×

NMB BANK
NIC ASIA

विवाह गर्छु भन्दै सम्पर्क, सात महिनाकी गर्भवतीको हत्या प्रयास

चैत २३, २०७४

NTC
Premier Steels

विराटनगर, २३ चैत–  गत फागुन २६ गते मोरङको बेलवारी नगरपालिका १० को भाउन्ने जंगलमा एक महिला वेहोस अवस्थामा भेटिईन् । स्थानीयले  त्यस बिषयमा  प्रहरीलाई जानकारी गराए ।

Muktinath Bank

वेलवारीको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि वीपी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठायो । उपचारपछि ती महिलाको होस खुल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनसरीको बराह नगरपालिकाकी ती महिलालाई त्यस्तो अवस्थामा पुर्‍याउनेको खोजीमा प्रहरी जुट्यो । 


Advertisment
Nabil box
Kumari

अनुसन्धानका क्रममा प्रहरीले महिलाका श्रीमानले ७ वर्ष अगाडि दोस्रो विवाह गरेको तथ्य फेला पर्‍यो । श्रीमानले छाडेपछि होटलमा काम गर्ने ती महिलाको सम्पर्क सुनसरी जिल्ला बराहा नगरपालिका वडा नं. ७ का बेचु झाको छोरा वर्ष २३ को अजय झासँग हुन पुग्यो । 

Vianet communication

झाले ती महिलालाई विवाहको प्रस्ताव राखे । श्रीमानले छोडेपछि एक्लै भएकी उनले त्यसलाई स्विकार गरिन् । विवाह गर्ने भन्दै महिलासँग झाले पटक पटक शारीरिक सम्पर्क गरे । महिला गर्भवती भइन् । 

विवाह गर्ने वाचा गरेर शारीरिक सम्पर्क गरेका झाले साथी सन्तोष तामाङसहितको सहयोगमा झापाको दमकमा डेरा खोजेको र उतै राख्छु भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लिएर हिँडे । 

दमकमा डेरा खोजेको छ भनेपछि उनी झासँगै गइन् । दकम लाने क्रममा महिलालाई मोरङको बेलवारी नगरपालिकाको भाउन्नेको जंगलमा लगियो । जहाँ उनीसँग विवाह गर्छु भन्दै गर्भवती बनाउने झाले साथीसँग मिलेर कुटपिट, लछारपछार गर्दै घाँटीमा सलले थिचेर अचेत अवस्थामा छोडेर भागेका थिए । 

अचेत अबस्थामा  फेला परेकी उनको उपचार गराउने क्रममा पेटमा ७ महिनाको गर्भ रहेको थाहा भयो । तर गर्भमा रहेको बच्चाको पेटमै मृत्यु भएको चिकित्सकले रिपोर्ट दिए।  उनका बाबु डोमाले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दरखास्त दिएपछि प्रहरीले झा र तामाङको खोजी शुरु गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा पीडकलाई बिहीवार पक्राउ गर्न सफल भयो । उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका अजय झालाई ज्यान मार्ने उद्योग, जबरर्जस्ती करणी र गर्भपतन अन्तर्गत म्याद थपगरी मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x