कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
खुल्ला दैलोमा पटाका
चीनमा पटाकाको विकास भएको र यहाँबाट पड्काउने संस्कृति पनि विकसित भयो । उहिले उहिले नयाँ वर्षको पहिलो दिन मध्यरातको १२ बजे को पहिला पटका पड्काउने भन्ने प्रतिष्पर्धा हुने गर्दथ्यो । सबैभन्दा पहिलो पटाका पड्काउनेको वर्षैभरि सफलता नै सफलता कायम रहन्छ भन्ने मानसिकता थियो। सुरक्षाका हिसावले अहिले यस्तो प्रचलनमा बन्देज गरिएको छ । यो जनसमूहले बिर्सिँदे गएको नभइ राज्य आफैँले सुधारेको एउटा चलन हो ।
साइत हेर्नु नपर्ने विवाह
नेपाली सँस्कृतिमा कतिपय यस्ता पवित्र पर्व छन् जुन दिन विवाह, व्रतवन्ध वा अन्य मांगलिक कार्यका लागि साइत हेर्नपर्दैन भनिन्छ । त्यस्तै चिनियाँहको नयाँ वर्षको अन्तिम सातालाई साइत हेर्ननपर्ने दिनको रुपमा लिइन्छ । यी दिनहरुमा मानिस र भगवान दुवै कुनै नै कुनै गतिविधिमा व्यस्त भइरहनुपर्दछ । यस्तो अवधिमा प्रायः युवा युवती विना कुनै योजना विवाह बन्धनमा बाँधिने संस्कार थियो तर अचेल हटेको छयद्यपि विदाको अवधिमा विवाह गर्न फुर्सत पाइने भएकाले यस समयमा विवाहका कार्यक्रम त हुन्छन्तथापि संस्कृतिलाई निरन्तरता दिनका लागि भने होइन ।
चीनमा १० वर्षम्म चलेको साँस्कृतिक क्रान्तिले धेरै कुरामा फेरबदल ल्याएको छ। जटिल र आम मानिसका जीवनमा भएका साँस्कृतिक झण्झटहरु खुकुलो पारिएको छ। अवैज्ञानिक भएपनि आम जीवनमा असर नपर्ने खालका केही संस्कृतिलाई निरन्तरता दिन चीन सरकारले पनि कुनै अवरोध गरेको देखिँदैन। त्यति मात्रै नभएर चीनमा पुरानो पुस्ताको बाहुल्यता भएकाले रुढीवादी कतिपय प्रचलनहरु संशोधन गर्न सकिएपनि निमिट्यान्नै पार्न भने सजिलो छैन। अहिले धेरै विदेशीहरु आधुनिक चीनमा यस्ता छिटपुट अन्धविश्वासहरुको प्रत्यक्ष द्रष्टा हुन पाएर छक्क पर्छन् तर यो पनि पर्यटनको एउटा स्वाद भएकाले यस हिसावले पनि चीनलाई फाइदा नै भएको छ।
तीतो चियाको मीठो कथा
सन् २०१२ को मार्चमा भर्खरै बेइजिङ ओर्लिएको थिएँ। यहाँको समाजसँग घुलमिल हुनु पनि थियो। म बसेको अपार्टमेन्टको नजिकै किराना पसलनेर मानिसहरु झुम्मिएर माहझोङ (एक परम्परागत चिनियाँ खेल) खेलिरहेका थिए। अङ्गेजी नबोल्ने चिनियाँहरुको भीडमा फाट्टफुट्ट अंग्रेजी बोल्ने एक अधवैँशे महिलाले हलो हाइ गरिन् । फोन नम्बर आदानप्रदान भयो। नि हाउ बाहेक मसँग अरु एक शव्दपनि थिएन। यत्रो चिनियाँको भीडमा कुनै अंग्रेजीबोल्ने मान्छे पाउनु त मरुभूमिमा पानीको मुहान भेट्नुसरह थियो। अर्को दिन ती महिलाले फोन गरेर उनको अपार्टमेन्टमा बोलाइन्, ग्रीन टी अर्थात् तीतो न तीतो चिया खुवाइन् । चियाका हरिया पात मात्रै, न नून, न चिनी। यस्तो चियाको बारेमा सुनेको त थिएँ तर पिएको थिइन। यस्तो मुखै तित्याउने चियाको यत्रो बखान के गरेका होलान् भन्ने मनमा लागिरह्यो । अब त कप रित्तिन लाग्यो भनेको, फेरि पानी थपिदिएपछि निल्नु न ओकेल्नु जस्तो भइरहेको थियो।
केही समयपछि बेइजिङ बाहिरको जिल्ला हपेइ सानहस्थित उनकै साथीको छोरीको विवाह समारोहमा सामेल हुने मौका मिल्यो। एउटा मञ्चमा एक जना उद्घोषक थिए, जसले विवाहको प्रक्रिया जारी गरिरहेका थिए। उद्घोषकको निर्देशनबमोजिम दुलाहा दुलहीले एकअर्काका मातापिता अथवा एकअर्काका सासुससुरालाई एक एक कपमा चिया बाँडे। दुलाहाले सासुआमासँग सोधे– ‘आमा चिया कस्तो छ?’
