×

NIC ASIA

धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाप्रति संसद बैठकमा निन्दा

चैत २८, २०७४

Prabhu Bank
NTC
Premier Steels

बिराटनगर, २८ चैत– एक नम्बर प्रदेशको प्रदेशसभा सदस्यहरुले शुन्य समयमा केही दिन अघि हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । प्रदेश सरकारले सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै सांसदहरुले तत्काल दोषि पत्ता लगाइ कडा कारबाही गर्न पनि माग गरेका छन् । उनीहरुले गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुईजनालाई सार्वजनिक गर्न समेत माग गरे ।
 
राप्रपाकी सांसद इन्दिरा राईले धर्मगुरुमाथिको आक्रमण र धार्मिक पर्वहरुको बिदा कटौतीले सनातन धर्म संकटमा परेको बताइन् । धर्मगुरुमाथिको आक्रमण गम्भीर विषय भएको भन्दै दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न राईले माग गरिन् । हिन्दु धार्मिक पर्वमा गरिएको बिदा कटौती फिर्ता लिन पनि उनले संघीय सरकारसँग माग गरिन् ।

Muktinath Bank

नेपाली काँग्रेसकी सांसद शान्ता पौडेलले  धर्ममाथिको आक्रमण बन्द गर्न माग गरिन् । उनले धर्मगुरुमाथिको आक्रमणले सुरक्षा चुनौती बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । त्यस्तै लिला सुब्बाले पनि धार्मिक सहिष्णुतालाई खलाल पर्ने गरी भएको आक्रमणको निन्दा गर्दै थप आक्रमणको खतराको बिषयमा सरकार संवेदनशिल बन्नु पर्ने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै संदहरुले आफ्नो क्षेत्रको बिकास निर्माणको बिषय पनि उठान गरेका छन् । मोरङका सांसद राजकुमार ओझाले विराटनगर–विराटचौक जोड्ने सडक ४ लेनको बनाउनुपर्ने  माग राखे । संखुवासभाका एमाले सांसद तुलसी न्यौपानेले बसन्तपुर–मुढे–चैनपुर सडक निर्माणमा भएको अनियमितता छानविन गरी निर्माण कार्यलाई चाँडो सक्ने कार्यमा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।


Advertisment
Nabil box
Kumari

उनले सशस्त्र द्वन्द्वको क्रममा सरकारी कार्यालय आगजनी हुँदा कागजात जलेकोले संखुवासभाको जग्गाको तत्काल नापी गरेर नयाँ पुर्जा वितरण गर्न माग गरे । काँग्रेस सांसद लोकप्रसाद संग्रौलाले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज र सुविधायुक्त अस्पताल तत्काल सञ्चालन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले गैरकानुनी रुपमा बैज्ञानिक वन व्यवस्थापनमा रोक लगाउँदा सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल त्यसलाई खुल्ला गर्न माग गरे । 

Vianet communication

इलामका माओवादी सांसद धिरेन्द्र शर्माले इलामको सूर्याेदय नगरपालिकालाई पर्यटकीय नगरपालिकाको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै बार्षिक ९ लाख पर्यटक आउने गरेकोमा ६ लाख सूर्योदय नगरपालिकाले धानेको बताए । किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको जन्मस्थान इलामकै मांसेबुङ गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने उनको माग थियो । उनले चिया विकास बोर्ड प्रदेश माताहतमा ल्याउनु पर्ने माग राखे । 

संसदमा सरकारको जवाफ

संसदमा उठेका सवालको बारेमा जवाफ दिने अभ्यास पनि प्रदेश संसदले शुरु गरेको छ । जनताको सवालमा उठेका जिज्ञासालाई सम्बोधन गर्न सहजताको लागि सरकारलाई दवाद सिर्जना गर्नको लागि सरकारको जवाफ खोज्न थालिएको हो । यसअघि बसेको संसद बैठकको शुन्य समयमा प्रदेश सांसदहरुले उठाएका विभिन्न सवालमा सरकारको तर्फबाट बुधबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जवाफ दिएका थिए । 

मन्त्री कार्कीले सांसदहरुले उठाएका समस्या समाधानको लागि प्रदेश सरकारले आफ्नो भूमिका खेल्ने र संघीय सरकारको मातहतका काम सम्पन्न गर्न पहल गर्नेमा जोड दिनु भएको थियो । 

हुलाकी राजमार्गको काम छिटो अगाडि बढाउन संघीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले कामको अनुगमन गर्ने जानकारी दिँदै मन्त्री कार्कीले अबैध सुरपारीको कारोबार नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा परेको बताए । बाढी–पहिरोपीडितको राहत र पुनस्र्थापनाका लागि पनि सम्बन्धित जिल्ला र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने उनको भनाइ थियो । 

मन्त्री कार्कीले प्रत्येक सांसदले यसअघिको बैठकमा उठाएका सवालबारे सबै संसदहरुको सवालको जवाफ दिएका थिए । 

समितिले पूर्णता पायो

आजै बसेको संसद बैठकले बिभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिएको छ । शुसासन तथा योजना समिति, अर्थ समिति, सार्बजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृति श्रोत तथा पूर्वाधार समिति लगायतमा सदस्य छनौट गर्दै समितिलाई पूर्णता दिइएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x