×

NIC ASIA

गणतन्त्रका लागि लडेका पत्रकार, जसले युद्धमोर्चाबाटै भिडन्तको लाइभ गरे

जेठ १५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १५ जेठ - ‘१० वर्षे जनयुद्धको जगमा भएको २०६२/०६३ महान जनआन्दोलनले खोलेको गणतन्त्रको दैलोमै छौं हामी । गणतन्त्रको घाम अझै लक्षित वर्गसम्म भने पुग्न सकेको छैन’ यो अभिव्यक्ति नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाको हो ।

Muktinath Bank

रोल्पा, रुकुमका जंगलबाट सिंहदरवारमा टेक्ने सपना देखेको तत्कालीन नेकपा माओवादीका एक सिपाही ‘सचिन रोका ‘गोविन्द’ को सपना त पूरा भयो । तर अन्य सर्वाहाराको त्यो सपनाले अझै पूर्णता पाउन सकेको छैन । हुन त संघीयता कार्यान्वयन भएसँगै गाउँगाउँमा सिंहदरबार पुगेको छ तर त्यसले त्यति धेरै सार्थकता पाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जंगलबाटै रेडियो


Advertisment
Nabil box
Kumari

जनयुद्धमा आफ्नै आँखा अगाडि मृत्युसँग लडेर जित्न सफल भएका रोका सिपाही त थिए नै, सँगै जंगलमा रहेर सूचना र सञ्चारलाई जनतासँग जोड्ने काम गर्थे । तत्कालीन समयले रोकाले नेतृत्व गरेको टिमसँग जंगलमा ३ वटा रेडियो स्टेशन पनि थिए । तत्कालिन माओवादीले रेडियो जनगणतन्त्र नेपाल ९५.१ मेगाहर्जमा १ सय वाटको रेडियो चलाएको थियो ।

Vianet communication

उनी माथि डाँडामा रहेका खोँचमा बसेर जंगलभित्रबाट युद्धका  सूचना र माओवादीका सपना देखाउने अग्रपंक्तिमा थिए ।

माओवादीले जनयुद्ध शुरु गर्दा २०५२ सालदेखि नै पार्टीमा पूर्णकालीन रुपमा लागेका रोकाले २०५४ सालदेखि माओवादीको मुखपत्रको रुपमा रहेको पत्रिका जनादेशमा लेख्न शुरु गरे र त्यहीँबाट पत्रकारिता शुरु गरेका थिए ।  

फलस्वरुप पार्टीले पनि उनको लेखाई र सूचना प्रविधिसँगका चासोलाई विश्वास गरी प्रचारप्रसारकै जिम्मा दियो ।  
भूमिगतकलमा निरन्तर रुपमा राजधानीसम्मका पत्रकारसँग सम्पर्क हुने गरेको उनी सम्झन्छन् । 
‘म माओवादी र त्यसँग सम्बन्धीत सूचना डाँडाकाडाबाट सम्प्रेसण गर्दा राजधानी काम गर्ने साथीहरुसँग त्यतिबेलै देखि फोन सम्पर्कमा हुन्थे । त्यतिबेला पिएसटिएन थियो त्यो पनि सबै ठाउँमा थिएन म जोखिम मोलेर म फोन गर्थें ।’

माओवादीले जंगलबाटै रेडियो शुरु गेपछि २०६० सालपछिको अनुभव सुनाउँदै रोका तत्कालीन समयमा सम्पर्कमा रहने साथीहरुलाई यसरी सम्झनछन्– त्यतिबेला पूर्वदेखि पश्चिमसम्म दिनहुँ फोन हुन्थ्यो । ‘काठमाडौंमा निरन्तर फोन हुने मात्रिका पौडेल हुनुहुन्थ्यो । बिबिसीका रविन्द्र मिश्र त्यतिबेला लण्डन बस्नुहुनथ्यो उहाँले निरन्तर फोन गर्नुहुन्थ्यो । उहाँहरुले भित्री कुराहरु के छन्, रणनीतिहरु के छन् भनेर बुझ्न खोज्नुहुन्थ्यो ।’

ज्यान भन्दा प्यारो रेडियो

जंगलमा रहँदा रेडियो जोगाउनु सबैभन्दा ठूलो चूनौती भएको रोका सम्झिन्छन् । आकाशबाट बम खसिरहेको हुन्थ्यो । हामीसँग त्यतिबेला चार वटा रेडियो स्टेशन थिए ।

