×

NIC ASIA

वैदेशिक लगानी ४ गुणा बढ्यो, १० महिनामा झण्डै ५० अर्ब भित्रियो

जेठ १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १४ जेठ –चालू आर्थिक वर्ष २०७४/०७५ वर्षका १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) चार गुणाले बढेको छ । गत आर्थिक वर्ष २०७३/०७४ को पहिलो १० महिनामा एफडीआई १२ अर्ब ५७ करोड ७ लाख नेपाल भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधि पहिलो १० महिनामा ४९ अर्ब ८५ करोड ६ लाख एफडीआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।

Muktinath Bank

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा जम्मा २ सय ५४ आयोजनामा वैदेशिक लगानी स्वीकृत भएको छ । जसमध्ये सबैभन्दा बढी पर्यटनमा ८८ वटा आयोजनामा लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको १० महिनाको अवधिमा पर्यटन क्षेत्रमा वैदेशिक लगानीका आयोजना भने घटेको तथ्याङ्क छ । गत आर्थिक वर्षको १० महिनामा पर्यटन क्षेत्रमा १ सय १२ आयोजनामा लगानी स्वीकृत भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी गत आर्थिक वर्षका १० महिनामा सेवा क्षेत्रमा १ सय १९ आयोजनामा लगानी स्वीकृत भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा भने ७८ वटा सेवा आयोजनामा मात्रै वैदेशिक लगानी स्वीकृत भएको छ ।  


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षमा सूचना प्रविधिको क्षेत्रमा भने बढी आयोजना देखिएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा सूचना प्रविधिका २१ आयोजनामा लगानी स्वीकृत भएको छ भने गत आवको सोही अवधिमा ४ वटा आयोजनामा मात्रै लगानी स्वीकृत भएको थियो ।

Vianet communication

वैदेशिक लगानी कृषि, ऊर्जा, सूचना प्रविधि, सेवा क्षेत्र, उत्पादन उद्योग, खनिज, पर्यटनलगायतका क्षेत्रमा बढिरहेको छ ।

चिनियाँ लगानी बढ्दो

उद्योग विभाग वैदेशिक लगानी महाशाखा प्रमुख खगेन्द्र बस्नेतका अनुसार पछिल्ला २ वर्षको अवस्था हेर्दा नेपालमा संख्यात्मक तथा पूँजीगत हिसाबले चीन अगाडि देखिन्छ ।

बस्नेतले भने, ‘चीनले नेपाली ऊर्जा क्षेत्रमा लगानी गर्न निकै इच्छा देखाएको छ । यसैगरी रेष्टुरेन्टमा नेपालमा थुप्रै लगानी आउन थालेको छ ।  यसको कारण नेपाल चीन बीचको सम्बन्ध पनि हुनसक्छ भने । चीनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव बढाउने रणनीतिअनुरूप नेपालमा पनि आउन थालेको हुनसक्छ ।’

सरकारले लगानीको वातावरण बनाउने र स्थायी सरकारको नीतिले लगानीकर्ताको आकर्षण बढ्न थालेको बस्नेतको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशबाट भित्रिने साना लगानीकर्ताको आकर्षण साना उद्योगमै रहेको छ ।  राष्ट्र बैंकको अध्ययन अनुसार हालसम्म विदेशी लगानीसहित आएका दुईसय ५२ वटा कम्पनीमध्ये ३७ ले मात्रै उत्पादन क्षेत्रमा लगानी गरेको देखिएको छ । ती मध्येका पनि ११ वटाले मात्र उत्पादित वस्तु विदेश निर्यात गरिरहेका छन् ।

उद्योग विभागका अनुसार नेपालका प्रमुख वैदेशिक लगानीकर्ताहरूमा चीन, भारत, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, मोरिसस, क्यानडा, युनाइटेड अरब, सिंगापुर, बंगलादेशलगायत छन् ।

उद्योग विभागका अनुसार पछिल्ला वर्षहरूमा साना उद्योग र ऊर्जा क्षेत्रमा लगानीको आकर्षण बढी देखिन्छ । नेपाल सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ ।

नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी ऊर्जा क्षेत्रमा भित्रिने गरेको छ । त्यसपछि सेवा र पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीको चाप बढ्दै गएको देखिन्छ । उत्पादनमूलक क्षेत्रमा पनि वैदेशिक लगानीको अवस्था राम्रै देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका गार्मेन्ट, सिमेन्ट, टेक्सटाइल र प्लास्टिक उद्योगका इकाइहरूमा झन्डै आधा हिस्सा वैदशिक लगानीको नै देखिन्छ ।

लगानीको प्राथमिकीकरण भएन : विज्ञ

नेपालमा वैदेशिक लगानीका प्रतिवद्धता बढ्दै गए पनि त्यसको उपलब्धि भने खासै नभएकोमा विज्ञहरूको चिन्ता छ ।

अहिले वैदेशिक लगानी बढिरहे पनि पनि सही ठाउँमा हुन नसकेको पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘प्रत्येक वर्ष लगानी आइरहेको छ । तर हामीले लगानी क्षेत्रलाई प्राथमिकीकरण गर्न सकेका छैनौं । जसका कारण अनुत्पादक क्षेत्रमा लगानी बढ्यो । यसैगरी नेपालीहरूले पनि लगाउन सक्ने सानासाना उद्योगमा लगानी बढ्यो ।’

साना उद्योगहरूमा नेपाली आफैंले लगानी गर्नसके वैदेशिक दबदबा नबढ्ने अधिकारीको तर्क छ ।

उनी भन्छन्, ‘सानासाना उद्योगमा पनि विदेशी लगानी विदेशीको हस्तक्षेप हो । ठूलाठूला लगानी जुन काम गर्न हामीसँग पर्याप्त पैसा छैन, त्यस्तोमा बाहिरको लगानी आउने वातावरण बनाउनुपर्छ । केही उद्योगपतिले पैसा कमाएर मात्रै भएन । गाउँका मान्छे पनि पैसा कमाउनुपर्‍यो ।’

पुराना तथ्याङ्कअनुसार नेपालमा राणाकालीन शासनमा १९८५ मा रक्सौल देखि अमलेखगञ्जसम्म रेल्वे सेवा भारतको सहयोगमा शुरुआत भएको थियो भने १९९३ मा विराटनगरको जुट मिल स्थापना भएको थियो । त्यसपछि राणा शासन ढल्नुभन्दा एक महिनाअघि २००७ साल माघ १० गते नेपाल र अमेरिकाबीच सम्झौता भएको तथ्याङ्कले देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x