×

NMB BANK
NIC ASIA

सिरियाको नरसंहार : नरोकिए रूसमा विश्वकप खेल होला ?

चैत ५, २०७४

NTC
Premier Steels

सिरिया गृहयुध्दको चपेटामा परेको सात वर्ष भयो ; बिहीवार (१५ मार्च) मा आठौं वर्ष प्रवेश ग-यो । समाचार माध्यमहरूमा राष्ट्रपति बसर अल-असदका सैनिकहरूको क्रूर, हिंसात्मक र अमानवीय आक्रमणमा परेका वयस्क महिला, बाल-बालिका र वयस्क पुरुषहरूको हृदयविदारक सचित्र विवरण आउन छोडेका छैनन् ।

Muktinath Bank

यसको निकास कसरी र कहिले हुने हो यसै भन्न कठिन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय माध्यममा आएका आँकडा अनुसार, सिरियामा ४ लाख ६५ हजार मानिसको ज्यान गैसकेको छ; दशलाखभन्दा बढी घाइते छन् र एक करोड २० लाख घरवारविहीन भैसके जसमध्ये झण्डै ५५ लाख शरणार्थी भएर देशबाहिर जान बाध्य भएका छन् । रुसको  आड पाएको असद आफ्नै देशका गैरसैनिक नागरिकलाई छप्काउने अपराधमा संलग्न रहेको छ । इरान, इराक र लेबनान (का हेजबुल्ला समूह) आफ्नो समर्थनमा रहेको हुँदा असदको संहारकारी मानसकिताले प्रोत्साहन पाइरहेको छ ।


Advertisment
Nabil box
Kumari

हो, टर्की कतार र साउदी अरेबिया असदको विरोधमा छन्  तर असदका विरोधीहरू प्रभावकारी प्रत्याक्रमणमा लाग्न सकेका छैनन् । सन् २०१४ यता अमेरिकाले असदको विरुध्द विद्रोह गर्नेहरूलाई केही सहायता उपलब्ध गराए तापनि त्यो सशक्त प्रतिकारको लागि पर्याप्त रहेको छैन । तत्कालीन राष्ट्रपति बाराक ओबामाले सिरियामा संलग्नता बढाउन चाहेनन् किनभने उनको देश इराक र अफगानिस्तानमा अल्झेको स्थिति थियो । अहिलेका राष्ट्रपति ट्रम्पको प्रशासन सिरियाबारे उदासीन देखिएको छ । यता, भ्लादिमिर  पुटिनको रुस भने असदको पक्षमा सैनिक शक्ति सहित खुलेयाम लागेको छ । सिरियाका नागरिकहरू मार्ने काममा रुसको सोझो संलग्नता देखिनु दु:खलाग्दो स्थिति हो ।

Vianet communication

विश्वलाई हिंसा र द्वन्द्वबाट जोगाउने बडापत्र (चार्टर) बोकेको संयुक्त राष्ट्रसंघ सिरियाको लागि के गर्दैछ ? यसको शक्तिशाली मानिने अङ्ग ‘सुरक्षा परिषद्‌’ किन असदलाई आफ्नै निर्दोष जनता मार्ने कामबाट रोक्न सकिरहेको छैन ? विडम्बना के छ भने परिषद्का पाँच स्थायी सदस्यमध्ये अमेरिका र रुस यस लडाञीमा परोक्ष रूपमा आफैं संलग्न छन्; चीन रूसलाई समर्थन गर्दछ; बेलायत र फ्रान्स सशक्त रूपमा अघिसर्न चाहँदैनन् । यसबीच पहिलेका महासचिव कोफी आननले विशेष दूत भएर काम गरेका हुन् तर उनको पहलले निकास दिएन र हाल अर्का दूत क्रियाशील छन् । मध्य-फागुन (२४ फेब्रुअरी) राष्ट्रसंघबाट पारित एक प्रस्तावले ३० दिनको युध्दविरामको आग्रह गरेको छ तर त्यसको पालना सरोकारवाला पक्षले राम्रोसित गरेका छैनन् ।

पुटिन नेतृत्वको रुसले असदलाई जसरी भए पनि टिकाइराख्ने यतिञ्जेलको मानसिकतालाई त्याग्न सकेमा  शान्तिवार्ताका अवरूध्द सिलसिला खुल्ने छन् र लडाञीले छिन्नभिन्न गराएको सिरियाको समाज फेरि एकजुट हुने वातावरण निर्माण हुने अपेक्षा गर्न सकिन्छ । प्रतिशोध र होडबाजीको क्रमलाई अन्त्य गर्न पुन: निर्वाचित पुटिन लागे भने चालू रहेको द्वन्द्व समाप्त हुनेछ । आखिर पुटिनले पनि नयाँ कार्यकालको लागि नयाँ कार्यसूची तय गर्नुपर्ने बेला आएको छ । साथै, आउँदो असार (मध्य-जून) मा हुने विश्वकप फूटबलको आयोजक देशको हैसियतले सम्भाव्य बहिष्कारको सिलसिला आइपर्ने कुरालाई पनि उपेक्षा गर्न सक्दैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x