त्यसमध्ये निरन्तर चल्ने र दैनिक बढी घण्टा चल्ने रेडियो मैले नेतृत्व गरेको थिए । रोल्पा रुकुममा बिशेष आधार इलाकामा थियो त्यो रेडियोको ।

त्यतिबेला राज्यतर्फका सुरक्षा निकायले माओवादीको रेडियो जुनसुकै मुल्य चुकाएर पनि कब्जामा लिने रणनीति नै बनाएको थियो ।

राज्यपक्षकोे कुराकानी हामीले ट्रयास गरेर सुनिरहेका हुन्थ्यौं । उनीहरुका लागि हाम्रो रेडियो सबैभन्दा ठूलो चूनौती थियो ।  त्यसैले रेडियो बचाउनु हाम्रा लागि पनि चुनौती थियो ।

शाही सेनाले रेडियो रहेको सम्भावित एरियामा बम खसालिरहेका हुन्थ्यो । त्यसबाट जोगिन हामी दिउँसोमा पुरै बन्द गरेर रातको सयममा रेडियो चलाउँथ्यौं ।

यसैगरी सप्लाईको चूनौती थियो तर जनता र कार्यकर्ताको धेरै ठूलो सहयोग थियो ।

स्याटालाइट फोन थियो तर एकदमै महंगो थियो । एक मिनेटको १०० रुपैयाँ पर्थ्यो । सूचना संकलन गर्न सबै ठाउँमा फोन थिएन । त्यसैले स्रोतसँगको पुहँच पनि चूनौती थियो ।

ज्यान बचाउने कुरा त थियो नै त्यो भन्दा ठूला चूनौती ती थिए ।

भिडन्तको लाइभ गर्दा...

सचिन रोकासँग भिडन्तस्थलबाटै प्रत्यक्ष प्रसारण गरेको अनुभूति छ । त्यो प्रत्यक्ष प्रसारणको अडियो रेकर्ड अहिले पनि सुरक्षित रहेकोमा उनी खुशी ब्यक्त गर्छन् ।

उनी यसरी सम्झन्छन्, ‘रुकुमको खारामा आक्रमण हुँदा म साथीहरुसहित युद्ध मैदान गएको थिएं । त्यो लाइभ प्रसारण गरेका थियौं । ब्यारेकको आमनेसामने रेडियोको उपकरणसहित उपस्थित भएर बम पट्केको, गोली चलेको, मानिसहरु हताहत भएको लगायतका जानकारी मैले लाइभ गरेको थिएं । एकदमै अविस्मणीय क्षणको रुपमा त्यसलाई सम्झिन्छु । सम्झिदा अहिले कहाली लाग्छ । त्यो अडियो सामग्री मसँग अहिले पनि सुरक्षित छ ।’

आफ्नै दाहसंस्कार लागि तयार भएर लडाईंमा जाँदा...

राजनीति निकै शक्तिशाली हुने उनको ठम्याई छ ।  जनयुद्धको शुरु हुँदा पहिलो शहिद हुन पाए हुन्थ्यो भन्ने आफ्नै रहरलाई अहिले उनी अनौठो ठान्छन् ।

उनकै शब्दमा मानिसको ‘सबभन्दा ठूलो आशा बाँच्नको र सबभन्दा ठूलो डर मर्नको’ हुन्छ तर मरेर देशको नाम उच्च राख्ने सपना देखेर युद्धमा होमिएको सुनाउछन् रोका । ‘कसैले नपत्याउदा पनि, हुन्छ तर प्रकृतिको नियमलाई कुल्चेर हामी अमर रहनका लागि पहिलो शहिद बन्नुपर्छ भन्ने चाहना राखे युद्धमा लागेका थिए ।’

जनयुद्धको शूरुवाती दिनमा मर्ने तयारीमै रहन्थे उनीलगायतका योद्धा । ‘त्यतिबेला मृत्युका लागि तयार भएर बसिरहेका हुन्थ्यौं । जनुमुक्ति सेनाका लडाकुहरु आफूलाई पुर्ने खाडल आफै खन्नको लागि कुटो कोदालो आफै बोकेर गइरहेका हुन्थे । आफूलाई दाहसंस्कार गर्ने सामग्री आफैं बोकेर जान्थे । त्यतिबेला हामी खासै डराउँथेनौं । मर्न हरदम तयारी अवस्थामा रहन्थ्यौं, बरु अहिले सम्झेर डर लाग्छ ।’