सासुआमाले जवाफ फर्काइन्, ‘हन् थ्यान् मि पाउ पेइ अर्थात्एकदमै गुलियो छ बाबु ।’त्यो सुनेर मलाई मात्र हाँसो उठेको रहेछ ।वरपर हेरेँ, कसैले ध्यान दिइरहेको थिएन । मनमनै लाग्यो, ‘त्यस्तो तीतो हुने हरियो चियालाई कसरी गुलियो छ भन्न सकेको होला?’
सम्भवतः सबैलाई ज्ञात होला, चीनमा चियाको उत्पत्ति भयो र संसारभरि विस्तार भयो । नेपालको चिया संस्कृति भारतसँग मिल्ने भएकाले हाम्रो चियाको स्वाद चिनी, चियापति, मरमसला, अझ दूधयुक्त पनि हुन्छ तर यस्तो कुनै स्वाद नभएको चियामा चिनियाँहरु कसरी रमेका होलान् जस्तो लाग्यो। हुन पनि त्रिभुवन विमानस्थलमा विमान चढ्दैखेरि देखेको थिएँ, केही चिनियाँसँग सानो काँचको बोतलमा थुप्रै झारपात तातोपानीमा तैरिरहेका। त्यो सकसक मेटाउन दुई तीनवटा घटनासँग साक्षात्कार भएपछि थाहा भयो, यो त चियाको उद्भव भूमि पो रहेछ ।
चिनियाँ जीवनमा चिया संस्कृतिको वैभवशाली रोचक इतिहास छ। त्यो इतिहाससँग जोडिएका अनेकन किस्साका बीचमा चिया कसरी पत्ता लाग्यो? चियाको मातृभूमि चीनबाट चियाको विरुवा संसारभरि कसरी फैलियो? चिया संस्कारले कसरी मानव सभ्यतामा गहन छाप राख्दै गयो ? किन चिनियाँ चियापान संस्कारलाई विश्वभरि रोचक मानियो आदि।
लगभग प्रायःजसो चिनियाँको हातमा तातोपानी राख्न सकिने बोतल वा थर्मसजस्ता साना साना भाँडाकुटी बोकिएका हुन्छन् । त्यसभित्र तातो पानी र झारपातहरु जुन मानसिक तनाव मेट्ने तथा शारीरिक थकान घटाउने वनस्पति वा कतिपय फूल पनि हुन् ।
यो चिया संस्कृतिको बीजारोपण गर्ने श्रेय प्राचीन चिनियाँ शासकमध्येका एक यान ति सम्राटलाई जान्छ। उनले आफ्नो स्वास्थ्योपचारका लागि भन्दै अनेकौं जडिबूटी चाख्दै गर्दा एकदिन विषालु जडिबूटी पनि निले तर संयोगवश चियाको रुखबाट झरेको पानीको थोपाले उनको ज्यान बचायो। तत्पश्चात् उनले सोही वनस्पतिलाई पानीमा हालेर औषधीका रुपमा प्रयोग गर्नथाले। त्यसताका दक्षिणी चौ वंशमा यसलाई धार्मिक कार्यमा चढाउन थालियो। मानिसहरु वसन्त र शरद ऋतुमा ताजा चियाको पातको साग खाने गर्थे ।
बौद्ध धर्मको फैलावटसँगै उत्तरी र दक्षिणी तिनै राजवंशमा भिक्षुहरुमाथि चा चन्ध्यानका लागि पुनर्ताजगी दिने चीजका रुपमा चियालाई लिइयो। चौपछि थाङ्ग राजवंशमा चियालाई धनीमानीले पिउने संस्कार विकसित भएपछि चिया पसलहरु निकै आकर्षक बन्न पुगे । त्यस्तै सुङ्ग वंशकालमा चियाको महत्व घनीभूत रुपमा विकसित भया े। चियामा रमाउने अनेकन उपाय तथा क्षमताहरु आविष्कृत भए।
