कात्तिक १९, २०८०
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
गृहमन्त्री रामबहादुर थापाले मङ्गलवार ४८ धार्मिक संस्थाको तर्फबाट पेश भएको ज्ञापनपत्र लिने क्रममा आइतवार विराटनगरमा भएको घटनाबाट आफू दु:खी भएको जानकारी दिनुभएको छ । अज्ञात व्यक्तिहरूले गरेको गोली प्रहारमा आचार्य श्रीनिवास घाइते भएको समाचार देशभरि नै डढेलो झैं फैलिएको थियो । गृहमन्त्रीले ज्ञापनपत्र प्रस्तुतकर्ताहरूलाई आश्वस्त पार्दै यसो भनेको जानकारी राष्ट्रिय समाचार समितिले दिएको छ । “जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सकृय भएका छन्, उनीहरूलाई कारवाहीको दायरामा ल्याइने छ ।” आइतवारको घटनामा संलग्न भएको आशङ्कामा दुई व्यक्ति पक्राउ परेको सूचना पनि गृहमन्त्रीले दिनुभएको छ ।
गृहमन्त्री थापाको भनाइले नेपाललाई अस्थिरतातिर धकेल्न खोज्नेहरूले धर्म र जातिका कुरा उठाई समाजमा कलह फैलाउने दुष्प्रयास गर्दैछन् । वैदिक सनातन र बौध्द मतका मानिसको बाहुल्य भएको नेपालमा समुदाय-समुदायबीच युगौंदेखि रहेको समन्वय र आपसी सद्भावलाई खल्बल्याई दिएर त्यही अन्योलको मौका छोपी लाटा-सोझा बासिन्दालाई धर्मान्तरण गरी इसाई (क्रिष्टियन) बनाउने गिरोह विगत केही वर्षयता सकृय छन् । र, यस्ता अवाञ्छित कृयाकलापलाई युरोप अमेरिकाका सम्पन्न धर्मप्रचारकहरूले अभियानको रूपमा अघि बढाइरहेको जानकारी त्यतै अर्थात् पश्चिमा देशकै प्रेसमा बढी देखिइरहेका छन् । केही महिनाअघि बेलायतको गार्डियन अखबारमा मकवानपुरका राममाया सुनार र काजीमान विक समेतको उल्लेख गर्दै छापिएको खबरमा पैसाको आडमा भैरहेको धर्मपरिवर्तनले साँस्कृतिक विचलन ल्याएकोमा चेपाङ समुदायका पूर्णबहादुर प्रजा दु:खी देखिएको कुरा पनि समावेश थियो । धेरैजसो मानिस इसाई धर्मप्रति विश्वास भएर भन्दा पनि स्वास्थ्यसेवामा सहज पहुँच पाइने, गरिबीबाट त्राण पाइने र सामाजिक विभेद बेहोर्नु नपर्ने सजिलो बाटो देखेर धर्मपरिवर्तनमा लागेका हुन् भन्ने कुरा पनि अखबारमा आएको देखिन्छ ।
पश्चिमी प्रेसका विवरण पढ्दा नेपालमा धर्मपरिवर्तनले तीव्रता पाएको सन् १९९०को दशकदेखि हो भन्ने कुरा छर्लङ्ग हुन्छ । यसको अर्थ २०४७ सालको परिवर्तनपछि पश्चिमा मिसनरीहरूको सल्बलाहट बढेको हो । सन् २०१३ को जुन महिनामा प्रकाशित विश्वभरिका इसाईहरूको स्थितिबारेको अध्ययनमै जनसंख्यामा इसाईहरूको गणना तीव्रगतिमा थपिंदै गरेका २० वटा देशहरूको सिरानमा नेपाल र दोस्रो नम्बरमा चीन थियो । नेपालमा माओवादी विद्रोहका क्रममा पश्चिमा मिसनरीहरूको पैसाले पनि धर्मान्तरणलाई बढावा दिएको अनुमान गरिन्छ जसलाई निराधार भन्न सकिन्न ।
सन् २०१३ मा त्यो स्थिति थियो भने पाँच वर्षपछि अर्थात् अहिलेको अवस्था झन् कस्तो होला ? चीनको शासन-व्यवस्था नेपालको जस्तो फितलो छैन; त्यसैले यसबीचमा चीनका कन्फ्युसियस परम्परागत मान्यता र स्थानीय धार्मिक मत बाहेक अन्य गतिविधि सञ्चालन गर्ने गैरसरकारी संस्थाहरूलाई नियन्त्रण गरी निग्रानीमा राखिएको छ । जनस्तरबाटै पनि विदेशी लगानीमा खुलेका चर्च (गिर्जाघर) बन्द गराइएका छन् । औसत चिनियाले भन्छ: पहिले म चीनको नागरिक हुँ, त्यसपछि मात्र म परमेश्वरको अधिराज्यको नागरिक ।
नेपालको सम्बन्धमा भने पश्चिमा प्रेसका खबरहरू नै भन्छन् : हुन त नेपालको संविधानले धर्मपरिवर्तनलाई गैरकानूनी कार्य ठहर्याएको छ, तर यसका बाबजुद साविकमा हिन्दू राजतन्त्र रहेको देशमा हामीले क्रिष्टियनहरूको संख्या बढाउन सफलता पाइराखेका छौं ! भन्नु परेन, नेपालमा संविधान र ऐन कानूनको पालना गराउने संयन्त्र निष्कृय मात्र हैन, पूरै पङ्गु भएको छ । राज्यव्यस्थाका हरेकजसो अङ्ग आर्थिक प्रलोभनमा परेका छन् । त्यसै हुनाले पश्चिमा इसाई संघ, संस्थाहरूले खुलेयाम यसरी चुनौती दिन सकिरहेका हुन् । जे भए तापनि, क्रान्तिकारीहरूको अगुवाइमा तर्जुमा भै जारी भएको २०७२ सालको संविधानले नेपालमा धार्मिक स्वतन्त्रताको व्यवस्था गर्दागर्दै पनि धर्म परिवर्तन र अर्काको धर्ममा खलल पार्ने कामलाई वर्जित गरेको छ । स्पष्टै छ, ज-जसले संविधान बनाएको दाबी गरेका हुन् अहिले तिनीहरू नै सत्तामा पुगेका छन् । त्यसैले तिनले नै संविधानको परिपालना गराउन अग्रसर हुनुपर्छ । मूल कुरो जनतासामु गरेको प्रतिबद्धता अनुकूल काम गर्ने इच्छाशक्ति चाहियो ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...