मानिसका सपनाहरु समयले फेर्ने उनको बुझाई छ । ‘शुरुमा शहिद बन्ने रहर २०६० तिर पुग्दा बाँच्ने, र शहिदका सपना पूरा गर्ने रहरमा परिवर्तन भयो । बिस्तारै सिंहदरबार टेक्नतिर लाग्यो ।’

सपना पूरा गर्न बाँकी छ

चीनमा जस्तै युद्ध लडेर सरकार ल्याउने महान सपना बोकेको जनयुद्धले नेपालको इतिहास र परिवेशअनुसार नेतृत्वले मोड्नुलाई रोका सकारात्मक नै भन्छन् ।

‘सर्बहाराको दिन फिर्ने महान सपना देखाएर सारा मानिसलाई युद्धमा ल्याएको थियो । त्यसकारण पनि शहिद बनेर भए पनि देशमा साँचो अर्थको समाजवाद ल्याउने सपना बोकेका लडाकु तथा कार्यकर्ताहरु दुःखी हुनु स्वभाविक हो । तर युद्धकालमै यसरी हुँदैन भन्ने कुरा नेतृत्वलाई अनुभूत भएपछि टर्निङ प्वाइन्टमा पुगेको हो ।’

माओवादी जनयुद्धले मानिसहरु आवाज उठाउन सक्ने भएकोमा उनी सन्तोष मान्छन् ।  जनयुद्धका शहिदहरुको सपना पुरा हुन लागेको भएपनि यसको गति सुस्त भएको उनको बुझाइ छ ।

रोका भन्छन्, ‘संसारभरीको अभ्यास युद्धबाट विकास शुरुवात भएको छ । युद्धको बाटोबाट नै विकासको चरणमा प्रवेश भएको हेर्दा युरोपको इतिहास हेरौं, अन्य कतिपय देशहरु त्यस्ता छन् । नेपालकै इतिहास हेर्दा लामो समय सत्ता चलाएको पार्टी नेपाली काँग्रेसले पनि राणा शासनबिरुद्ध युद्ध छेड्यो, त्यसपछि एमालेले पनि झापा बिद्रोहबाट अगाडि बढ्यो, त्यसपछि माओवादीले पनि युद्ध गर्यो । अहिले त्यसपछि शक्तिशाली कम्युनिस्ट एकता भएको छ । शहिदका सपना पुरा हुनेछन् । तर गति सुस्त छ ।’्

सांसद शान्ता चौधरीको उदाहरण दिँदै रोक्का भन्छन्, ‘पछिल्लो माओवादीको लामो युद्धले परिवर्तन त धेरै ल्यायो । कम्तीमा बर्गीय समानताका आवाज उठाउन श्रमजिवीहरु सक्षम भएका छन् । राज्यका निकायमा महिलाहरुको सहभागिता, दबिएका जातजाती, शोषित बर्ग कम्तीमा माथि आउन पाएका छन् ।  यसलाई सकारात्मक लिनुपर्छ ।’

जनयुद्ध र जनआन्दोलनको फ्युजनले नै गणतन्त्र आउन सकेको भन्दै गणतन्त्रको उज्यालो गरीबका झुपडीमा पुर्याउन अझै बाँकी रहेको रोकाको भनाइ छ ।

सपना पूर्ण छैन

डाँडाको रेडियोबाट नेपाल टेलिभिजनको महाप्रबन्धक बन्दा मेरो सपना त एक हदसम्म पुरा भएको झैं लाग्छ तर त्यतिबेला साँचो सपना सर्बहाराको दैलोमा गणतन्त्रको उज्यालो पुग्न नसक्दा मन खिन्न हुन्छ ।  

‘पोखराको पिएन क्याम्पसमा सँगै पढेका साथी म डाँडाको रेडियोबाट बोल्दा रेडियो नेपालबाट बोल्नुहुन्थ्यो । अहिले उहाँ र म एउटै संस्थामा छौं, नेपाल टेलिभिजनमा । २०६० सालदेखि पूर्णकालिन सञ्चारमाध्यममा छु । डाँडाबाट लुकिछिपी रेडियो चलाउँदा हामी पनि रेडियो नेपाल, नेपाल टेलिभिजनमा पुग्छौं भन्ने रहर थियो त्यो त पूरा भएको छ । तर त्यतिबेला घोकाइएका कयौं सपना पुरा भएका छैन, कयौं सहयात्री खाडी छिरेका छन् । त्यसैले सपना पूर्ण भएको चाँही छैन ।’  