मिङ्ग वंशकालमा चिया प्रशोधनको विकास भयो जुन हालसम्म कायम छ । छिङ्ग वंशकालमा चियाको लोककलाले पसलको आकार लियो जहाँ पुग्नु मनोरञ्जनस्थल पुगेजस्तै हुन थाल्यो । अहिले पनि सछवान् प्रान्तको छङ्गतुमा यो संस्कृति देख्न सकिन्छ । थाङ्ग वंशकालमा जापानका भिक्षुहरुले चीनको चच्याङ्गबाट चियाको बिउ लगेर जापानमा फैलाएपछि दक्षिणी सुङ्ग वंशमा चन मास्टरले चिया प्रशोधन तथा भाँडाकुँडाहरु चीनबाट जापान पुर्याए । यही राजकालमा अरबी व्यापारीहरुले फुच्यान प्रान्तको छुआनचौबाट चियालाई अरबतिर लगे ।
मिङ्ग वंशकालमा दक्षिण पूर्वी एशिया र दक्षिण अफ्रिकी मुलुकहरुमा बेचिन थाल्यो।सन् १६१० मा डच व्यापारीबाट मकाउ हुँदै पानीजहाज चढेर चिनियाँ चिया युरोप पुग्यो। तत्पश्चात् चिया अन्तर्राष्ट्रिय पेय पदार्थका रुपमा परिचित भयो। राणाकालमा नेपालमा पनि चीनबाटै चियाको बीउ पुगेको हो । चिनियाँको जीवनमा चिया संस्कृतिको अभिन्न सम्बन्ध छ। चिनियाँ समाजले चियाको विकास र प्रशोधन प्रविधि विकास गरेसँगै आर्थिक उन्नतिका अलावा चियापान संस्कृतिले जरो गाड्दै गयो ।
चियापानको संस्कृतिले बौद्धिकता र अत्मीयतालाई उजागर गर्छ । हरियो चिया चिनियाँहरुको राष्ट्रिय पेय पदार्थ हुनुका अलावा आध्यात्मिकता र आरोग्यको प्रतीक पनि हो। हरियो चिया, रातो वा कालो चिया, वुलोङ चिया, सेतो चिया, पहेँलो चियालगायत राजादेखि रैतीसम्म चल्दै आएको चियाले विशिष्ट सुगन्धदेखि स्वादको उपमा ग्रहण गर्दछन् । अर्को सुगन्धित चिया जुन सयपत्री, गोदावरी, मखमली, गुलावको फूल आदिको बनेको देखिन्छ। चिनियाँले चियालाई प्यास बुझाउने पेय मात्रै बनाएनन् कि जीवनशैलीको सौम्यताका रुपमा पनि अपनाए। अहिले चिनियाँ बजारमा चिया पिउन जानुपर्यो भने मनै भरिने अनेकन वैभवशाली वातावरण अनुभव गर्न सकिन्छ।
एक घुट्की हरियो, रातो, सेतो, नीलो, कालो चियाभित्र पनि ठूलो धनराशी समेटिएको हुन्छ । त्यो केवल तीतोपनको मूल्य होइन बरु जीवन्तता, आध्यात्मिकता, शान्त, सूरम्य वातावरण, धैर्य, प्रेम आदि भावनाको पनि मूल्य हो। चिया चाख्ने तरिका पनि चियापानको कलात्मक परीक्षा हो।
हाम्रो समाजमा चियामा रंग, चिनी, घ्यू, दूध, मरमसला हालेर सुरुप्प पारेपछि कस्तो क्षमतावानले चिया बनाएको भनेर पत्ता लगाइन्छ तर चिनियाँ चियाको स्तर नाप्न रंग, सुगन्ध र स्वाद, पानीको गुणस्तर, चियाको कपसेट, मूल्य, आकर्षणलगायत हेर्ने गरिन्छ। चिनियाँ विशेषतायुक्त चियाघर बाहेकका पसलहरुमा पनि भव्य चियापानको सजावटका सामग्रीहरु भेटिन्छन् ।
ग्राहक किनमेलका लागि आएको बखत आरामले चिया सत्कार गर्दै सामानबारे जानकारी गराइन्छ। चिया पिउने बेलामा तत्स्थानको वातावरण, संगीतको सूरताल, चिया निर्माणका प्रक्रिया, प्रविधि र अन्तर्वैयक्तिक कुराहरुको मूल्यांकन पनि हुन्छ । चिया पिलाउनु एक विशिष्ट आतिथ्य सत्कार हुनजान्छ।
