×

NMB BANK
NIC ASIA

नौं वर्षदेखि कष्टकर रुपमा पुलमुनी बस्दै आएका कुस्मी र दयावतीले पाए घर

चैत ८, २०७४

NTC
Premier Steels

विराटनगर, ८ चैत– करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल  ५ चिसाङ खोलाको  पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि  आफ्नै घर पाएका छन् । कष्टकर जीवन गुजारा गर्दै आएका यी आमाछोरी बारे केही समय अघि समाचारहरु प्रकाशित भएपछि उनीहरुको उद्धार गरिएको हो । 

Muktinath Bank

वसोबासको व्यवस्था नभएका कारण कष्टकर जीवन विताइरहेका ६० वर्षीया कुस्मी उराव र ३० वर्षीया छोरी दयावतीलाई विराटनगरस्थित ओरेकको सेफ हाउसमा राखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर निर्माणपछि खाट ओछ्यान,लत्ताकपडा,भाडाकुडासहित खाद्य सामाग्री प्रदान गरिएको छ । बर्षौपछि उनीहरु घरमा बस्न पाएका छन् । सहयोगी संघसस्थाका प्रतिनिधीसहित कानेपोखरी गाउपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी दिएर उनीहरुलाई घर हस्तान्तरण गरेका थिए । 


Advertisment
Nabil box
Kumari

यसरी गरियो उद्दार

Vianet communication

करिब ४ महिना अघि सञ्चार माध्याम रेडियो पत्रपत्रिका र अनलाइनहरुमा समाचार प्रकाशित भएपछि महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा भण्डारी वरालसहितको टोली पुलमुनि आमाछोरीको अबस्था बुझ्नको लागि केही संघ संस्थाका प्रतिनिधि लिएर कानेपोखरीको चिसाङ खोलाको पुलमुनी पुगेको थियो । यसरी त्यहाँ पुगेको टोलीले आमाछोरीलाई तत्कालै उद्दार गर्नुपर्ने निश्कर्ष निकाल्यो । 

 त्यसको केही दिनमै उनीहरुको उद्दार भयो र विराटनगरमा रहेको ओरेक नेपालको सेफ हाउसमा ल्याएर राखिएको थियो । उनीहरुको उद्दार भएको थाहा पाएका केही संघ संस्थाले कसैले घर बनाईदिने कसैले जग्गा दिने समेत बचन बद्धता जनाए । त्यसैको आधारमा कामपनि भयो ।

विभिन्न संघसस्था, जनप्रतिनिधी र गाउँलेहरुको सहयोगमा सोही गाउँमा घर निर्माण पनि भयो । माइती नेपाल विराटनगरको सञ्योजनमा विभिन्न सस्थाको तीन लाख रुपैयाँसहयोगमा, टिनको छाना लगाएर इटाको घर र शौचालय निर्माण गरिएको माइतीनेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताए । 

यस्तो थियो दैनिकी

करिब चार महिना अघि कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनी थियो । पूर्व पश्चिम राजमार्गको मुख्य सडकको चिसाङ खोला कहिले पानी विहीन हुन्छ भने कहिलेकाँही उर्लेर सबै बगाउला झै गरेर आउथ्यो । त्यही खोलाको पुलमुनी सानो ओढार बसेर आमा छोरीको दैनिकी चल्दै थियो । ओढारको बसाइका क्रममा सालको पात र निगुरो बेचेर उनीहरुले आफ्नो गुजारा चलाउँदै थिए ।

गुजारा चलाउनको लागि उनीहरुलाई त्यो रकमले पुग्दैन थियो । दैनिक साथिहरुसंग जंगल जाने, पात र निगुरो टिपेर ल्याएर बेच्यो त्यसले खानै नपुगने भएपनि के गर्नु जीवन त चलाउनै थियो । अपाङगता भएकी छोरी संगै कष्टकर जिवन विताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत  पानी विजुलीको व्यवस्था थियो । 

त्यसैमा नौ बर्षसम्म आफ्नो मनको पिडा र कुण्ठा आफैसँग साँचेर जिवन बिताएका थिए । पुल छानो, पुलमुनीका छेउका पुल अड्याउन लगाईएका ढुङ्गा उनीहरुको सुरक्षा कवचको रुपमा थियो ।  भए खायो नभए भाकै पेट मिचिमिचि सुत्नु पर्ने उनीहरुको दैनिकी बाध्यता थियो । 

तर अहिले समय फेरिएको छ । उनीहरुलाई चार महिना विराटनगरको बसाइपछि फेरी त्यही गाउँमा फर्काईएको छ । कानेपोखरी गाउँपालिकाकाले सुविधाको ब्यवस्था गरिदिने बचन बद्धतासहित सयोग पनि गरेको छ । पुलको छानोबाट टिनको छानो  र घेरावारा विहीन ओढारबाट आफ्नो घर पाउदा धेरै खुसी लागेको कुस्मीले सुनाइन् । 

आफ्नो नागरिकता भएपनि कुस्मीले छोरीको नागरिकता बनाउन सकेकि छैनन् । 

महिला तथा वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले  गाउँपालिकाको सहयोगमा नागरिकता बनाउनन सहयोग गरेपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिदिने  प्रतिबद्धता जनाइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x