एनटिभीलाई जनताको आवाज बोल्ने बनाउनु छ

शासकबर्गको मुखपत्रजस्तो नेपाल टेलिभिजनलाई कसरी जनताको आवाज बोल्ने बनाउने भन्ने अहिलेको मुख्य चुनौती भएको उनको धारणा छ ।

तर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रसारकको रुपमा विकास गर्ने र एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने कुरा समेटिएकोमा उनी आशावादी छन् ।

‘नेपाल टेलिभिजनलाई कसरी जनताको आवाज बोल्नसक्ने बनाउने भन्ने मेरो लक्ष्य छ । यस्तै बदलिँदो परिवेशअनुसार पैसा नतिरिकन नेपाल टेलिभिजन कसरी हेर्न सकिन्छ भन्ने  योजना बनाउँदैछु । हरेक घरघरमा हरेक मोबाइलमा निशुल्क नेपाल टेलिभिजनलाई हेर्न सक्ने कसरी बनाउने भन्ने योजनामा छु ।’

गणतन्त्र दिवस मनाइरहँदा...

२०४२ सालमा पनि रामराजा प्रदाप सिंहले गणतन्त्रको नारा उठाउँदै बम हानेको सम्झदैं रोका भन्छन्, ‘२०४२ सालमा पनि रामराजा प्रसाद सिंहपछि गणतन्त्रको नारा ओराल्ने तत्कालीन नेकपा माओवादी भएको कुरा जगजागेर छ । गणतन्त्रको सपना देखेको तत्कालीन माओवादी पार्टीले युद्धको मैदानबाट ओह्रालेको गणतन्त्रको नारा काठमाडौंसम्म आइपुग्दा सञ्चारमाध्यमको र सञ्चारकर्मीको ठूलो साथ छ ।’

तत्कालीन क्रान्तिकारी पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संघ गठन र गणतन्त्रलाई काठमाडौंको सडकसम्म ल्याउन ठूलो भूमिका खेल्ने रोका पत्रकारिता क्षेत्रको बिकृति देख्दा सोचमग्न देखिन्छन् । उनी भन्छन, ‘२०६१ सालमा क्रान्तिकारी पकार संघ गठनको कन्सेप्ट बनाए । रोल्पामा गठन भएको त्यही संगठनले पत्रकारिताको क्षेत्रमा गणतन्त्रको नारा ओह्रालेका थियौं । त्यही नारालाई पत्रकार महासंघले पनि उठायो । क्रान्तिकारी पत्रकार संघले जंगलबाट शुरु भएको त्यो नारा राजधानीले बोलिदिँदा अहिले गणतन्त्र आउन सफल भएको छ ।’

जनयुद्धदेखि जनआन्दोलनसम्म गणतन्त्र ल्याउन र त्यसपछि निरन्तर गणतन्त्र संस्थागत गर्न संघर्षरत पत्रकारिता क्षेत्रलाई ब्यवस्थित बनाउनु अहिलेको आवश्यकता भएको उनको ठम्याइ छ ।

उनी भन्छन्, ‘पत्रकारहरुको ठूलो भूमिका छ गणतन्त्र ल्याउन । तर अहिले कतिपय सुखद् अनुभूति छन्, कतिपय दुखद अनुभूति छन् । जस्तो सञ्चारमाध्यममा काम गर्दा हामी आफूलाई सर्बश्रेष्ठ ठान्छौं । हामी पहिला नागरिक हौं त्यसपछि मात्रै पत्रकार हौं भन्ने कुरा बिर्सिन्छौं ।

अहिले पत्रकारहरुमा पत्रकार भएको दम्भ छ  । पत्रकारहरुले कसैको चरित्रहत्या गर्दैछन् । कसैको सम्पत्तिमाथि हानी नोक्सानी गर्ने काम भइरहेको छ । कहिलेकाँही राष्ट्र बिखण्डकारी नारा लगाएका उदाहरण पनि छन् । कतिपय अनलाइनहरुले नलेख्नुपर्ने कुरा लेखेर अपवाह फैलाएर सामाजिक, धार्मिक तथा सामाजिक सद्भाव खल्बलाउने काम गरिरहेका छन् । यो दु:खद् छ ।

प्रेस स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्ने प्रचलन बढ्दै जानुले प्रेस स्वतन्त्रतालाई बदनाम गराउने खतरा रहेको उनको बुझाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x