दर्शन, नैतिकता, मूल्यमान्यता जस्ता कुराहरु चिया गतिविधिमा समेटिएका हुन्छन् । मानिसहरुले चियामा आवद्ध हुँदा नैतिकता र बौद्धिकता प्रयोग गर्दछन् जसबाट चिया चाख्ने पद्धतिबाट अन्तस्करणको सौन्दर्यझल्काइन्छ।
बहुधा चियाका शैलीभित्र स्पष्टता, सम्मान, रञ्जना र सत्यता झल्किने भावमा चियाको विकास भएको छ।सबै हिसावले चियापान स्वास्थ्यवद्र्घक मात्रै हुन्छ भन्ने होइन । चियापानले पुनर्ताजगी, सुन्दरता, सन्तुलित शारीरिक ताप, तौल कटौतीजस्ता केही फाइदा दिन्छ। त्यसैले चिया खाने तरिकाहरु अपनाउनुपर्ने रीति पनि छ ।
चिया उम्लिँदै गर्दा अक्सिजन उत्पन्न हुन्छ तर धेरै उमाल्दा यसको पौष्टिकता नाशिन्छ। तसर्थतातै छँदा चिया पिउनु प्रभावकारी मानिन्छ।
कडा चियाले पेट खराब गर्छर अनिद्रा बढाउँछ । भोजनलगत्तै अजीर्णबनाउने वा खानाअघि चिया पिउँदा भोक हराउने हुन्छ।
चियामा धेरै औषधीय तत्व हुने भएकाले औषधी सेवनका बेला हरियो चियाले औषधीय प्रभाव कम गरिदिन्छ तर कम्प्युटर प्रयोगकर्ताका लागि यो चिया ठीक छ। हरियो चियामा एक प्रकारको क्याटेचिन तत्व हुन्छ जस्ले कम्प्युटरको विकीरणबाट बचाउँछ र शारीरिक आद्र्रता कायम राख्न सघाउँछ।
चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता र अयातकर्ता मुलुकमध्येको एक हो। अमेरिका, जर्मनी र जापानका अलावा थुप्रै युरोपेली बजारमा चिनियाँ उत्पादन निर्यात हुन्छ। चिनियाँहरु अहिले संसारमा धेरै देशमा फैलिएका छन् । उनीहरु जहाँ गए पनि आफ्नो चिया संस्कृतिलाई भने कायम राखिरहेका छन् । चिनियाँ उपभोक्ता परिमाणका हिसाबले बढी छन् भने उनीहरुको संसर्गका कारण संसारका अरु मानिसमा पनि चिनियाँ चियाप्रतिको मोह बढ्दै गएको छ।
नेपालले पनि चिया उत्पादन र निर्यातका लागि चीनलाई भरपर्दो गन्तव्य बनाउन सक्छ। नेपाली चियाको केही हिस्सा चिनियाँ बजारमा पुग्यो भने अर्थतन्त्रको उत्थानमा ठूलै योगदान गर्नसक्छ। नेपाली चिया छिमेकी र केही तेश्रो मुलुकमा परिश्रमभन्दा कम मूल्यमा पुगेको गुनासो किसानहरुले गरिरहेका हुन्छन् । चिया सत्कारको साधन मात्रै होइन, उपार्जनको माध्यम पनि हो। राणाकालमा सन् १८६३ मा चीनले उपहारमा दिएको चियाको विरुवामार्फत् बजार र उत्पादकत्वमा जोड दिन सके नेपाली किसानहरु पनि निराश हुनुपर्ने थिएन।
(बुधवार सार्वजनिक हुने पत्रकार लक्ष्मी लम्सालको पुस्तक नि हाउ नमस्तेको अंश)
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
‘जब टेक्छु यो लमतन्न राजमार्ग टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा गिट्टि सपनाको अलकत्रा घोलेर बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...