दिइनुपर्छ,’ तर फोरमले आफ्नै पार्टीभित्र पनि छलफल गरेको छैन ।

६ नम्बर प्रदेशमा जस्तै प्रदेशको नाम र राजधानी सर्वसम्मत रूपमा पारित गर्न सके सकारात्मक सन्देश जाने अधिकांश  संसदको धारणा छ । एमाले सांसद उषाकला राईले स्थायी राजधानी इटहरीलाई बनाएर किरात राज्यको पक्षमा प्रदेशसभाले निर्णय लिनुपर्ने बताएकी छन् ।

पार्टीका कुनै नेताहरू प्रदेशको नाम र स्थायी राजधानीको विषयमा नबोलेको अवस्थामा उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । अब ढिला नगरी प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासका योजना बनाएर राजधानीको नाम र स्थायी राजधानीको विषय टुङ्ग्याउनु पर्ने उनको भनाइ छ ।

राजधानी सार्ने कसरत !

स्थायी राजधानी कहाँ हुने भन्ने विषयमा दलहरूले आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् । तर मुख्यमन्त्री शेरधन राई नै राजधानी विराटनगरबाट सार्ने गृहकार्यमा लागेको आरोप लाग्न थालेको छ । यद्यपि मुख्यमन्त्री राईले यसविषयमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

प्रदेशसभाका जेष्ठ सदस्य ओमप्रकाश सरावगीले राजधानी विराटनगरमा टिकाउ नहुने अभिव्यक्ति दिनुले स्थायी राजधानी कता हुने भन्ने अन्यौल थपिएको छ । तर प्रदेश सरकारले यसबारेमा आफ्नो धारणा राखिसकेको छैन । प्रदेशको नामांकनको विषयमा अधिकांश प्रदेशसभा सदस्यहरुले सगरमाथा, विराट, कोेशी, मेची, किरातका नामहरू ल्याएको भए पनि सगरमाथामा धेरै सदस्यको मत छ ।

राजधानीको विषयमा धेरै मतभेत नदेखिए पनि स्थायी राजधानी कहाँ राख्ने भन्ने विषय भने पेचिलो बनेको छ ।

सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता सबै सुनसरीको भएको तथा मुख्यमन्त्री पिन विराटनगर राजधानीको विषयमा सकारात्मक नरहेको आरोप कतिपयको छ । कर्मचारीका केही उच्च अधिकारीसमेत विराटनगरलाई स्थायी राजधानी बनाउन नदिने भनेर लागिपरेको आरोप लागेको छ ।

यद्यपि औपचारिक फोरमहरूमा यसले प्रवेश पाएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x