×

NMB BANK
NIC ASIA

खुट्टा भाँचिएर उपचार गराउन आएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव

चैत ७, २०७४

NTC
Premier Steels

विराटनगर, ७ चैत- विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । देब्रे तिघ्राको हड्डी भाँचिएर उपचार गराउन आएकी सिरहा नगरपालिका छारपट्टिकी २५ वर्षीया रञ्जिता साहको उपचारको क्रममा मृत्यु भएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् ।

Muktinath Bank

गत फागुन २८ गते जनकपुरमा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्रसहित जीप दुर्घटनामा परि साह घाइते भएकी थिइन् । उनको देब्रे घुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य अवस्थामा रहेकी रञ्जिताको शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । उनको मंगलबार मृत्यु भएको हो ।


Advertisment
Nabil box
Kumari

मृतकका श्रीमान वीरेन्द्र साहले सिकारुले शल्यक्रिया गरेका कारण आफ्नो श्रीमतीको मृत्यु भएको आरोप लगाए । हड्डी भाँचिएकै कारण बिरामीको मृत्यु हुन नसक्ने उनको जिकिर छ ।

Vianet communication

अस्पताल प्रशासनले भने लापरबाही भएको भान्ने आरोप खण्डन गरेको छ । फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनको दाबी छ । तिघ्राको मोटो हड्डी भाँच्चिएपछि हड्डीभित्र रहने बोनम्यारो नशामार्फत् किड्नीमा पुगेको र किड्नी फेल भएर बिरामीको मृत्यु भएको जिकिर अस्पतालका अप्रेशनल डाइरेक्टर राजेश भट्टराईले गरे ।

अस्पतालको दाबीलाई मृतकका आफन्तले अस्वीकार गरेका छन् । शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । माग सम्बोधन नभए आफूले आत्मदाह गर्ने श्रीमान वीरेन्द्रको चेतावनी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x