×

NMB BANK
NIC ASIA

अग्रलेख

निर्वाचनबारे ईयुको प्रतिवेदन- कूटनीतिक मर्यादा मिच्नेले के बेहोर्छ ?

चैत ८, २०७४

NTC
Premier Steels

युरोपेली संघ (ईयु) निर्वाचन पर्यवेक्षण टोलीको तर्फबाट नेपालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन सम्बन्धमा प्रकाशित प्रतिवेदनप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको वक्तव्यमा ईयु प्रतिवेदनले  कार्यक्षेत्रबाहिर गएर गरेका सिफारिश र टिप्पणीबाट पर्यवेक्षणसम्बन्धी प्रचलित अन्तर्राष्ट्रिय मान्यता, नेपाल सरकार र युरोपेली संघबीच हस्ताक्षर भएको समझदारीपत्र तथा नेपालको निर्वाचन आयोगले पर्यवेक्षणबारे स्वीकृत गरेको आचार संहिता समेतको उल्लंघन भएको कुरा उल्लेख छ । प्रतिवेदनका कतिपय ‘सिफारिश र टिप्पणी’ ले नेपालको संविधानका प्रावधानमा ठाडो चुनौती दिएको विषयमा आपत्ति प्रकट गर्दै सरकारले सरोकारवालाहरूलाई यस्ता मामिलामा अवाञ्छित टीका-टिप्पणी नगर्न आग्रह गरेको छ ।

Muktinath Bank

यस सरकारी वक्तव्यले बाहिरी हस्तक्षेपको सदैव प्रतिवाद र प्रतिकार गर्दै आएको नेपाली जनताको भावनालाई प्रतिध्वनित गरेको छ । विगतमा पनि युरोपेली संघमा समेटिएका र बाहिर रहेका केही देशले आतिथेयी देश नेपालको घरेलु मामिलामा अनुचित चासो राखेका प्रेस सामग्री आउँदा जनस्तरबाट सरकारी प्रतिकृयाको लागि दबाब पर्ने गरेको हो । नेपालको धार्मिक-साँस्कृतिक धरोहरलाई बिगार्न भत्काउन, विशेष गरेर २०६३ सालपछि ‘अन्‌मिन’ आगमनपश्चात् सकृय रहेका अवाञ्छित जत्थालाई उस्काउने, दुरुत्साहन गर्ने कार्य काठमाडौंमा रहेका केही कूटनीतिक नियोगका कर्मचारीले कूटनीतिक उन्मुक्तिको ओढ्ने ओढेर गर्ने गर्दथे । ईयुकै सदस्य-राष्ट्र छँदा बेलायतका राजदूत एण्डी स्पार्कले नेपालको धार्मिक मान्यताबारे आफ्नो लेखमा प्रश्न उठाउँदा के परिणति हुन गयो त्यो जगजाहेर छ । त्यस्तै, ईयुकी प्रतिनिधि रहेकी महिला कर्मचारीले यहाँका विखण्डनकारी प्रवृत्तिलाई बढावा दिने काम गरेबापत चर्को आलोचना खेप्नुपरेको घटना पनि पुरानो होइन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा रहेका विदेशी दूतावास र कूटनीतिक नियोगहरूको सन्दर्भमा अर्को एक विषय पनि बरोबर चर्चामा आउँछ : कतिपय देशका राजदूत / नियोग प्रमुख शिष्टाचार (प्रोटोकल) सम्बन्धी मान्यता र आतिथेयी देशका प्रचलनको उपेक्षा गर्दै सिधै प्रधानमन्त्री र मन्त्रीका कार्यालय पुग्दछन् । भर्खरै नव-नियुक्त मन्त्रीहरूकहाँ फूलका गुच्छा बोकेर पुग्ने प्रभावशाली कहलिने देशका राजदूतहरूको हर्कतबारे ‘लोकान्तर’ र अन्य केही माध्यमले विवरणहरू छापेको कुरा पाठकहरूको जानकारीमा छ नै । यो अस्वीकार्य गतिविधि हो । कूटनीति सञ्चालनबारेका जानकारहरू पारस्परिकता (Reciprocity) को सन्दर्भमा यस्ता कृयाकलापलाई अनुमति दिँदैनन् । दिल्ली, बेइजिङ वा वाशिङ्गटनमा खटिएका नेपाली राजदूतले यस्तो सुविधा पाउने गरेको भए काठमाडौंमा तिनका समकक्षीलाई यस्तो अवसर दिन मिल्नेथियो । तर वास्तविकता त्यस्तो छैन । झन् परराष्ट्र मन्त्रालयको जानकारी र अनुमति बेगर गरिने यस्ता कार्य निन्दनीय हुने नै भए । तसर्थ नेपालसित आफ्नो देशको सम्बन्ध सुमधुर र लाभदायक राख्नका लागि खटिएर मित्रराष्ट्रका दूतहरूले अमैत्रीपूर्ण र अमर्यादित कार्यशैली जतिसकेको छिटो त्याग्नु जाती हुनेछ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x