×

NMB BANK
NIC ASIA

संवैधानिक इजलास गठनको मुद्दा सर्वोच्चमा अड्किएको अड्क्यै

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २३ माघ — संविधानले सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था गरेको छ । संवैधानिक मुद्दा मामिला हेर्नका लागि सर्वोच्चमा संवैधानिक इजलासको व्यवस्था भएपनि त्यससम्बन्धी इजलासले पूर्णता र निरन्तरता नपाउँदा कैयौं विषय ओझेलमा परेका छन् ।

संवैधानिक इजलास गठन भएपनि तोकिएका न्यायाधीशहरू सेवानिवृत्त भएपछि त्यो निष्क्रियप्रायः छ ।केहीअघिसम्म सर्वोच्च अदालतमा न्यायाधीशहरूको संख्या कम थियो । तर अहिले सर्वोच्च अदालतमा न्यायाधीशहरूको संख्या पर्याप्त भएपनि संवैधानिक इजलास तोक्नेतर्फ न्यायिक नेतृत्वले चासो दिएको छैन ।

सर्वोच्च अदालतमा संवैधानिक इजलासको पूर्णताको माग गर्दै अदालतमा परेको रिटलाई समेत पन्छाएको पन्छायै गरिएको पाइएको छ । गएको पुस २९ गते अधिवक्ता माधव बस्नेतले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको माग गर्दै रिट दायर गरेका थिए ।

तर १४ दिनसम्म उक्त रिटलाई यत्तिकै थन्क्याइयो । उक्त रिट दर्ता गर्ने वा दर्ता अस्वीकार (दरपीठ) गर्ने भन्ने कुनै निर्णय गरिएन । केवल अड्काउने काम मात्रै गरिरहियो । सामान्यतया सर्वोच्चमा सार्वजनिक चासोको विषयमा परेका रिटलाई दर्ता गर्ने वा नगर्ने भन्ने तत्काल किनारा लगाइन्छ । र रिटमा सुनुवाइ पनि तत्कालै गरिन्छ ।

‘चौध दिनमा दर्ता त भयो तर अहिलेसम्म दैनिक सूचीमा राखिएको छैन,’ रिट दायर गरेका अधिवक्ता बस्नेतले लोकान्तरसँग भने, ‘सर्वोच्चले जनतालाई न्याय दिन ढिलाइ गरेको उदाहरण यही हो ।’

१७ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटले १९ गतेको दैनिक पेशी सूचीमा स्थान पाएको थियो । १९ गतेका लागि तोकिएका सबै मुद्दामा बहस भयो तर सोही रिटलाई मात्रै स्थगित गरियो ।

‘एकल इजलासका अरू सबै मुद्दामा बहस भयो तर संवैधानिक इजलास गठनको मुद्दा स्थगित गरियो,’ अधिवक्ता बस्नेतले भने, ‘त्यसपछि पनि निरन्तर स्थगित गरिँदै आएको छ ।’

१९ गते स्थगित भएपछि २१ गतेको पेशीमा पनि सो मुद्दा परेको थियो । तर सुनुवाई भएन । त्यसपछि भने सो मुद्दा पेशीमै चढेको छैन । ‘सर्वोच्चले हामीले चाँडै न्याय दिन्छौ भन्ने कुराको अब अर्थ रहेन,’ बस्नेतले टिप्पणी गरे ।

सर्वोच्च अदालतका रजिस्ट्रार नृपध्वज निरौलाले अहिले संवैधानिक इजलासलाई पूर्णता दिनका लागि काम भइरहेको बताए । ‘तत्कालै न्यायपरिषद्को बैठक बस्दैछ भन्ने सुनेको छु,’ उनले भने, ‘यसबारेमा पनि केही न केही निर्णय त होला ।’

त्यसो भए सर्वोच्चले इजलास गठनको माग गर्दै दायर भएको रिटलाई किन पन्छाएको पन्छायै गरेको त ? भन्ने प्रश्नमा निरौला थप्छन्, ‘पुराना मुद्दाहरू धेरै हुने भएकोले नयाँ रिट स्थगित भएको हुन सक्छ । यो सामान्य प्रक्रिया हो ।’ तर पेशीमा परेको दिन अरू सबै मुद्दामा बहस हुँदा सो मुद्दाको बहस स्थगित भएको थियो ।

के हो संवैधानिक इजलास ?

नेपालको संविधान २०७२ को भाग ११ को धारा १ सय ३७ मा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था छ । यसअनुसार संवैधानिक मुद्दाहरूको निरूपण गर्ने अधिकार उक्त इजलासलाई छ ।

इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिशमा प्रधानन्यायाधीशले तोकेका अरू चारजना न्यायाधीश रहने व्यवस्था छ ।

इजलासले संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीचको अधिकारक्षेत्रको बारेमा भएको विवाद समाधान गर्छ । त्यस्तै संघीय संसद् वा प्रदेशसभा सदस्यहरूको निर्वाचनसम्बन्धी विवाद र संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरूको अयोग्यतासम्बन्धी विवादहरू पनि समाधान गर्छ ।

त्यस्तै सो इजलासले मौलिक हकमा अनुचित बन्देज लगाइएमा, कुनै कानूनहरू संविधानसँग बाझिएमा त्यसको सुनुवाइ गर्ने अधिकार पाएको छ । सो इजलासमा प्रदेश, संघ र स्थानीय तहले बनाएका कानून बदर गरिपाऊँ भन्दै सर्वसाधारणले निवेदन गर्न पाउने व्यवस्था समेत छ ।

न्यायपरिषद् प्रधानन्यायधीशकै अध्यक्षतामा हुन्छ । सामान्य तरिकाले हेर्दा प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष रहने व्यवस्था भएकोले यो इजलास गठन हुने वा नहुने अवस्था प्रधानन्यायाधीश सुशीला कार्कीसमक्ष गएर अड्किएको देखिन्छ ।

प्रधानन्यायाधीशले संवैधानिक इजलासका लागि न्यायाधीश तोकेपछि न्यायपरिषद्ले सिफारिश गर्ने हो ।
यसअघि गठन भएको संवैधानिक इजलासमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित सुशीला कार्की, गिरीशचन्द्र लाल, वैद्यनाथ उपाध्याय र गोपाल पराजुली रहेका थिए ।

अहिले कार्की प्रधानन्यायाधीश बनेकी छन् भने लाल, उपाध्याय र श्रेष्ठ सेवानिवृत्त भएका छन् । अब इजलासमा तीनजना न्यायाधीश थप्नुपर्ने अवस्था छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x